निर्णय नं. २७०२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७०२ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२१ २०१७ निर्णय नं. २७०२ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको फौ.पु.नं. ५०१ सम्वत् २०४१ सालको फौ.सा.नं. ९८ फैसला भएको मिति : २०४३।४।२१।३ मा पुनरावेदक/वादी : परवीर खड्काको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : रोल्पा थुम २२ खुवा सिरप बौठे चउर बस्ने पले घर्ती मगर मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादी फेरार रहेको कारणबाट सरजमीनका व्यक्तिहरूले शंका गरेको भरमा तथ्ययुक्त सबूद प्रमाणको अभावमा श्री ५ को सरकाको पुनरावेदन जिकिर अनुसार प्रतिवादीलाई अपराधी ठहर गर्न न्यायसगंत नहुने । (प्रकरण नं. १४) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(क) अनुसार पुनरावेदन गरी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. जाजरकोटबाट बसाई सरी आएको मनलाल वादी ०२३।११।१८ गते गोठेचौर बाहुन डाँडा भीरमा उतानो परी लडेके सीर फुटेको हात खुट्टामा नील भएको पले घर्तीको कर्तव्यबाट मरेको शङ्का लागी पक्राउ गरेको बास बसेको घरबाट २० गते भागेको हुँदा जाहेर गरेको छु भन्ने समेत परवीर खड्काको जाहेरी । ३. टाउको टुप्पीमा २” लम्बाई २” चौडाई खत भएको, आँखीकोष सुनिएको नानी नदेखिएको नाकबाट रगत आएको लिंगबाट लस्सादार चुहिएको, घुडाँ कुममा निल समेत भएको भन्ने लास प्रकृति मुचुल्का । ४. फाल्गुण १७ गते लोग्ने मनलाललाई पं.स. पले घर्तीले फुली चोरी ल्याएका छौ रे फुली देउ कित हिंड भनी लिई गएको दुवै जनाले एक ठाउँमा जाँड खाएको भन्ने पनि सुनें, लोग्नेलाई पलेले मारेको पुरा शंका लाग्छ भन्ने समेत मर्नेकी श्रीमती सवजी बडेनी समेतको सरजमीन मुचुल्का । ५. ०२३।११।१८ गते मेरो घरमा आएको रु.५ को दारु खाई साथै गएका हुन् मेरो घरमा झगडा नभए पनि पले घर्तीले मनलाल वादीलाई मारी भाग्यो भन्ने सुनेको हुँ भन्ने समेत दुर्गा मगरनीको कागज । ६. पले घर्तीले मनलाल वादीलाई कर्तव्य गरी मारेको देखिँदा निज पले उपर ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन । ७. पले घर्ती हाजिर नभई फेरार रहेकोले मुलतबी रहेको अंश रोक्का भएको मितिले ६ वर्ष पुगी सकेको हुँदा मुलतबी जगाई पेश गर्नु भन्ने समेत ०३९।८।७ को रोल्पा जि.अ.को आदेश । ८. मनलाल वादी र पले घर्ती झगडा गर्दै गएको कुरा सुनेको र पले घर्तीलाई पक्राउ गरी लैजाँदा बीचबाट भागेको भन्ने सुनेको हो । निजले कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने समेत सरजमीनका थमन थापा र धनबहादुरको अदालतमा भएको ०४०।१।९ को बकपत्र । ९. प्रतिवादी फरार भई बसेकाले मृतक मनलाल वादीलाई कर्तव्य गरी मारेको ठहर्छ प्र.पले घर्तीलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले १० वर्ष कैद हुने मनासिब देखिँदा राय सहित जाहेर गरेको छु भन्ने समेत रोल्पा जिल्ला अदालतको जाहेरी फैसला । १०. अभियुक्त फेरार रहेको र सरजमीनका केहि व्यक्तिले शंका गर्दैमा अभियुक्त पले घर्तीलाई दोषी ठहराएको न्यायोचित नहुँदा निजले सफाई पाउने ठहर्छ शुरु रोल्पा जि.अ.को इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४१।२।३० को फैसला । ११. सो फैसलामा चित्त बुझेन भन्ने स