निर्णय नं. ३१३८ - दर्ता बदर हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१३८ - दर्ता बदर हक कायम । भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०७/१२ २११९ निर्णय नं. ३१३८ ने.का.प. २०४४ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान माथेमा सम्वत् २०४२ सालको दे.पूर्ण इ.नं. ११३ मुद्दा : दर्ता बदर हक कायम । निवेदक/वादी:का.जि.का.न.पं. वडा नं. २८ बाँगेमुडा बस्ने गंगानाथ कपाली । ऐ.ऐ बस्ने कृष्ण प्रसाद कपाली । ऐ.ऐ बस्ने विष्णुमाया कपाली । ऐ.ऐ बस्ने आनन्द कपाली । ऐ.ऐ बस्ने बद्रीनाथ कपाली । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. ऐ. नघल टोल बस्ने विष्णु कुमारी जोशी । ऐ.ऐ बस्ने भरतराज जोशी । का.प.जि.नाला गाउं पंचायत वडा नं.४ बस्ने मदतमान श्रेष्ठ । फैसला भएको मिति: २०४४।७।१२।५ मा कि.नं. ६०२ को जग्गा खरीद गर्दा विवादको कि.नं. ६०३ का घरलाई सत्तल भनी किल्ला देखाएको पाइन्छ, यसबाट विवादको घर वादी दावी अनुसार वादीहरूको स्ववासी भन्ने देखिन नआई सो घर सत्तल भन्ने देखिन आएकोछ, सो द्वारिकामानबाट वादीले खरीद गरी लिएको हाल नापीको कि.नं. ६०२ को जग्गामा निजैले घर बनाउन नक्शा दिँदा दक्षिणतर्फ रहेको विवादको घरलाई माहिला जोशीको घर भनी देखाएकोबाट समेत विवादको घर विपक्षी प्रतिवादीहरूका पूर्खा माहिला जोशीले राखेको विपक्षी प्रतिवादीहरूको हकको सत्तल भन्ने देखिन आएकोले, सो घरलाई स्ववासी भनी आफ्नो नाममा दर्ता गरिपाउँ भन्ने वादीहरूले दावी लिएको सो दावी पुग्न सक्ने अवस्था नरहने । (प्रकरण नं. १९) निवेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने उल्लेखित मुद्दाः X फैसला न्या.हिरण्येश्वरमान प्रधानः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादीहरूले चढाएको विन्तिपत्रमा फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४१।१२।१३ मा तोक लागी आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. का.जि.का.न.पं. वडा नं. २८ को कित्ता नं. ६०३ को घर जग्गा समेत पिता पूर्खाका पालादेखि नै हामी फिरादीहरूको संयुक्त स्ववासी घर जग्गा हो सर्भे नापी हुँदा बद्रिनाथ, गंगानाथ, कान्छा कपाली र विष्णुमाया समेतका नाममा सगोल स्ववासी भनी दर्ता भयो । मिति २०३७।७।२१ मा कान्छा कपालीको स्वर्गवास भई हामीहरूको हक भई हामी फिरादीहरूले भाग लगाई भोगचलन गरिआएका छौं । यस्तो कि.नं. ६०३ को घर जग्गालाई हामी फिरादीहरूले आपसी समझदारी अनुसार भाग लगाई खाएको जग्गालाई आफ्नो भन्दै भाडामा बसिआएका व्यक्तिले आफ्नु स्ववासी भनी लेखाएको इत्यादि कुराहरूको उल्लेख गर्दै आफ्नु नाममा दर्ता गरिपाउँ भनी विपक्षीले ३ नं. नापी गोश्वारामा उजूर गर्नु भयो । ३ नं. नापी गोश्वाराले विपक्षीका नाममा दर्ता गरिदिने भनेको निर्णय त्रुटिपूर्ण छ । सो निर्णय र विपक्षी समेतको नाममा गरिएको का.न.पं. वडा नं.२८ कि.नं.६०३ को घर जग्गा दर्ता गरी हाम्रो नाममा सगोल दर्ता गरी हककायम गरिपाउँ भन्ने समेत व्यहोराको बद्रीनाथ कपालीसमेतको मिति २०३७।१०।२२।४ को फिरादपत्र । ३. विवादको कि.नं. ६०३ को घर विपक्षीहरूको नाममा भएको सूचना प्रकाशन भएपछि मेरो उजूर परी विप