निर्णय नं. २११ - हकदार कायम गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २११ - हकदार कायम गरी पाउँ भन्ने भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०९/०६ २९८५ निर्णय नं. २११ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. १४५ निवेदक, प्रतिवादी : सीतादेवी नापितनी विरुद्ध विपक्षी : पुण्यश्वरी नापितनी मुद्दा : हकदार कायम गरी पाउँ भन्ने (१) नातेदार साक्षी सरजमिन र व्यवहारबाट देखिने एकासँग विवाह भएको विवाहिता स्त्रीलाई निजसँग विवाह भएको छैन भनी दावी लिनेले निज स्त्री विवाहिता वा अविवाहिता के हुन् ? सबुद दिनुपर्ने । शुरु प्रतिवादीमा दाज्यु कृष्णमानको विवाह नै भएको थिएन भन्ने जिकिर लिन नसकी पछि मात्र विवाह नभएको भनी जिकिर लिएकी । साधारणतः स्वास्नी मानिसले आफ्नो लोग्ने नभएकोले लोग्ने हो भन्न कठिनै पर्ने र वादी कृष्णमानको स्वास्नी नभए अरु कसैको स्वास्नी वा अविवाहिता के हुन् ? त्यस कुरा खुलाई लेख्न, सबुद दिन अहिलेसम्म प्रतिवादीले नसकेकी । बुझिएका नातादारहरूले कृष्णमान मेरो साख्खै भानिज हुन् कृष्णमानले पुण्यश्वरीलाई १७।१८ बर्ष अघि विवाह गरी ल्याएको हो । ५।६ बर्ष पछि कृष्णमान मरेका हुन् । निजको श्राद्धसमेत वादीले नै गरी आएकी छन भन्ने राममाया, हेरामाया नापितनी, कृष्णमान । मेरो फुपूको छोरा दाज्यु र पुण्यश्वरी भाउज्यू हुन् । विवाह भएको १७।१८ बर्ष भयो भन्ने नाती नापितनी । कृष्णमानको ३ पुस्ता भित्रको बाजे नाताको हुँ । कृष्णमानले पुष्यश्वरीलाई विवाह गरेको १८।१९ बर्ष भयो । पुरोहित मानकाजी थियो । विवाह भोज खाएको छु भन्ने हरिलाल । कृष्णमानको ३ पुस्ता भित्रको काका नाता पर्ने हुँ । कृष्णमानले विवाह गरेको स्वास्नी पुष्यश्वरी हो भन्ने कृष्णमानसमेत इत्यादि नातादार सरजमिनहरूले लेखिदिएकोमा घुस खाई झुट्टा बके भन्नेसमेत प्रतिवादीले उजुर गर्दा घुस खाए जालसाज गरेको नठहरी अपील तेश्रोबाट ०१६।९।२९।४ मा फैसला भईसकेको र मुर्दा गुठीका गुठीयार वादीका साक्षीहरूले पुष्यश्वरी कृष्णमानको स्वास्नी हुन् भनी बकी लेखिदिएको समेत मिसिल प्रमाणपत्रबाट पुण्यश्वरी कृष्णमानको स्वास्नी भन्ने नै सिद्द हुन आएकोले निवेदकतर्फको जिकिर मनासिव देखिएन । निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी, प्लिडर कुलराज विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, प्लिडर नारायणप्रसाद फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०१८।१०।१० को फैसलाउपर मुद्दा दोहराईपाउँ भन्ने प्रतिवादी सीतादेवीले श्री ५ महाराजाधिराजका हजुरमा दिनुभएको बिन्तीपत्रमा उल्लेखित मुद्दा फुल बेञ्चबाट दोहराई हेरी किनारा गरी दिनु भन्ने हुकुम बक्स भई दायर हुन आएको प्रस्तुत मुद्दा दुवै पक्ष राखी हेर्दा, २. ससुरा अष्टमान सासु मिश्रीको अरु सन्तान नभई मेरो लोग्ने कृष्णमान र छोरी सीतादेवी जन्म भई सासु ससुरा देहान्त हुनुभएको, गते बारको सम्झना भएन । जातको रीतपुर्‍याई अन्यायीको दाजु कृष्णमानसँग मेरो विवाह भएको गर्भ धारण नहुँदै बर्ष दिन बाद खसम ०१ सालमा परलोक हुनुभएको । नन्द सीतादेवी र म मिली बसेको थियौं । त्यस्तैमा मेरा माइती घरमा बाबु आमा बाहेक अरु कोही नहुँदा हेरविचार मैले नै गर्नुपर्ने भई बराबर घर माइती गरी आएको । ०५ सालमा हाम्रा घरमा अघि देखि बाहालमा बसेको कर्णमानलाई सालको मोहरू १००। को कबुलियत गराई लिई त्यसपछि सालको बाहाल मोहरू ३०१। दिने व्यहोराको ०१० सालमा कबुलियत गरी दिएको सो घरको बाहाल बारे ०११ सालको ब