निर्णय नं. २७०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०६ १९५६ निर्णय नं. २७०६ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. १४५९ आदेश भएको मिति : २०४३।५।६।६ मा निवेदक : वारा जिल्ला मोतीसार गा.पं.वडा नं.९ बस्ने रामस्वरुप राउत कुर्मी विरुद्ध प्रत्यर्थी : भूमिसुधार कार्यालय वाराको भू.सु.अ.श्री विश्वनाथ श्रेष्ठसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) नाबालखको हकमा हकदार बाबुले उजूर गर्न पाउने । (प्रकरण नं. १०) (२) बाली बुझाएको कुराको प्रमाण नभएकोले मोही निष्कासन हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.कार्यालयबाट निर्णय गरेको देखिन्छ । यसबाट बाली नभराए पनि बाली नबुझाएको भन्ने आधारमा मोहियानी निष्कासन हुने निर्णय गरेको पाइन्छ । बाली नभराएकोमा रिट निवेदकको हकहितमा कुनै असर पर्न आएको देखिँदैन । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस र विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. मेरो नाम दर्ताको वारा जिल्ला मोतीसार गा.पं.वडा नं.७ कि.नं. १०१ को ०–१७–० कठ्ठा जग्गाको मोही विपक्षी रामस्वरुप राउतले २०४० सालको कूत बाली नदिएको र धरौट समेत नराखेकोले ०४० सालको कूत धान मन ९–३१–० (नौ मन एकतीस सेर) को प्रचलित मोल रु.९८०।५० दिलाई मोही निष्कासन गरिपाउँ भन्ने प्रत्यर्थी रामनारायण राउत अहिरको हकमा प्रत्यर्थी बाबुलाल राउतको प्रत्यर्थी भूमिसुधार कार्यालयमा निवेदन परी ०४० सालको कूत बाली धान मन ९ सेर ३१, प्रमाणका मानिसहरूको रोहवरमा बुझाएको हो, भर्पाई दिएको छैन प्रमाणका मानिस बुझेमा प्रष्ट हुनेछ भन्ने म निवेदकको प्रतिउत्तर परेकोमा मिसिल संलग्न बाली बुझाएको कुनै प्रमाण रहेको देखिँदैन, बाली नभराउने प्रतिवादी मोहीले आफूले गर्नुपर्ने कर्तव्य नगरेको हुँदा त्यस्ता मोहिलाई कायमै राख्न मनासिब नदेखिँदा प्रतिवादी मोहिबाट निष्कासन हुने ठहर्छ भन्ने प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूले मिति ०४२।२।२७ गते निर्णय गर्नुभयो । ३. उपरोक्त बमोजिम निर्णय दिँदा अ.बं. १८४क. बमोजिम प्रतिवादीले उल्लेख गरेका साक्षी सबूद बुझी निर्णय गर्नुपर्नेमा साक्षी प्रमाण बुझ्दै नबुझी भएको निर्णय अ.बं.१८४(क), १८५ र १८९ नं., प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको विपरीत छ, विपक्षी बाबुलालले आफ्नो छोराको हकमा बिना वारिसनामा उजूरी फिराद दिएको र उक्त फिराद खारेज नगरी निर्णय भएको अ.बं. २४ नं. ८२ र १८० नं. को प्रतिकूल छ । भूमिसुधार अधिकारीज्यूको उक्त त्रुटिपूर्ण निर्णयले म निवेदकको उल्लिखित हकहरूको अतिरिक्त नेपालको संविधानको धारा १०(१), ११(२)(ङ), १५ का हकहरू अवरुद्ध भएकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी भूमिसुधार अधिकारीज्यूको निर्णय बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति ०४२।५।४।३ को सिंगलबेञ्चको आदेश । ५. जिल्ला बारा मोतिसार गा.पं.वा.नं. ७ कि.नं. १०१ को जग्ग