निर्णय नं. ३१४० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१४० - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/०४ २०४४ निर्णय नं. ३१४० ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रि.नं. १९०१ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पं. वडा नं. १३ टंकेश्वर बस्ने जगतमाया मानन्धर । विरुद्ध प्रतिरक्षी:का.जि.का.न.पं. वडा नं. १३ टंकेश्वर बस्ने तोयनाथ उपाध्याय । मध्यमाञ्चल क्षेत्रीय अदालर । बागमती अञ्चल अदालत । काठमाडौं जिल्ला अदालत । आदेश भएको मिति: २०४४।३।४।५ मा निखनाई पाउँ भन्ने मुद्दामा मालबाट सुनाएकोमा जि.का.का. को अन्तिम निर्णय उपर क्षेत्रीय अदालतमा अनुमतिको लागि निवेदन दिन पाउने न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ ले अधिकार प्रदान गरेकै देखिन्छ, कानूनले प्रदान गरेको अधिकार बमोजिम निवेदन दिई सो निवेदनमा आदेश भएको मितिले रजिष्ट्रेशनको ३५(२) बमोजिम ३५ दिन भित्र र लेनदेन व्यवहारको १४ नं. अन्तर्गत जिल्ला अदालतमा नालेश गरेको स्थितिमा जि.का.का.बाट निर्णय भएको मितिले ३५ दिन भित्र अदालतमा उजूर गर्नु पर्नेमा अनुमति नभएपछि मात्र म्याद नाघी दायर भएको भन्ने निवेदकको जिकिर अनुसार म्याद नाघी उजूर दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १८, १९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ । २. प्रतिरक्षीसंग मैले मिति २०१७।१०।३।२ मा रु. १,३१५।– मा निजको मोही हक भएको का.जि. टंकेश्वरको पूर्व कुमारीको घर पश्चिम गुठी जग्गा उत्तर रैकर दक्षिण गुठी यति ४ किल्ला भित्रको टंकेश्वर बस्ने मोतिमाया मरी निजको हक खाने का.जि. पकनाजोल बस्ने तिर्थमाया मानन्धर र का.जि. दक्ष साल बस्ने नुछेमाया मानन्धरलाई कुत बुझाउनु पर्ने खुसी खेतमा बनेको लम्बाई हात १५ चौडाई हात ११ का दक्षिण मोहडाको २ नाले पाँच कवले ३ तले कच्ची इँटाको गारो झिगटीको छाना भएको घर भोगबन्धकीमा लिएको थिएँ । ३. प्रतिरक्षीले सो घर मिति २००८।१२।१९।२ मा धनकुमारीबाट मोही हक फार्छे गराई मोही हक सम्मको हकदार हुनु हुन्थ्यो कच्ची इँटाको गारो भएको हुनाले पटकपटक सो घर भत्कन गएको हुनाले स्थानीय भलाद्मी र पञ्चायतलाई साक्षी राखी मैले सो घर पटकपटक पुनः निर्माण गरी भोग गर्दै आएकी छु । भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि सो घर भएको जग्गाको विपक्षी मोही भएपछि ऐ.ऐनको दफा २५(१) अन्तर्गतको मोहीको नाताले भूमिसम्बन्धी नियमहरू, २०२१ का नियम ३(२) ६।७(१) ९(२) ९(३) को प्रक्रियाहरू पूरा गर्न नसकी मोही हक कायमी तर्फको ऐ.ऐन र निमानुसारको काम गर्नु भएन यसरी मोही हक पनि ऐ.ऐनको प्रावधान अन्तर्गत विपक्षीको कायम रहेन । ४. मैले सो जग्गाको भू.सं. ऐन ३(२) ६।७(१) ९(२) ९(३) को प्रक्रिया पुरा गरी भू.सं. ऐनको दफा २५(१) अन्तर्गत मोही हक आफ्नो नाउँमा कायम गराइराखेको छु । ५. यसरी प्रचलित कानून बमोजिम आफ्नो मोही हक कायम गराउन नसकी मोही हक नै बिलोप भइसकेको व्यक्तिले सो घर जग्गाको ऋण निश्चित गरिपाउँ भनी भू.सु.का. काठमाडौंमा निवेदन दिनुभयो ऋण निश्चित तर्फ मेरो प्रतिवाद परेपछि सो प्रकृयाबाट कुनै फाइदा नहुने देखि मालपोत कार्यालय काठमाडौंमा भोगबन्धकीबाट निखनाई