निर्णय नं. १९९ - घर चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९९ - घर चलन चलाई पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/११/२४ २३१३ निर्णय नं. १९९ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. १०९ निवेदक, प्रतिवादी : इन्द्रमाया धोवीनी विरुद्ध विपक्षी : बद्री धोबी मुद्दा : घर चलन चलाई पाउँ (१) भोगबन्धकी लिई भोग गरेको घर पाताल भए ऐनको म्याद भित्र नबनाई पातालै राखे साहुको थैली भुस हुने । घर धराप भई विपक्षीले बनाउन मञ्जुर नगरेकोले नगरपालिकाले मलाई बनाउन लगाउँदा जगैदेखि पल्टाई मैलेनै बनाई तयार गरेकोले घर भत्कि धराप भएपछि बनाउन खोज्दा घर बनाउनेको ४ नं. ले मेरो हक हुने भन्ने निवेदनका जिकिरका हकमा सो घर भत्की धराप भएपछि बनाउन खोज्दा प्रतिवादीले बनाउन नदिएकी भनी वादीले नगरपालिकाको मुद्दामा जिकिर लिईरहेको र भोगबन्धकी लिई भोग गरेको घर पातालसमेत भए बर्ष ४ महिना बाहेक भत्केको ३५ दिनभित्र बनाएन । पाताल राख्यो भने साहुको थैली भुसिन्छ । पाताल समाउन पाउँदैन । आसामीको हुन्छ भन्नेसमेत घर बनाउनेको ४ नं. मा उल्लेख भएको । सो अनुसार घर भत्कि पाताल भएको र नबनाई पातालै राखेको भन्ने नभई धराप भएकोसम्म घर धराप मुद्दाको मिसिलबाट देखिन आएकोले समेत यस्तो अवस्थामा घर बनाउनेको ४ नं. ले घरमा साहुको हक नपुग्ने भन्ने मिल्ने देखिएन । (प्रकरण नं. ५१) फैसला १. यसमा डिभिजन बेञ्चबाट ०१९।२।१८।५ मा फैसला भए उपर दोहराई पाउँ भन्ने निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियम संशोधन ६३ अन्तर्गत दोहरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा, २. अन्यायवालाको बाबु हर्ष धोबीले मेरा बाबु बुद्धिमानबाट रु. २१०२ कर्जा लिई १४९।।।२ जग्गा र पूर्व मोहडाको २ नाले तीन तले ४ कबले पक्कि झिंगटी घर मध्ये उत्तर खण्डको २ नाले ।।। कबले ४ तले बाहेक गरी बँँकी दक्षिण पट्टिको २ नाले ३ तले ३। कबले पक्की झोछेटोलको घर १ र श्रीमान महर्जनको बिर्तामा बनेको ढुङ्गाधारा १ र दक्षिण मोहढाको १।। नाले २ कबले ३ तले पक्की झिगटी घर १ मध्ये, धारा १६ आनामा ३ आना कट्टा गरी बाँकी धारा १३ आना र ।। नाले ३ कबले भएको पश्चिम पट्टिको १।। नाके २ तल्ले ३ कबले कट्टा गरी बाँकी घर लगापातसमेत १९८१।८।२५ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरी दिएकोमा मेरा बाबु र आसामीसमेत मरी अन्यायवालाको र मेरो हक भएपछि झगडा पर्दा जग्गा र दिल्ली बजारको घर धारासमेतमा मेरो हक नपुग्ने गरी ०६।१२।३० मा रा.का.दे.पै. बाट फैसला भएपछि झोछे टोलको घर भोग चलन गरी आएकोबाट जग्गातर्फ कपाली भएको रु. ५००। र व्याजसमेत भराई पाउँ भने नालेस गरेको रा.का.दे.पै. मा दायरै छ । सो झोछे टोलको घरमा बाहालमा राख्ने गरी आएबाट ०१४।१२।११ देखि जितबहादुर तामाङ्गलाई बाहालमा राखेकोमा ०१५।११।१५ गते अन्यायवालाले निजलाई जवरजस्ती चलन गरेकीले दामासाहीले रु. १६०२। र बन्धकी थैलीको घर जबरजस्ती चलन गरेमा सजाय गरी निजलाई घरबाट उठाई थैली नतिरेसम्म मैले नै चलन गर्न पाउने गरी चलन चलाई पाउँ भन्ने बद्री धोबीको ०१५।१२।३ को फिरादपत्र । ३. सो घरका हकमा भत्की धराप भएबाट म्युनीसिपल्टीले यो वादी र म समेतलाई पक्री कारावाई गर्दा वादीको हकै नहुनाले हक हुने मसमेतलाई बनाउनु भनी ०१५।३।१० गते फैसला गरेको । त्यस उपर अपील उजुर नगरी चित्त बुझाएकोले मेरो हक हुने भन्ने कुरै झुट्टा देखिने हुँद