निर्णय नं. ३१३३ - नापी दर्ता बदर सन्धी कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१३३ - नापी दर्ता बदर सन्धी कायम भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/०७ २८१४ निर्णय नं. ३१३३ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ७०७ मुद्दा : नापी दर्ता बदर सन्धी कायम । पुनरावेदक/वादी: वाग्लुङ हरिचौर गा.पं. वडा नं. ९ बस्ने खडकबहादुर बुढाथोकी समेत जना (७८) अठहत्तर । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐजन वडा नं. १ भुजुङे बस्ने मु.डीलबहादुर सिरिस मगर समेत जना ६ । फैसला भएको मिति : २०४४।४।७।५ मा आवाद गर्न नहुने सन्धी सर्पन जग्गा दर्ता गराएकोमा उजूर गर्ने हदम्याद किटी दिएकोले यस्तोमा अ.बं. ३६ नं. ले जहिले सुकै पनि उजूर गर्न पाउने हुँदा वादी दावीको सन्धीसर्पन गरेको भनेको जग्गा दर्ता गराएको थाहा पाई नापीमा उजूर गर्न गएकोमा नापीबाट दर्ता भइसकेकोमा दर्ता बदर गर्न नमिल्ने हुँदा सम्बन्धित अदालतमा उजूर गर्न जान सक्ने व्यहोराको सूचना दिने भनी निर्णय गरिदिएको जानकारीको मितिले ३५ दिन भित्रै परेको यो फिराद देखिएकोले क्षे.अ. ले नापीले जानकारी दिएको आधारमा परेको हदम्याद नाघेको फिराद भनी खारेज गरेको कानून मिल्दो नदेखिएकोले बदर हुने । (प्रकरण नं. १५) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।१।३ को फैसला उपर चित्त नबुझी वादीहरूको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सक्षिप्त विवरण निम्न प्रकार छ : २. वाग्लुङ जिल्ला हरिचौर गा.पं. वडा नं. ९ मा पर्ने पूर्व कालीलेख जाने तेर्सो बाटो पश्चिम चौडीलाको धारिछहरो उत्तर देउता बस्ने पहरो दक्षिण गल्लीको गुल्लीको बुटो चुचेली यति चार किल्ला भित्रको बोट विरुवा समेत भएको जग्गा हरिचौर गा.पं. वडा नं. ८९ का जनताको खर्चरी तिरो तिरी आएको सार्वजनिक जग्गा सपथ भोग चलन गरिआएका छौं । ३. उल्लिखित जग्गालाई एकलौटी दर्ता गरी खान नपाओस् भन्ने अभिप्रायले २०१५ सालमा गल्कोट राज्यमा भएको घरदरमा ८४ सालका घरदर बमोजिम मु.विष्णुप्रसादका नाउँमा साविक फडके सेर्मा रु. ।१३ लगाई दर्ता गरी निज विष्णुप्रसादले तालुकी छाडेकाले हाल मु. रत्नबहादुरलाई हामी समेतका मोहीहरूले सालसालै १ पैसा खर्चरी तिरो तिरी सन्धीसर्पन गौचरन समेतको रुपमा चलन गरिआएका छौं पालेको चेउपोले भन्ने वनको आम्दानी स्कूलमा लगाउने समेतको मिलापत्रमा भएको छ । सो मिलापत्रमा विपक्षी मु. डीलबहादुर श्रीस समेतले सहिछाप गर्नु भएको छ र यसै जग्गाको घाँस काट्न गएको बखत विपक्ष दिलबहादुर समेतले कुटपिट गरेकोमा मुद्दा पर्दा गल्कोट राज्य अदालतको १९९४।१०।४ को मिलापत्रबाट दावीको जग्गा सन्धी गौचरन कायम हुन गएको छ । उल्लेखित जग्गालाई मु. डीलबहादुरले गा.पं. हरिचौर वडा नं. १ कि.नं. ३७६ मा मनबहादुरले ऐ. कि.नं. ३७७ मा लालबहादुरले ऐ. कि.नं. ३७८ मा एकबहादुरले ऐ. कि.नं. ३७९ हर्कबहादुरको छोरा परवीरले कि.नं. ३८० मा अर्का परवीरले ऐ.कि.नं. ३८१ मा गाउँका जनतालाई थाहा पत्ता नै नदिई २०३६ सालमा नापी हुँदा आ–आफ्ना नाउँमा झुक्याई नापी दर्ता गराएको हामीलाई थाहा थिएन । २०३७।१२।१ मा विपक्षहरूले झुक्याई दर्ता गराएको ८ नं. नापी गोश्वरामा हेर्दा थाहा पाएकोले दर्ता बदरमा