निर्णय नं. २०८ - अबण्डा धन बण्डा गराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०८ - अबण्डा धन बण्डा गराई पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०९/२० २९३० निर्णनं. नं. २०८ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फू.नं. ३६ निवेदक, वादी : लिलाकुमारी, चन्द्रकुमारी आचाज्र्यनी विरुद्ध विपक्षी, प्रतिवादी : लक्ष्मीप्रसाद, गणेशप्रसाद आचार्य मुद्दा : अबण्डा धन बण्डा गराई पाउँ (१) अबण्डा रहेको धनमाल बण्डा गराई माग्न लिखत भए लिखतमा उल्लेखित शर्तको पालना गर्नुपर्ने । (२) विधवाले आफूखुस गर्न पाउने भन्दा बढी आफू खुसी गरे विधवा अंशधनको ८ नं. बमोजिमको म्याद भित्र उजुर गर्नुपर्ने । ...८८ साल भाद्र २० गते रोज ७ को बण्डा पत्रमा “माथि लेखिएकोबाट जेठी आमालाई तिर्थ बस्दा खर्च नपठाई हिमायत गरे जुन छोराले हिमायत गर्छौ, उसले मदेश अबण्डा रहेको लिने छैनौं भन्ने शर्त उल्लेख भएको । वादीहरूका लोग्ने वेदप्रसाद, बोधप्रसादले उक्त शर्त पुरा नगरेको भन्ने कुरा धनमायाँले प्र.गणेशप्रसाद, लक्ष्मीप्रसादलाई ९८ सालमा गरी दिएको बकसपत्र बाटै देखिएको छ । अबण्डा रहेको धनमाल बण्डा गरी पाउँ भन्ने वादी दावी भएकोले विधवा अंशधनको ८ नं. लगाई खारेज गरेको मनासिव होइन भन्ने वादीतर्फको जिकिरलाई ०११ सालमा यिनै वादीहरूले दिएको फिरादमा लिखत बदर गराई अबण्डा रहेको धनमालसमेत बण्डा गरी पाउँ भन्ने दावी लिएको । ९८ सालमा धनमायाँले प्रतिवादीहरूलाई गरिदिएको बकसपत्रउपरसमेत वादी दावी भएकोले अंश बण्डाको ६१ नं. को विचार भई उक्त ऐनको म्याद कायम गर्नुपर्ने भन्नेसमेत जिकिर लिए पनि ९८ सालमा गरिदिएको बकसपत्र हेर्दा अबण्डा रहेको पहाड र मदेशको जेथा केही हालै देखि खान पाउने केही शेष पछि खान पाउने पनि निजैहरूले कमाई त्यसबाट धनमायालाई खर्च पुर्‍याउने शर्त राखी निजैहरूको भोगमा राखेको देखियो । विधवाले आफ्नो धन के कति आफ्नो खुस गर्न पाउँछ ? भन्ने कुरा सोही विधवा अंशधनको महलमा लेखिएको र विधवाले आफू खुसी गर्न पाउने भन्दा बढी आफूखुशी गरेकोमा उजुर गर्नलाई पनि विधवा अंशधनको महलको हदम्याद विचार गर्नुपर्ने हुन आउँछ । विधवा अंशधनको ८ नं. मा “सो गरेको २ बर्ष भित्र उजुर गर्नुपर्ने भनी प्रष्ट उल्लेख भएको पाईन्छ । धनमायँँले प्र. गणेशप्रसाद लक्ष्मीप्रसादलाई गरी दिएको बकसपत्रको श्रीसम्पत्ति विधवा धनमायाको एकलौटी अंश भई ९८ सालमा बकस गरी दिईसकेको लिखत उपर ०११ सालमा मात्र वादीहरूको उजुर परेको देखिन आएकोले लिखत बदरतर्फ उजुर खारेज भई त्यसबाट जग्गाको समेत हक नपुग्ने ठहराएको ०४१।९।१९ को सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव देखिन्छ । (प्रकरण नं. १५) प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्‍याई पाउँ भनी निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को नियम ६२ अन्तर्गत निवेदन परी ऐ. नियमावली नियम ६३ बमोजिम दोहर्‍याउने निस्सा भई पेश हुन आएको यो मुद्दा हेर्दा, २. हाम्रा ससुरा दातारामको विवाहीता स्वास्नी ३ मध्ये जेठी धनमाया माहिली अन्यायीकी आमा र कान्छी भद्रसिला हाम्री सासु हुन । जेठी धनमायातर्फ छोरा छोरी नभएको । माहीलीतर्फ अन्यायीको गणेशप्रसाद १ लक्ष्मीप्रसाद १ समेत २ र हाम्री सासु भद्रसिलातर्फ म लिलाकुमारीको लोग्ने वेदप्रसाद म चन्द्रकुमारीको लोग्ने बोधप्रसाद भएको । सासु ससुराहरू जिवित छँदै ८७ साल भाद्र २७ गते भाइ छोरा राखी केही धन जेथा प