निर्णय नं. ३१३७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१३७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०७/१२ २२१२ निर्णय नं. ३१३७ ने.का.प. २०४४ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको रिट पूर्ण इजलास नम्बर ३२ विषय : उत्प्रेषण । निवेदक : जिल्ला कपिलवस्तु तिलौराकोट गाउँ पञ्चायत वडा नं. ३ बस्ने फुलमती गोसाइन । ऐ.ऐ बस्ने फुलमती गोसाईन । ऐ.ऐ बस्ने कौलेश्वर गिरी गोसाई । ऐ.ऐ बस्ने ईन्द्रजीत गिरी । विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने शंखादेव गोसाईन । भूमि सुधार कार्यालय,कपिलवस्तुका भूमि सुधार अधिकारी । आदेश भएको मिति: २०४४।७।१२।५ मा आफ्नो समेत हक लाग्ने जग्गाको मोही हुन नसक्ने हुँदा मोहीमा लेखाई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेकोलाई कानून अनुरुप मान्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः प्रस्तुत रिट निवेदन निर्णयार्थ मिति २०४३।२।१९ मा डिभिजन बेञ्ज समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको रहेछ । रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. किसुन गिरी नाम दर्ता जिल्ला कपिलवस्तु गोवरी गा.पं. वडा नं. ७ कि.नं. २७, ५६, १३८, १६०, २०६, ३०५, २३३ को जग्गामा हाल सर्भे हुँदा अंशियारको नाताले विपक्षी शंखादेवीको पति हरिवंशले मोहियानी लेखाई प्रमाणपत्र लिनु भएको थियो । २०३४ सालमा किसुन गिरीको बाबु हरद्वारा गिरीका छोरा सन्तानमा अंश मुद्दा परी २०३४।८।५ मा मिलापत्रबाट अंशबण्डा गराउनु भएको थियो । उक्त मिलापत्र बमोजिम हरिद्वारको माहिलो छोरा जय नारायणका हाँगाको हरिवंश १ विजयकुमार १ नन्दलाल १ बलराम मध्ये हरिवंश र नन्दलाल परलोक भई जयनारायणको छोरा विश्वनाथतर्फको सम्पूर्ण बण्डा विजयकुमारले प्राप्त गर्नु भई विपक्षी शंखादेवीको अंश विजयकुमार जिम्मा रहन आयो । उक्त बण्डापत्र अनुसार विवादित जग्गा मध्ये कि.नं. ५६, २३३, ३०५ किसुन गिरी र कि.नं. २७, १६० कौलेश्वर गिरीको अंश भागमा कि.नं. १३८ र २०६ मध्ये आधि किसुन गिरी र कौलेश्वरको भागमा पर्‍यो पछि किसुन गिरी परलोक भई निजको श्रीमती फुलमती गोसाइनीले नामसारी गराई कि.नं. ५६, २३३, ३०५ को जम्मै जग्गा र कि.नं. १३८ को कित्ताकाट भई कायम भएको, कि.नं. ४३८ र २०६ को कित्ताकाट भई कायम भएको कि.नं. ४४० फुलमतिले बकसपत्र पास गरी म इन्द्रजीतलाई दिनु भएकोले मेरा नाममा दर्ता भई भोगिआएको छु । त्यस्तै कि.नं. २७, १६० को जम्मै र कि.नं. १३८ को कित्ताकाट भई कायम भएको कि.नं. ४३७ र कि.नं. २०६ को कित्ताकाट भई कायम भएको कि.नं. ४३९ कौलेश्वरको नाममा दर्ता भई भोगिआएको छु । आÇन हक अंश लाग्ने जग्गा भए पनि उपरोक्त ७ कित्ता जग्गाको हरिवंशले मोहीको प्रमाणपत्र लिएका आधारमा उक्त मिलापत्र पछि सो जग्गाहरू हरिवंशको मृत्यु पछि मेरो हक लाग्ने हुँदा नामसारी गरिपाउँ भनी विपक्षी शंखादेवीले किसुन गिरी उपर २०३५ सालमा गरेको उजूरी खारेज हुने गरी भूमिसुधार कार्यालयबाट मिति २०३६।४।१६ मा निर्णय भयो । पुनः विपक्षीले उल्लिखित जग्गाको जग्गाधनी किसुन गिरीलाई देखाई लोग्ने हरिवंशका नामको मोही नामसारी गरिपाउँ भनी विपक्षीले २०३६ सालमा उजूर गर्दा किसुन गिरी परलो