निर्णय नं. ३१३९ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१३९ - जालसाजी भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०६/०४ २१२९ निर्णय नं. ३१३९ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ४८३ मुद्दा : जालसाजी । पुनरावेदक/प्रतिवादी: दाङ जिल्ला ढीकपुर गा.पं.वा.नं. ३ बस्ने विष्णु कुमारी उपाध्याय । ऐ.ऐ बस्ने झुपलाल खड्का । विरुद्ध प्रत्यर्थी/वादी : दाङ जिल्ला बिगौरा गा.पं.वा.नं. ३ बस्ने रामप्रसाद उपाध्याय । फैसला भएको मिति: २०४४।६।४।१ मा प्रचलित कानून तथा व्यवहार हिन्दु सदाचार समेतमा दुरुस्त मिल्ने गरी गरेको शर्तलाई उल्लघंन हुने गरी वादीका मन्जूरी बेगर लिनु दिनु समेत गरेको विवादित राजीनामा लिखतलाई जालसाजी ठहर्याई गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण ) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लवदेव भट्ट विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल फैसला न्या.सुरेन्द्रप्रसाद सिंहः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट यस अदालतमा पर्न आएको अनुमति निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. मोहनलालका छोरा ५ भाइ मध्ये जेठा ठाकुरप्रसाद र बाबु मोहनलाल समेत अघि नै स्वर्गीय हुनुभएको आमा मीनकुमारी, सन्तान नभएकी भाउजू विष्णु कुमारी समेत ६ अंशियार सगोलमा बस्न इच्छा नभई साहू ऋण जति म रामप्रसाद समेत ४ जनाले व्यहोर्ने पूर्खाको पालाको अंश बिर्ता जमीन र रैतान रैकर जिमिदारी समेत बिक्री गरिदिने छैनौ खैरा विर्ता भूमि दान गर्नेछौं हाम्रा शेष पछि बचेको श्रीसम्पत्ति जमीन ४ भाइले ४ बण्डा गरी खानु भन्ने शर्त गरी खडा भएको २०१०।९।८।३ को बण्डा पत्र २०११।१।३०।४ मा पारीत भएको थियो । सो शर्त उल्लंघन गरी फिरादपत्रको तपसील उल्लिखित कित्ता नं. का जग्गा बिगहा ०–१३–११ राजीनामा लिनु दिनु गरी थैली रु. ४,०००।– राखी २०३७।४।६।२ को राजीनामामा २०३७।४।७।३ मा पारीत गराएछन् । जालसाज गरेमा सजायँ गरी मेरो बण्डामा पर्ने ०–३–७½ जग्गा बदर गरिपाउँ भन्ने वादी रामप्रसाद उपाध्यायको फिरादपत्र । ३. बण्डापत्रबाट अंशबण्डा भएको जग्गा आफू खुश बेचबिखन गर्न पाउने कानूनी हक भएको म विष्णु कुमारीले दिने झुपलाल खड्का लिने तथा भाजुराम चौधरी साक्षी बस्ने गरी लिए दिएको राजीनामाको जग्गामा वादीको कुनै हक अधिकार नहुँदा जालसाज गरेका होइनौ भन्ने प्र.विष्णकुमारी उपाध्यायनी समेतको प्रतिउत्तरपत्र । ४. बण्डापत्रको शर्त विपरीत विष्णु कुमारीले वादीको हक मेट्ने गरी राजीनामा गरिदिएको कीर्ते कागजको ३ नं. को परिभाषा भित्र पर्ने हुँदा वादी दावी बमोजिम ४ खण्डको १ खण्ड मिति २०३७।४।७ मा पास भएको राजीनामा जालसाजी ठहर्छ भन्ने शुरु दाङ दे.जि.अ.को २०४०।८।२५ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको विष्णकुमारी उपाध्यायनी समेतको राप्ती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. आफ्नो अंश हक दर्ताको जग्गा प्र.विष्णु कुमारीले प्र.झुपलाल खड्कालाई राजीनामा गर्दा वादीको कुनै हक नमेटिने भई कीर्ते कागजको महलको ३ नं. मा व्यवस्था भए बमोजिम जालसाजी कागज लिए दिएको भन्न नमिल्ने हुँदा प्रतिवादीहरूलाई कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरिपाउँ भन्ने वादी दावी पुग्न सक्ने होइन । तसर्थ मि