निर्णय नं. २७०१ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७०१ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/२४ २१४७ निर्णय नं. २७०१ ने.का.प. २०४३ अङ्क - ५ फुलबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रिट फु.नं. ३० आदेश भएको मिति : ०४३।५।२४।३ मा निवेदिका : का.न.पं.वडा नं.२१ जैशीदेवल बस्ने तारादेवी अधिकारी विरुद्ध विपक्षी : अध्यक्ष तथा महाप्रबन्धक नेपाल यातायात संस्थान, केन्द्रीय कार्यालय, टेकू, काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) परीक्षणकालमा राखी नियुक्ति गरिएमा कुनै कर्मचारीको सम्बन्धमा परीक्षणकाल समाप्त भइसकेपछि विनियमले प्रदान गरिएका अधिकारहरू मध्ये आफ्नो परीक्षणकालको अवधिमा अरु तीन महीना बढाउन उचित लागी तीन महीना परीक्षणकालको अवधि बढाई पुर्जी नदिई वा निजले आफ्नो परीक्षण कालको अवधिमा गरेको काम सन्तोषजनक, नलागी निजलाई नोकरीबाट हटाएको पुर्जी पनि नदिई नोकरी गरिएकै पदमा बहाल राखी तलब समेत खुवाएमा ६ महीनाको परीक्षणकाल समाप्त भएपछि नियुक्ति सदर (Confirm) गरिएको मान्नु पर्ने । (प्रकरण नं. ११) (२) नियुक्ती स्वतःसदर (Confirm) भएको मानिने विनियममा व्यवस्था नभएको भन्ने आधारमा विनियममा भएको व्यवस्था विपरीत अनिश्चित कालसम्म परीक्षणकाल भइरहेको भन्न न्यायका सर्वमान्य सिद्धान्तको विपरीत पर्न जाने । (प्रकरण नं. ११) निवेदिकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश न्या.हिरण्येश्वरमान प्रधान : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदिका नेपाल यातायात संस्थान, केन्द्रीय कार्यालयको सहायक तह ४(प्र) को पदमा ६ महीना परीक्षण कालमा रहने गरी नियुक्ति पाई काम काज गरी रहेको बखत कार्य सन्तोषजनक नभएकोले सेवाबाट हटाएको व्यहोरा आदेशानुसार सूचित गर्दछु भनी प्रमुख कर्मचारी प्रशासन शाखाको २०४०।१२।१२ को पत्र प्राप्त हुन आएकोले उक्त निर्णय उपर निवेदिकाले सञ्चालक समितिमा पुनरावेदन गरेकोमा परीक्षणकाल सम्बन्धी कारवाही भएको र विभागीय कारवाही सम्बन्धी भएकोले ने.या.सं. विनियम, २०२२ बमोजिम तपाइको २०४१।१।४ को पुनरावेदन माथि हेर्न नपर्ने गरी सञ्चालक समितिबाट २०४१।२।१५ मा निर्णय भएको व्यहोरा जानकारी गराइएको छ भन्ने पत्र प्राप्त भयो । ३. नेपाल यातायात संस्थान विनियम, २०२२ का परिच्छेद ४ भाग २ को दफा ९(१) मा जनरल मेनेजर, डिभिजन चिफ र सो सरहका पदाधिकारीहरू बाहेक संस्थानको जुनसुकै पदमा नयाँ नियुक्ति हुने कर्मचारीलाई ६ महीनाको परीक्षण कालमा राखिने र सो अवधि पूरा भइसकेपछि स्थायी नियुक्ति गरिने छ । तर निजलाई नियुक्ति गर्ने अधिकारीले उचित सम्झेमा निजको परीक्षणकाल ३ महीना थप गर्न सक्नेछ भन्ने र विनियमको दफा ९(२) मा परीक्षण कालको अवधिमा सन्तोषजनक काम गरेको छैन भन्ने लागेमा परीक्षणकाल भित्रै त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन सक्ने व्यवस्था छ । परीक्षणकाल समाप्त भएपछि काम सन्तोषजनक नभएको भनी सेवाबाट हटाउन मिल्दैन । निवेदिकाको ६ महीनाको परीक्षणकाल २०४०।५।३ मा समाप्त भइसकेको छ । अवधि पनि थप गरिएको छैन । परीक्षणकाल समाप्त भइसकेपछि प्रतिवाद गर्ने मौका नै नदिई प्राकृतिक न्