निर्णय नं. ३१३५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१३५ - अंश भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१८ २७९५ निर्णय नं. ३१३५ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ५३१ मुद्दा : अंश । पुनरावेदक/वादी: जि. कपिलवस्तु गजहैडा गा.पं. वडा नं. ३ बस्ने मौजे गोलिया बस्ने उदयराज कुर्मी । ऐ.ऐ बस्ने रामदास कुर्मी । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने सावित्रीदेवी कुर्मिनी । ऐ.ऐ बस्ने उदयराज सुभग कुर्मी । ऐ.ऐ बस्ने रामानन्द कुर्मी । फैसला भएको मिति: २०४४।४।१८।२ मा राजीनामा माइती मै बसेको अवस्थामा गराई लिएको देखिएकोमा सगोलको सम्पत्तिबाट किनेको हो भनी वादीले साक्षी दिएकोमा भगवान दत्त कुर्मीले लिखतको ऋणी थैली समेतको वारेमा विवरण दिन नसकेकोले निजको भनाई तथ्ययुक्त देखिन नआउने । (प्रकरण नं. १२) अंशियारले नेपालमा आई सम्पत्ति आर्जन गरेको देखिन नआई अंशियारकी श्रीमतीले माइती तर्फबाट पाएको दाइजोको रुपैयाँले खरीद गरेको सम्पत्ति देखिँदा अंशियार अंशियार बीचमा निर्णय भएको नजीरहरू प्रस्तुत मुद्दाको वस्तुस्थितिसंग नै नमिल्ने भएकोबाट ती नजीरहरू यस मुद्दामा लाग्न सक्ने अवस्थाको नदेखिने । (प्रकरण नं. १२) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट: विद्वान अधिवक्ता श्री कृष्ण कुमार बर्मा उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षेपमा विवरण यस प्रकार छ । २. स्वर्गीय मानिक कुर्मीको स्वर्गीय तमेसर कुर्मी र स्वर्गीय पटेश्वरी कुर्मी समेत २ छोरा भएको, तमसेरको छोरा म उदयराज तथा स्वर्गीय जगत भई जगतको छोरा रामदास हो । पटेश्वरीको छोरा राम सुमग र रामानन्द हुन । हाम्रो अंशबण्डाको भएको छैन । सगोलमै छ । पैतृक सगोलको धनबाट प्र.मध्ये सावित्री देवीको नाउँमा सम्पत्ति आर्जन गरी भोग गर्दै आएकोमा घरको मुख्य राम सुमग भई आयस्ता मनमानी हिनामिना गरेकोले अंश छुट्याई माग्दा मिति २०४१।६।१५ मा इन्कार गरे फिराद परेको अघिल्लो दिनलाई मानु छुटिएको मिति कायम गरी सम्पत्तिको तायदातीलाई आधा प्रतिवादीको हक पर सारी बाँकी आधामा १।१ भाग हामीलाई अंश दिलाई पाउँ भन्ने समेत रामदास कुर्मी समेतको फिरादपत्र । ३. वादीहरू हाम्रो सराकतमा रहेको नहुँदा अंश भागको सम्पत्ति सगोलमा रहेको छैन । वादीहरूको अंश भारतकै कानून बमोजिम तमेसर र पटेश्वरीकै पालमा छुट्याई सकेको छ । तमेसर स्वर्गे हुँदा निजको नामको दर्ताको नामसारीको कारवाही उदयराजले भारतकै कानून बमोजिम भारतमै चलाई सकेको र उदयराजको भारतमै रहेको सम्पत्तिबाट फिरादी रामदासले अंश पाउने हुँदा हामीसंग अंश माग्ने हक अधिकार वादीलाई छैन । हामीले वादीहरूलाई अंश दिनु पर्ने होइन। सह प्रतिवादी बनाइएको रामानन्द, म राम सुमगको भाइ भएपनि निज र म राम सुमगको बीचमा पनि आपसमा बराबर भई दुई भाइ मध्ये भारतमा एकलौटी रामानन्दले लिई दर्ता गराई भोग तिरो चलन गरिरहेको हुँदा तीन पुस्ता परका वादीहरूले यसरी भारतबाट आएर नेपालको अदालतमा अंशमा दावा गर्न पाउने होइनन् । यदि वादी दावा साँचो हुँदो हो त भारतमा रहेको सम्पत्तिमा पनि मेरो रहेभएको देखिनु पर्ने सो समेत केही नहुँदा हाम्रो उपरको दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको सावित्री देवी समेत जना ३ को प्रतिउत्तरपत्र । ४. वादीहरू नेपालको नागरिक पनि नभएको र सावित्री १