निर्णय नं. २०७ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०७ - अंश भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०३/०५ २७८७ निर्णय नं. २०७ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ७५ निवेदक, प्रतिवादी : सुज्र्येमाया गुभाजुनी विरुद्ध विपक्षी, वादी : मोहनमायाको मुद्दा सकार गर्ने बुद्धिकुमारी गुभाजुनी मुद्दा : अंश (१) अंश बुझेको लिखत ऐनबमोजिम पास नभए अंश बुझेको कायम नहुने । रजिष्ट्रशनको ३ नं. मा आफ्नो हक छोडी दिएको इत्यादी कागजपत्र गर्दा गराउँदा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन गराउन भन्ने उल्लेख भएको । मोहन मायाले लिखत गरी दिएको कायम हुँदा अंशको हक छोडेको देखिन आउने हुनाले उक्त ऐनले पास गर्नुपर्ने लिखत पास नभएबाट अंश बुझेको कायम मान्न उक्त कानूनबाट मिल्न आएन । (प्रकरण नं.२२) वादी तर्फबाट : सिनियर एडभोकेट देवनाथ बर्मा, प्लिडर कृष्णप्रसाद प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय फैसला १. ससुरा हर्षमानका ४ छोरामा जेठा भिमलाल माहिला हरिकुमार, साहिला पृथीमान, कान्छा ललितकुमार भएकोमा माहिला हरिकुमार अन्यायवालाको र मेरो लोग्ने हुन । मलाई विवाह गरी ल्याए पछि ससुरा देवर जेठाज्यू समेत ७७ सालमा नीतिपूर्वक अंशबण्डा गरी बेगल बसेको । कान्छा देवर ललितकुमारले अंशको धन सम्पत्ती सबै उडाई परलोक भएबाट नाबालक छोरा चन्द्रमानहरूलाई लोग्नेले आफ्ना भरले पालताल गरी राखेको लोग्नेले मलाई अपहेलना गरी राखेको र निज लोग्ने २००१ साल बैशाखमा परलोक भएपछि सौतासँग मिली बस्न नसकेबाट लोग्नेको बर्षी सकेपछि अंश नदिई तँलाई अंश दिन्न बरु छुट्टिएको भतिजा चन्द्रमानहरूलाई हक गराई दिउँला जानिस् कि भनी भनेकाले नालेस गर्न आएकी छु । निज अन्यावालासँग यथार्थ तायदाती लिई मेरो आधी अंश मलाई दिलाईपाउँ भन्ने ०२।३।११ को वादी मोहन मायाँको फिरादपत्र । २. वादीका उजुरीबमोजिम ७७ सालमा सबै भाइ छुट्टी भिन्न भए तापनि कान्छा देवर ललितकुमार र खसम हरीकुमारको अंश खति उपति मिसाई सगोलमा बसी आएको निज देवर देउरानी समेत मरी छोराहरू भएको वादीले अंश वापत मोरु १२०० सुन तोला ११ चाँदी तोला ४० बस्ने घर भाडा, समेत दिई सो बुझी लिएको ९९।८।३ मा भरपाई गरी बेगल बसेकी र निजका अंशमा परेको भैंसी जगतबहादुरलाई पाल्न दिएकी खसम हरिकुमार ०१ साल बैशाखमा कालगतीले परलोक हुनुभएको हुँदा झुट्टा नालेस गरेका हुन भन्नेसमेत सूज्र्ये मायाँको २००२।३।३० को प्रतिवादी । ३. बाबुहरू ७७ सालमा भिन्न हुँदा हरिकुमारको र हाम्रा बाबा ललितकुमारको अंश मिसाई एकै ठाउँमा बसी आएको र वादीले घर धनमाल अंश वापत बुझी लिई भरापाई गरी दिएकी हुँदा उजुरी झुट्टा हो भन्ने वा. समेत चन्द्रमान गुभाजुको ०२।७।३।६ को बयान । ४. प्रतिवादीबाट पेश भएको ९९।८।३।४ को भरपाई सहीछाप प्रष्ट नभएबाट समेत प्रमाण नलाग्ने हुँदा किर्ते भन्ने वादीको वा.रत्नलालको र सद्दे हो भन्ने प्रतिवादी वा.समेत चन्द्रमानको र साक्षी समेतको बयान । ५. ललितकुमारको छोरा चन्द्रमानसमेत र वादीको लोग्ने एकाघर सगोलमा रहेमा वादी नै सावित भएको । साक्षी जवान १७ को बकाइबाट पनि सगोलमै बसी आएको देखिएको । ललितकुमारले धन सम्पत्ति उडाई नाबालकहरू मात्र वादीको लोग्नेले पालेको भए ललितकुमारको जग्गा जमिन यो मितिमा यसलाई बिक्री गरी उडाएको भन्न र सबुद गुजार्न सक्नुपर्ने, नसकेबाट समेत खती उपति मिसाई सगोलमा बसेको ठहर्ने र अब अंशतर्फ सुन चाँदी नगद घर भैंसी बुझी गरी दिएको भर