निर्णय नं. २१० - हाल आवादी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१० - हाल आवादी भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/११/१५ ३४८१ निर्णय नं. २१० ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. १६५ निवेदक, वादी : सोहरत तेली विरुद्ध विपक्षी, प्रतिवादी : कृष्णप्रसाद उपाध्याय समेत मुद्दा : हाल आवादी (१) खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने खोलो हिंडेको बगर रैकर हुन्छ–त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असूल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनुपर्ने । तिनाउ नदीले छाडी बिर्तातिर बगर पर्न आएको नाप जाँचबाट ठहरेको जग्गा विगाहा १६।।। का हकमा वादी सोहरतले अगाडि बिर्ता मालमा दर्खास्त दिई चलनीसमेत पाई सकेकोमा प्रतिवादी रामप्रसाद कृष्णप्रसादले हाल आवादीमा पाउँ भनी माझखण्ड मालमा दर्खास्त दिएकोले प्रतिवादीको दर्खास्त दोहरा भई कारवाई चल्न सक्ने नसक्ने के हो भन्नेतर्फ विचार गर्दा, जग्गा मिच्नेको ३ नं. मा “खोलाले आफू हिंडेको बाटो छोडी आर्को बाटो लाग्यो भने त्यो खोलो हिंडेको बगर रैकर हुन्छ” भन्ने उल्लेख भएको । त्यस्तो जग्गा हाल आवादीमा पाउँ भनी रैकर तिरो असुल हुने आफ्नो इलाका मालमा दर्खास्त दिनु पर्ने प्रष्ट छ । प्रतिवादीहरूले अधिकार प्राप्त इलाका माझखण्ड मालमा दर्खास्त दिएको भन्ने वादीको भनाई नभई बिर्ता मालमा मैले पहिले दर्खास्त दिएको भन्ने दावी भएको । बिर्ताको तिरो असूल गर्ने बिर्ता मालले रैकर जग्गाको हाल आवादीमा दर्खास्त लिई सो अड्डाबाट बाहाली दिएकै भए पनि रैकर जग्गा हाल आवादीमा पाउँ भन्ने बिर्ता मालमा दिएको दर्खास्तलाई पहिला भनी मान्यता दिन नमिल्ने हुनाले अधिकार प्राप्त मालमा कानूनबमोजिम पहिले दर्खास्ता दिने प्रतिवादी रामप्रसाद, कृष्णप्रसादको दर्खास्तबाट कारवाई चल्न नसक्ने भन्ने निवेदक, वादीतर्फको बहस जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १६, १७) फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । मुद्दा दोहर्याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. सक्रौ बिर्ता माल तालुकको मौजे भर्थापुरको जमिनमध्ये नदीले छोडेको पर्ती जग्गा अं.२० विगाहा हाल आवाद गरी पाउँ भनी मेरो सक्रौ बिर्ता मालमा दर्खास्त परी सरजमिन बुझ्दा जग्गा आवाद लायक ठहरी आवाद गर्न बिर्ता मालबाट चलानी पुर्जी पाएकोमा जिमिदारको कारिन्दा खगराजले आफ्ना मेलका भर्थापुरका रैती उठाई मसमेतका नाउँमा झुक्याई मुचुल्का गरायो भन्ने बेथरी अमिनीमा मुद्दा दायर गराएमा मेरोसमेत प्रतिवादी परी कारवाई चलीरहेकोछ । निज खगराजले आफ्ना मानिस परासी इलाकामा रामप्रसाद, कृष्णप्रसादबाट सो मेरो दर्खास्त परेकै जग्गामध्ये रैकर बगधुरवाको जमिन पर्यो भनी हाल आवादीमा दर्ता गराउन हालै दर्खास्त दिलाई माझखण्ड मालबाट मुचुल्का गराई लगेको कुरा हालै मैले थाहा पाएकोले एक ठाउँबाट हाल आवादीको दर्खास्त परी कारवाई हुँदा हुँदा उसै जग्गाको अर्को ठाउँमा दर्खास्त दिई चलाएको कारवाई ऐनले नचल्ने । मेरो दर्खास्तको जग्गामा रैकर जग्गा पर्न गएको ठहरे पनि ज.मि.का.नं. ३ ले सरकारमा तिरो भरो गरी जग्गा मैले नै खान पाउने र बिर्तातर्फ बगर परेको हुँदा बिर्तावालबाट कारवाई भएको छँदाछँदै माझखण्ड मालबाट दोहरी कारवाई चल्न