निर्णय नं. २६९९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६९९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०३/१२ २१६४ निर्णय नं. २६९९ ने.का.प. २०४३ अङ्क -४ सिंगलबेञ्च माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रि.नं. १४६७ आदेश भएको मिति : २०४३।३।१२।१ मा निवेदक : का.न.पं.वा.नं.१ बानेश्वर बस्ने श्यामकृष्ण श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) नि.से.नि., २०२१ को नियम ७.४ बमोजिम निवृत्तभरण पाक्ने अवस्था पुगिसकेको रिट निवेदकलाई नोकरीबाट अवकाश दिन ऐ.नियमावलीको नियम ७.१(३) ले श्री ५ को सरकारलाई अधिकार प्रदान गरेकै देखिन्छ । यसबाट अधिकार क्षेत्रात्मक त्रुटि भएको छ भन्ने रिट निवेदकको जिकिर मनासिब मान्न नसकिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. मिति ०१९।३।१४ देखि मालपोत विभागबाट निजामती सेवामा प्रवेश गरी २०२८।३।२५ मा खुल्ला प्रतियोगिताद्वारा शाखा अधिकृत भई मिति २०३६।८।२७ मा आन्तरिक खुल्ला प्रतियोगिताबाट लेखा समूहको रा.प.द्वितीय श्रेणी पदमा बढुवा भई महालेखा नियन्त्रकको कार्यालयम नियुक्ति पाई पदस्थापित भई कार्यरत रही मिति २०३६।१०।२१ देखि हवाई विभाग अन्तर्गत आर्थिक नियन्त्रकको पदमा नियुक्त भई काम गरी आएकोमा ०३८।३।१२ देखि तत्कालीन यातायात सहायक मन्त्रीको आदेशानुसार विभागीय स्वीकृतिकै आधारमा निजको निजी सचिव भई काम गरी रहेकै अवस्था श्री भुवनेश्वर खत्री महालेखा नियन्त्रक भई आउनु भएपछि निज खत्रीज्यू र मन्त्रीज्यूका बीच मैले निजी सचिव भई काममा रही काम गरेको विषयलाई लिई वाद विवाद भई सो कुरा उहाँहरू दुई बीच प्रतिष्ठाकै प्रश्‍न उठेकोमा विवाद चर्किदै गएपछि मन्त्री उपर दवाउ दिन अर्‍हाएको काम गर्ने तल्लो तहको निजामती कर्मचारी म निवेदक उपर विभागीय आदेश पालन नगरी काजमा बसेको भन्ने आरोप लगाई विभागीय प्रमुखको रुपमा आफैंले माग गर्नुपर्नेमा महालेखापाल मार्फत २०३८।१०।२२ मा नि.से.नि., २०२१ को १०.१ अनुसार किन कारवाही नगर्ने भनी विभागीय सजायँ गर्नेतर्फ कारवाही आएको र सो उपर मेरो स्पष्टीकरण पेश भएपछि मिति ०३८।११।२० मा दोश्रोपटक नि.से.नि., २०२१ को नियम १०.१ अनुसार अघिल्लो सूचनामा भन्दा उल्लिखित आरोप भन्दा छुट्टै ऐ.नियमावलीको आचरण सम्बन्धी नियम ९.१८ को उल्लंघन गरेको भन्ने अलग आरोप लगाउँदै महालेखापाल मार्फत दोश्रो स्पष्टीकरणको माग गर्ने काम भएपछि बिना कसूर विभागीय सजायँको कारवाही उठाएकोले सेवा परिवर्तनतर्फ तत्कालीन सामान्य प्रशासन मन्त्रालय मन्त्री मार्फत कारवाही चलाएको र सहायक मन्त्री पदमा रहेसम्म रमाना नपाएको, निज पदबाट हटनासाथ ०३९।७।१ देखि को.ले.नि.का धनुषामा हाजिर हुन गएको त्यस पछि ०४०।५।२३ देखि राष्ट्रिय योजना आयोगको सचिवालय तथा मिति ०४१।४।१ देखि को.ले.नि.का.ललितपुरमा प्रमुख नियन्त्रकको हैसियतले कार्यरत रही इमान्दारीपूर्वक काम गरी रहेकोमा मिति ०४२।९।१० मा श्री ५ को सरकारको मिति ०४२।९।८ को निर्णयानुसार नि.से.नि., २०२१ को नियम ७.१(२) अनुसार सेवाबाट अवकाश दिएको सूचना प्राप्त हुन आएपछि माथि लेखिएको परिबन्दको कारणले मलाई सजायँ दिने निश्चित अभिप्रायले अनिवार्य अवकाश दिने का