निर्णय नं. ३१४२ - उत्प्रेषण परमादेश लगायत अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१४२ - उत्प्रेषण परमादेश लगायत अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/३१ २१४७ निर्णय नं. ३१४२ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. २२६४ विषय : उत्प्रेषण परमादेश लगायत अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट निवेदक: नेपो निटबयर्स होजियारी इन्डष्ट्रिज प्रा.लि.का तर्फबाट ऐ.को संचालक का.जि. चिकंमुगल बस्ने वर्ष ३८ को डिल्लीराम रंजितकार । विरुद्ध प्रत्यर्थी : श्री अन्तःशुल्क कार्यालय काठमाडौं डिल्लीबजार । श्री उद्योग मन्त्रालय त्रिपुरेश्वर काठमाडौं । आदेश भएको मिति: २०४४।३।३१ मा जब कुनै उद्योग औ.व्य. ऐन अन्तर्गत स्थापना भई उद्योग दर्ता हुँदाका बखत प्रचलित रहेको कानूनी व्यवस्थाले अन्तःशुल्क छुट सुविधाको उपभोग गर्न पाउने अवस्था हुन्छ र कुनै कानूनी व्यवस्थाले छुट सुविधामा बन्देज लगाएको हुँदैन त्यसबेलामा मात्र उक्त उपदफा (२) बमोजिमको सुविधा पाएको उद्योग सम्झनु पर्छ । (प्रकरण नं. १०) श्री ५ को सरकार उद्योग मन्त्रालयबाट औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड ४ ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भई सकेपछि मात्र उद्योगको रुपमा दर्ता भएको निवेदकको उद्योगले औ.व्य. ऐन, २०३८ को दफा १० को (ग) को २ बमोजिम सञ्चालन मिति देखि ३ वर्षको अन्तःशुल्क सुविधा पाउन नसक्ने । (प्रकरण नं. ११) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थीतर्फबाट : विद्वान उप-न्यायाधिवक्ता श्री आत्माराम भट्टराई उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंह: संविधानको धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा तथा जिकिर यसप्रकार छ : २. मिति २०४२।१।१२ मा श्री ५ को सरकार उद्योग विभागमा दर्ता भएको यो एउटा उत्पादन मूलक उद्योग हो । यसले मिति २०४२।१२।२ देखि उत्पादन शुरु गर्दै आएको छ । यस उद्योगले उत्पादन शुरु गरेको तथा संचालन मिति देखि तीन वर्षसम्मको लागि अन्तःशुल्क लाग्ने होइन तापनि प्रत्यर्थीले अन्तःशुल्क तिर्न बुझाउन पर्छ भनी तरताकेता गर्न थाल्नु भएको छ । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को देहाय (ग) को खण्ड (२) ले गरेको व्यवस्था अनुसार उत्पादन शुरु तथा संचालन मितिदेखि तीन वर्षको लागि अन्तःशुल्क छुट सुविधा पाएको र सोही ऐनको दफा १० को देहाय (ग) को खण्ड (४) को प्रतिबन्धात्मक वाक्यांशले समेत उक्त सुविधा पूर्ण अवधिभर तीन वर्षको लागि लागू हुने निश्चित व्यवस्था गरेको छ । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को देहाय (ग) को खण्ड (४) अन्तर्गत श्री ५ को सरकार उद्योग मन्त्रालयले ०४०।४।१ को मिति पारी (वास्तवमा ०४० साल चैत्र महीनाको दोस्रो हप्ता पछिमात्र छापिएर वितरणमा आएको) नेपाल राजपत्रमा प्रकाशित सूचना स्वयं अवैध (Ultra Vires) हो किनभने यस ऐनको दफा १० (ग)(२) ले दिएको अन्तःशुल्क छुटको सुविधालाई अन्यथा ठहर गर्न सोही ऐनको दफा २१ ले सोही ऐनमा वा सोही ऐन अन्तर्गतको नियममा अन्यथा प्रावधान गरिएको खण्डमा मात्र मिल्ने हो । त्यस्तो ऐन र नियममा बाहेक अन्य जुनसुकै किसिमको सूचना नेपाल राजपत्रमा प्रकाशित गरे पनि सो सूचनाको नाताले मूल ऐनले किटान गरी तोकेको अन्तःशुल्क सुविधालाई सोही ऐनको दफा २१ ले अन्यथा गर्न मिल्ने होइन । परिणामतः दफा २