निर्णय नं. २०५ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०५ - लेनदेन भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०९/२२ ३७२९ निर्णय नं. २०५ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. ६ निवेदक, प्रतिवादी : सागरमल सोथालिया माडवारी विरुद्ध विपक्षी, वादी : हुलासचन्द्र गोल्छा माडवारी मुद्दा : लेनदेन (१) साहु आसामीको २क.– दृष्टिबन्धक लेखि दिएकोमा धितो समाउन २ बर्ष भित्र नालिस दिनु पर्ने । सो म्याद भित्र नालिस नपरे कपाली सरह मात्र भरी पाउने साहुले धितोको वास्ता छाडी कपाली सरह दावी गर्न पाउने । ...यो ०९ साल माघ ९ गते परेको फिरादमा दृष्टी लेखिएको धितो चलन चलाई दिनुपर्ने हो वा कपाली सरह रुपैयाँ दिलाई दिनुपर्ने हो ? भन्ने प्रश्न उपस्थित हुन आउँछ । साहु आसामीको २ नं. ले साहुले चाहेमा धितो चलन गर्न पाउने नचाहेमा ब्याज पाउने दुवै व्यवस्था भएको देखिन्छ । साहुलाई पनि मर्का नपरोस र आसामीलाई पनि मर्का नपरोस भन्ने उक्त ऐनको मतलब देखिन्छ । ऐनले साहुलाई २ बाटो दिएको देखियो । धितो समाउने साहुको मनसाय भए २ बर्ष भित्र नालेस गर्नुपर्ने । त्यसपछि उसले धितो पक्रन नपाउने भएकाले साहुले धितोको वास्तै नगरी कपाली सरह नै दावी गर्छ भने उक्त ऐनले बाधा दिएको देखिदैन । वादीको फिराद र प्रतिवादीको प्रतिउत्तर लेखाइको रुप विचार गर्दा, दुवै पक्षले कपाली सरह नै मानी मुद्दामा पैरवी गर्दै आएको देखिँदा त्यस अवस्थामा दुवै पक्षले जिकिर लिएको नदेखिएकोमा धितोको प्रश्न उठ्दैन । यस्तो दावी जिकिर नलिएको कुरामा ०११।५।२२ गते मो.वि. अपीलबाट भएको फैसला र अघिल्लो ०१५।५।२२ का डिभिजन बेञ्चले समेत चलन चलाई दिएतर्फ निर्णय गरेको मनासिव भन्नु भएन। (प्रकरण नं. १६) (२) साहु आसामीको ५ क.–सावाँ ब्याज भराउँदा साँवाको डब्बल मात्र भराउनु पर्ने । साँवा कं.रु. ४४००१ को ब्याज आजसम्म तिरेको नदेखिएको तमसुकको मितिले १० बर्ष नाघी सकेको देखिँदा साहु आसामीको नं. क५ का ऐनबमोजिम साँवाको डब्बल मात्र दिलाउन मिल्ने हुनाले सावाँ रु. ४४००१ को डब्बल रु. ८८००२ प्रतिवादीले वादीलाई दिनुपर्ने ठहर्छ । (प्रकरण नं. १९) (३) आसामीले तिर्नुपर्ने रुपैयाँ किस्ताबन्दी गरी पाउँ भनेमा साहुको मञ्जुर हुने किसिमसँग कुनै बन्देज भए किस्ता बन्दी गरी दिलाउन हुने । प्रतिवादीले सालको रु. १०,००० किस्ता गरी दिन पाउँ भन्ने जिकिर लिनु भएकोमा वादीतर्फलाई रोहवरमा सोद्धा केही बन्देज भए किस्ता बन्दी गरेकोमा मञ्जुर छु भनेको प्रतिवादीले किस्ताबन्दीबमोजिम पुरा चुक्ति नगरेसम्म दृष्टिमा लेखिएको जेथा बिक्री बन्धक गर्ने छैन भन्ने कागज लेखी दिए सालको रु. १०००० किस्ता गरी हरसालको रामनवमीमा तिर्न पाउँछ । (प्रकरण नं. २०) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा फैसला १. यसमा मबाट प्रतिवादीले घर खर्च गर्न समेत भनी कं.रु. ४४००१ लिई निजका नाउँको दर्ताको शंखरपुरको जग्गा ।।३।।।४ र त्यसमा बनेको टिन र टायलको समेत घर गोदाम छ र औ जोत जिरायत जग्गा विगाहा ९०९१।३ समेत ०६।१०।१३ गतेमा दृष्टिबन्धक तमसुक लेखी ऐ. १७ गते पास भएको । लेखिएका माघ महिनासम्मको भाखा नबुझाएको हुँदा लिखितका मितिदेखि मुद्दा किनारा भएका मितितकको ब्याज साँवा भराई पाउँ भन्नेसमेत ०९।१०।१९ को वादी । २. वादी दावीबमोजिम सबै रुपैयाँ लिएको नभई ब्याजसमेत जोडी तमसुक भएको हो वादीका बाबु रामलालले मेरो पटवा ल