निर्णय नं. २१२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२ - अंश भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०१/२९ २६३१ निर्णय नं. २१२ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ५४ निवेदक, प्रतिवादी : द्रोणबहादुर खड्का क्षेत्री विरुद्ध विपक्षी, वादी : देवकुमारी खड्केनी मुद्दा : अंश (१) भोग तिरो दर्ताबाट हक भईसकेकोमा बण्डापत्र पास नभएबाट हक पुग्दैन भन्न नहुने । ८७ सालको बण्डापत्रबमोजिम बण्डा लिई छुट्टिएमा वादी र निजका जेठाज्यू समेत सावित भएको हुनाले त्यस्तो कुरा कायम हुंदैन भन्न न्यायोचित नपर्नेमा पनि दर्ता तिरो भोग प्रतिवादी पक्षका भद्रकुमारीको देखिएकोले दर्ता तिरो भोग भएका जग्गा बण्डापत्र पास नगरेका कारणले मात्र भोग तिरो दर्ताबाट हक भईसकेको घर जग्गा भोग गरी आउनेको हक पुग्दैन भन्न मनासिव नपरेकोले ८७ सालका बण्डापत्रबमोजिम निज भद्रकुमारीको अंश हकको निजको बकसपत्रबमोजिम प्र. द्रोणबहादुरको ठहर्छ । (प्रकरण नं. ३०) प्रतिवादी तर्फबाट : प्लिडर नारायणप्रसाद फैसला १. ससुरा जगतबहादुरको छोरा पुण्यबहादुर, इन्द्रबहादुर हुन् । मेरा खसम इन्द्रबहादुर र ससुरासमेत परलोक भएपछि जेठाज्यू पुण्यबहादुरसमेतले खान लाउन नदिई हेला गरेबाट अंश देउ भनी भन्दा अंश समेत नदिइ ०६।१२।१ गते निकाला गरेकाले तायदाती लिई अंश दिलाई पाउँ भन्ने ०७।२।१ को देवकुमारीको निवेदनमा कोर्ट फी राख्न सक्दैन भनी बिन्तिपत्रवालाले रोहवरमा बिन्ति चढाएकोले यसमा व्यहोरा साँचो भए हाल कोर्टफी नलिई ठाडै बुझी ऐन सवालबमोजिम गर्नु भन्ने ०७।२।१७ को देवानीका नाउँमा हुकुम प्रमांगी भएको रहेछ । २. मेरा सासु मरेपछि ससुराले सुगा विधवा र मैयाँ विवाह गरी ल्याएको हो । लोग्ने ९० सालमा र ससुरा ९१ सालमा परलोक हुनुभएको हुन् । मानु छुट्टिएको अघिल्लो दिनसम्मको तायदाती लिई अंश छुट्टायाईपाउँ भन्ने वादीको बयान । ३. सुगा भन्ने भद्रकुमारीलाई बाबुले बिधवा ल्याएको हो । निजलाई ल्याए देखि भिन्दै राखेको मैयाँलाई बाबुले विवाह गरी ल्याएको हुन् । ९१ सालमा बाबु परलोक भएपछि वादी धेरैजसो माइत र कहिले कँँही घरमा बस्ने गरेकी थिएँ । मैले निकाला गरेको छैन । ०६ साल चैत्र कृष्ण दशमीका दिन वादी माइत गएकी हुन् । सोही दिन देखि मानु छुट्टिएको हो । माहिली आमा बाबु छँदै बेगलै बसेकी हुनाले कान्छी आमा १ म १ वादी १ समेत ३ जना छौं । अंश छुट्ट्याइ दिनमा मञ्जुरी छु । माहिली आमाले अंश पाईसकेकी छन भन्नेसमेत सुवेदार पुण्यबहादुरको बयान । ४. मेरा खसमको जेठी खड्गकुमारी माहिली म कान्छी मैयाँ समेत ३ स्वास्नी हुन । जेठी पट्टि पुण्यबहादुर र वादीका लोग्ने हुन् । मैले पाउने अंश जग्गा जमिन छुट्याई दिनुहोस भन्दा सौताका छोरा वादीका लोग्नेसमेतको मञ्जुरीले ८७।३।९ गते घरसारमा बण्डा छुट्याई दिएको हुनाले मसँग सगोलको केही छैन । मैले अंश दिनु पर्ने होईन भन्नेसमेत ०८।३।१५ को सुगा भन्ने भद्रकुमारीको बयान । ५. भद्रकुमारी ८७ सालमा अंश लिई छुट्टिएको भन्ने भएको ८७ सालको बण्डापत्र पास नभएको हुनाले रजिष्ट्रेशनको ऐनले सदर नहुने भई भद्रकुमारी समेतबाट तायदाती लिई अंश गरी दिनुपर्ने देखिन आएको । मानु छुट्टिएको मितितर्फ रजिष्ट्रेशनको ३ (क) नं. बमोजिम पास नभएको हुनाले वादीको उजुर परेको ०७।२।१ गते मानु छुट्टिएको ठहर्छ । त्यसको अघिल्ला दिनसम्मको तायदाती लिई बण्डा गरी दिने भन्नेसमेत ०९।१२।१३ को देवानी अदालतको पर्चा । ६ बण्डा गर्नुपर्न