निर्णय नं. २०९ - थैली तिरी जग्गा उकास गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०९ - थैली तिरी जग्गा उकास गरी पाउँ भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०२/०२ २९४४ निर्णय नं. २०९ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. ९८ निवेदक, प्रतिवादी : हरि शर्मा पाध्या समेत विरुद्ध विपक्षी, वादी : छत्रवीर लिम्बुको मुद्दा सकार गर्ने कृष्णबहादुर लिम्बु मुद्दा : थैली तिरी जग्गा उकास गरी पाउँ (१) कानून विरुद्ध बेरीतबाट भएको दर्तालाई मान्यता दिन नमिल्ने–रैकरमा दर्ता नगरी लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा लिनु दिनु गर्न नहुने । ८० सालको लालमोहर ८४ सालको सनदबाट जसकर्णको नाती छत्रवीरको नाउँमा रैकरमा परिणत भई दर्ता हुन आएको सो हर्राबोटे खेत ।४५ लालमोहर सनद हुनुभन्दा अगावै ७९ सालमा मकर पाध्याबाट लिने हरि शर्माको नाउँमा तेह्रथुम मालमा दर्ता भएको भनी दर्ता उतार आएको । सो दर्ता कानूनबमोजिम भएको भन्न भई कानून विरुद्ध बेरीतबाट दर्ता भएको देखिएकोले त्यस्तो बेरीतको दर्तालाई मान्यता दिन मिलेन । सो दर्ता कायम गरी वादीलाई झिकाउने गरी ०१८।६।१६ मा सिंगलबेञ्चबाट भएको आदेश मनासिव देखिएन । लिम्बुवानको किपट जग्गा छिन्ती राजिनामा गरी लिनु दिनु हुदैन भन्ने ५८ सालमा ठेक्का थितिको सनद भईरहेको भन्ने कुरा मिसिलमा उल्लेख भईरहेको सो सनदको विपरीत पछि रैकर हुने भनी जसकर्णबाट मकर पाध्याले ७०।७४ सालमा र मकर पाध्याबाट ७७।७८ सालमा र हरि शर्माले फार्छे गरी लिनु दिनु गरेको भनी जिकिर गरेको सनदको विपरीत देखिएकाले मनासिव भन्न भएन । लेखिएका कारणबाट रैकरमा दर्ता नहुँदै किपट जग्गा छिन्ति राजिनामा गर्न नहुने र जसकर्णबाट गराई लिएको ७४ सालको लिखतबाट छिन्ति राजिनामा समेत भएको नदेखिएको हुनाले बन्धकी कायम हुन आउने र बन्धकीको थैली तिराई पाउँ भन्ने वादीको दावीसमेत देखिएकाले लिखतहरूबाट देखिन आएको सो हर्राबोटे खेतको थैली रु. ५९५। तिरी वादीले निखन्न पाउने ठहर्छ । (प्रकरण नं. २२, २३, २४) फैसला १. मेरा बाजे जसकर्णले सुवांगी पाउँ भनी छवीलालका दर्ताको तिरो रु. १६।४२ लागेको रैकर ढुड्डे र हर्राबोटे किपट खेत ।६० मध्ये माटो मुरी ।४५ तिरो रु. २२।५० लागेको जग्गा ६५ सालमा सरकारमा रिपोर्ट जाहेर गरेको । ७८ सालमा बाजे जसकर्ण मरेको । ८०।८४ सालमा लालमोहर तिर्जा भई आएबाट बुझ्दा मकर पाध्याले भोगेको छ भनेबाट निजलाई भन्दा मबाट हरि शर्माले सो ढुङ्गे र हर्राबोटे हडिक सौंपुवा गरी लिएको छ, भन्दा परेको थैली बुझी जग्गा छोडी देउ भन्न जाँदा तेरा बाजेले अछिन्न भोगबाट दिएको छ । थैली बुझ्न करलाग्दैन भनी थैली बुझी नलिएकोले नालेस गर्न आएको छु । सो जग्गाको थैली यति भन्ने थाहा भएन । सो हर्राबोटे र ढुड्डे खेतको मकर, हरि शर्मालाई जति रुपैयाँ लिएको ठहर्छ, बुझाई लालमोहर तिर्जाबमोजिम र लिम्बुवानको ठेक्का थितिबमोजिम उकास गरी दरान तिरान गरी खानपाउँ भन्नेसमेत फिरादपत्र । २. वादीले दावी गरेको ढुड्डे हर्राबोटे रैकर जग्गामा ढुड्डे पुरानु रैकर छवीलाल दर्ता भई निजका छोरा पुर्नध्वजबाट राजिनामा पाई पद्मलालले भोगेको मौका वादीको जिज्यू बाजेहरूले मबाट कं.रु. ९९०। थैली खाइ ०७।११।७ गते राजिनामा गरिदिएतापनि ढुड्डे सो राजिनामाले खान नभई ७१ सालमा पद्मलाल, शिवनिधिबाट राजिनामा गरी लिएको र हर्राबोटे उक्त राजिनामाले भोगी आउँदा ७४ सालमा ५२ बाहाली तिर्न वादीका बाजेले कं.रु. २०० लिई ढड्डा तिर्जामा तिम्रै नाउँमा दुरी दिउँला भन्ने क