निर्णय नं. ३१३६ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१३६ - बन्दीप्रत्यक्षीकरण भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/२९ २४२२ निर्णण नं. ३१३६ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १३६८ विषय : बन्दीप्रत्यक्षीकरण । निवेदिका:का.जि.वानेश्वर हाल डि.एस.पी. कार्यालय हनुमान ढोकामा थुनामा रहेका साप्ताहिक जनज्योतिका सम्पादक हरिहर विरहीको हकमा निजकी श्रीमती ज्ञानु आर्चाय । विरुद्ध विपक्षी : वागमती अञ्चलाधीशको कार्यालय, वागमती अञ्चल । जिल्ला कार्यालय,काठमाडौं । डि.एस.पी कार्यालय,हनुमानढोका । आदेश भएको मिति: २०४४।५।२९।२ मा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनसूची १ भित्र पर्ने मुद्दामा अपराध सम्बन्धी अनुसन्धान गर्न थुनामा राख्न पाउने नै देखिन्छ । स.मु.स. ऐन, २०१७ को अनुसूची १ भित्र परेको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न कारवाही गर्न अनुमतिको लागि स.मु.स. ऐन, २०१७ को दफा ७(४) अनुसार मुद्दा हेर्ने अधिकारी (अञ्चलाधीश) ले दिन पाउने । (प्रकरण नं. ११) अनुसन्धानको कार्य पूरा भई सो को आधारमा अभियोग लगाई सकेपछि मात्र यो यस्तो अभियोगमा थुनामा राख्न भनी अ.बं. १२१ नं. अनुसार थुनुवा पुर्जी दिई थुनामा राखिनु पर्ने । (प्रकरण नं. १२) अधिकारप्राप्त अधिकारीबाट प्रचलित कानून बमोजिम राजकाज अपराध अन्तर्गत अनुसन्धानको सिलसिलामा थुनामा राख्नको लागि दिन सातको म्याद थपको निमित्त अनुमति समेत प्राप्त गरी अुनसन्धानको कारवाही भई रहेको देखिन आएकोले गैरकानूनी थुनामा राखेको भन्न नमिल्ने । (प्रकरण नं. १३) रिट, निवेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रामानन्दप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत उल्लेखित मुद्दाःX आदेश न्या.रुद्र बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. साप्ताहिक जन-ज्योति पत्रिकाका सम्पादक मेरा पति हरिहर विरहीलाई जन-ज्योति साप्ताहिकको कार्यालयमा कार्यरत रहेको अवस्थामा २०४४।४।२८ गते विहिवार अपरान्ह अं.४:४५ बजे तिर प्रहरीहरू आई पक्राउ गरी लगेको कुरा उक्त साप्ताहिकको कार्यालयले खबर गरेपछि थाहा पाई पक्राउ गरेको कारण र ठाउँ तत्काल पत्ता लाउन सकिन, मन्त्री बस्नेतले जन-ज्योतिका सम्पादकलाई स्थानीय प्रशासनले हिरासतमा राखेको छ भनी सदनलाई जानकारी दिनु भएको भन्ने श्रावण ३० गते शनिवारको गोरखापत्रबाट निजलाई जि.प्र.का. हनुमान ढोकामा थुनामा राखेको कुरा थाहा भयो । पतिको भनाई अनुसार आजसम्म निजलाई थुनामा राखेको कारण बताएको छैन र थुनुवा पुर्जी पनि दिइएको छैन । नेपालको संविधानको धारा ११(१) मा कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको ज्यान वा वैयक्तिक स्वतन्त्रताको अपहरण हुने छैन र उपधारा ६ मा कुनै गिरÇतार भएको व्यक्तिलाई गिरÇतार भएको कारण सहितको सूचना यथासक्य चाँडो नदिई थुनामा राखिने छैन, त्यस्तो व्यक्तिलाई आफूले रोजेको कानून व्यवसायीसंग सरसल्लाह लिने र निजद्वारा पूर्पक्ष गर्ने अधिकारबाट वञ्चित गरिने छैन भनी प्रष्ट उल्लेख भएको छ । अदालती बन्दोवस्तको १२१ नं. मा भएको व्यवस्था र संविधानद्वारा गरिएको व्यवस्थाको विपक्षीहरूले पूर्णतः अवज्ञा गरेका छन् । जन-ज्योति साप्ताहिकको बढ्दो लोकप्रियता र जनपक्षीयताबाट आक्रान्त भई रिसइवीको भावनाले राज्यशक्तिको दुरुपयोग गरी मेरा पतिलाई थुनामा राखिएको हो । मेरो पतिद्