निर्णय नं. २७०३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७०३ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२७ १९५४ निर्णय नं. २७०३ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १६७६ आदेश भएको मिति : २०४३।४।२७।२ मा निवेदक : जिल्ला बारा सामापुर टोकनी गा.पं.वडा नं.१ हाल परिवर्तित ऐ.गा.पं.वडा नं.८ बस्ने रामबहादुर साहुतेली विरुद्ध विपक्षी : वीरगञ्ज नगर पञ्चायत वडा नं.५ बस्ने संकटादेवी श्रेष्ठसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जग्गावालाले लगत कट्टा गरिपाउँ भनी दिएको निवेदनमा रिट निवेदकलाई बुझ्दै नबुझी मोही लगत कट्टा गर्ने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय बाराको मिति ०४२।४।१७ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री जयकान्तलाल दास विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार अधिकारीको २०४२।४।१७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. प्रतिरक्षी पूर्णकुमारी श्रेष्ठको नाउँ दर्ताको जिल्ला बारा रामपुर गा.पं.वडा नं.१ कि.नं. २५ को ज.वि.०–१३–० ऐ.ऐ.कि.नं. ७ को ज.वि.०–१३–१० ऐ.वडा नं.२ कि.नं. २३ को ज.वि. ०–१५–० ऐ.कि.नं. ३१ को ज.वि. ०–१६–१० समेत जम्मा ज.वि. २–१८–० को म मोही भई कमाई आएको छु । प्रतिरक्षी मध्ये संकटादेवी श्रेष्ठले ०४२।५।१८ गतेका दिन आई कि.नं. २३ को ज.वि. ०–१५–० ऐ. कि.नं. ३१ को ज.वि.०–१६–१० समेत मैले आमा पूर्णकुमारीबाट खरीद गरेको छु । सो जग्गाबाट तपाइको मोही लगत समेत कट्टा भइसकेको छ भनी मलाई भन्दा प्रतिरक्षी संकटादेवीको कुरा सुनी आश्चर्य भई भू.सु.कार्यालय वारा गई मोही लगत कट्टाको ठहर आदेश सहितको नक्कल ०४२।५।१९ मा लिई अवगत भएँ । पूर्णकुमारी श्रेष्ठका नाउँ दर्ताको जिल्ला वारा रामपुर टोकनी गा.पं.वडा नं.२(क) कि.नं. २३ को ज.वि. ०–१५–० ऐ.कि.नं. ३१ को ज.वि. ०–१६–१० को विपक्षी रामबहादुर साहको मोहियानी लगत कायम भई जोती आएको र जग्गा जोत्न असमर्थ हुँदा ०३४।१।५ मा मोहियानी हकको छोडपत्र गरी दिएको र सो जग्गा पूर्णकुमारी आफैंले जोती आएकोले रजिष्ट्रेशन समेत पास गराई भोगचलन गरी आएको छु । उक्त जग्गामा विपक्षको मोहियानी हक भएकोमा उक्त लेखिए अनुसार छोडपत्र गरी दिएकोले निजको नाउँको मोही लगत कट्टा गरी मेरो नाउँमा मोही लगत कायम गरिपाउँ भन्ने प्रतिरक्षी संकटादेवीले निवेदन दिएको आधारमा ०३२ साल चैत्र देखि नै जोत छोडी दिएको देखिने पुनः ०३४।१।५ मा छोडपत्र गरेको प्रतिरक्षी भु.सु. अधिकारीले दावीको जग्गा ०३४।१।५ मा मोही छोडपत्र गरेको र आफ्नो जग्गा आफैं जोत्नु भनी जग्गाधनीलाई सूचना गरी सकेको देखिँदा विपक्षी मोहीको नाम मोही लगत कट्टा गरी दिने ठहर्छ भनी ०४२।४।१७ मा ठहर आदेश गर्नुभएको छ । ३. मेरो मोही जोत भोगको लगत कट्टा गरिपाउँ भन्ने निवेदन दिनु भएकोमा मलाई झिकाउँदै नझिकाई प्रतिवाद गर्ने मौकाबाट बञ्चित गरी प्राकृतिक न्याय सिद्धान्त विपरीत गर्नुभएको ठहर गैरकानुनी बदरभागी छ । सो छोडपत्र मेरो हो होइन अ.बं. १८४क. र अ.बं. ७८