निर्णय नं. २०६ - हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०६ - हक सफा भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०१/२६ २८४४ निर्णय नं. २०६ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय प्रधान न्यायाधीश श्री स.ईश्वरीराज मिश्र मानीनय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु नं. १ निवेदक, प्रतिवादी : काली उपाध्यायनी समेत विरुद्ध विपक्षी, वादी : उमानाथ उपाध्याय मुद्द : हक सफा (१) निखन्न नपाउनेले निखनेमा अ.बं १११ नं. बमोजिम नालेश गरी निखनेको बदर गराउनु पर्ने । निखन्न नपाउनेले निखनी बिक्री गरेको थैली धरौट राखी ऐनको म्यादभित्र उजुर गर्नुपर्ने । कृष्णबहादुरबाट काली उपाध्यायानीले निखनी लिईसकेको कुरा उक्त निवेदनबाट वादीलाई थाहा जनक भएको देखियो । आफ्नो हक भई कालीले निखन्न नपाउने भए त्यसतर्फ आफ्नो हकमा थाहा पाएका ३५ दिन भित्र अ.बं. १११ नं. का ऐनबमोजिम नालेश गरी कालीले निखनेको बदर गराउनु पर्ने सो गरेको देखिएन । काली उपाध्यायानीले निखनी लिएको बदर नगराए पछि र काली उपाध्यायनीले श्यामप्रसाद समेतलाई ०४।४।२७ गते राजिनामा पास गरी दिएको भएपछि काली उपाध्यायनीको यो वादी भतिजा नाताको हुनाले काली उपाध्यायनीले बिक्री गरेकोतर्फ साहु आसामीको ९ नं. का ऐनका म्याद थाहा पाएको ३५ दिन भित्र निखनाई पाउँ भनी रु. ४५।२१ धरौट राखी उजुर गर्नुपर्ने सो गरेको नदेखिएकोले काली पाध्यायानीले श्यामप्रसाद समेतलाई बिक्री गरेको राजिनामा कानूनको रीत पुगेकै देखियो । (प्रकरण नं. २६) (२) कस्तो स्थितिमा बिक्री भएको निखन्न नपाउने ? बाटुलीले कृष्णबहादुरलाई बिक्री गरेको वादी उमानाथकै कान्छी आमा काली उपाध्यायानीले निखनी लिईसकेको भई त्यसतर्फ वादीको निखन्ने हक टुटी सकेको र कालीले बिक्री गरेतर्फ रु. ४५२१। धरौटी राखी निखन्ने अधिकार कानूनले दिएकै थियो तर त्यो केही नगरी सो गर्ने म्याद छँदाछँदै सत्य व्यवहार गुम गरी बाटुलीले बिक्री गरेको पट्टि मात्र कारवाई गरेको देखिनाले कानूनबमोजिम गर्नुपर्ने काम नगरी अबाटो हिंडेको देखिनाले र कृष्णबहादुरका साथमा जग्गै नभई निजबाट काली पाध्यानीले निखनी श्यामप्रसाद समेतलाई बिक्री भईसकेकोमा बाटुलीले कृष्णबहादुरलाई बिक्री गरेको निखन्न पाउँ भन्ने वादीको उजुर उपरोक्त कारण परिबन्दबाट पुग्न सक्तैन । ०१२।२।१ मा फुल बेञ्चको बहुमतबाट निखन्न पाउने गरी भएको फैसला मनासिव देखिएन । (प्रकरण नं. ३१) वादी तर्फबाट : कृष्णप्रसाद भण्डारी प्रतिवादी तर्फबाट : कृष्णप्रसाद उपाध्याय फैसला १. बाबा बेनी माधवको स्वास्नी जेठी मेरा आमा मुसी र कान्छी बाटुली हुन । आमा परलोक भएपछि बाबाबाट म र दाजु अनिरुद्र छुट्टी बेगल बसेको । बाबुको भागमा परेको तिअन्चुरे नेराको कुडहर हिडी भन्ने खेत मुरी ।२० कान्छी आमा बाटुलीले रा.कृष्णबहादुरलाई रु. २११७ मा बिक्री गर्ने कुरा भएको । साक्षी बसी देउ भनी भन्न आएकोले हामी हकदार हौं । रुपैयाँ खोज्ने म्याद देउ भनेमा नदिएकाले ३५ दिन भित्र हक सफा गरुौंला भनी ०३।९।५ मा साक्षी बसी लिखत भएको म्याद भित्र हक सफा गर्नालाई बिरामी भई गुज्रेको हुँदा हुकुम प्रमाङ्गीबमोजिम म्याद थामी नालेश गर्न आएको छु । फार्छेबमोजिमको थैली रु. २११७ बाटुलीबाट लिने कृष्णबहादुरलाई कालीले तिरी श्यामप्रसाद, गजेन्द्रमानलाई कालीले दिएको बुझिएकोले सो बदर गरी जसलाई बुझाउनु पर्ने ठहर्छ बुझ्न लगाई निखनाई पाउँ भन्नेसमेत फिरादपत्र । २. वादी र वादीका दाजु अनिरुद्र समेतका मञ्जुरीबाट साक्षी बसी बाटुलीले रु. २११७। मा ०३।९।४ गते घरसारमा र ०३।१०।१० मा पास स