निर्णय नं. २७०७ - परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७०७ - परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०९ १९७६ निर्णय नं. २७०७ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १४८९ आदेश भएको मिति : २०४३।५।९।२ मा निवेदक : जिल्ला बर्दिया मगरागाडी गा.पं.वडा नं.९ औरीको पूर्णबहादुर थापा विरुद्ध प्रत्यर्थी : लक्ष्मीनारायण मन्दिर वर्दिया, गुलरियासमेत विषय : परमादेशयुक्त उत्प्रेषण लगायत जो चाहिने आज्ञा वा पुर्जी जारी गरिपाउँ (१) जग्गा बिक्री वितरणमा पाउँ भनी परेको निवेदनमा कारवाई भई प्रत्यर्थी लक्ष्मीनारायण मन्दिरलाई जग्गा बिक्री वितरणमा दिने गरेको प्रत्यर्थी जिल्ला समिति बर्दियाको निर्णयलाई अन्यथा भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. बर्दिया जिल्लामा भूमिसुधार लागू भएपछि साविक जग्गाधनी रङ्गविक्रम शाहका नाउँको हदबन्दी भन्दा बढी भएको बर्दिया मगंरागाडी गा.पं.वडा नं.९ कि.नं. २२ को जग्गा श्री ५ को सरकारले प्राप्त गरी सो मध्येको ४–०–० (चार विगहा) जग्गा कित्ताकाट भई कि.नं. २९३ कायम गरी नरबहादुर शाहीलाई बिक्री वितरण गरिएकोमा किस्ता नबुझाउँदा ०२९।११।१ मा जफत भयो, सो जग्गामा खास सुकुम्बासी म निवेदकका बाबु कुलबहादुर थापाले घर धुरी खडा गरी घर कर जिल्ला पञ्चायत वर्दियामा र ०३४ सालसम्मको मालपोत निज नरबहादुर शाहीकै नामबाट मालपोत कार्यालयमा बुझाई आधी आयस्ता भूमिसुधार कार्यालयमा बुझाउँदै आएकोमा म निवेदक भिन्न भई सोही जग्गा मध्ये पूर्व दक्षिणतर्फ २–०–० (दुई विगहा) जोतभोग गरी आधी आयस्ता विपक्षी भूमिसुधार कार्यालयमा बुझाउँदै आएको, जग्गा दर्ता गरिपाउँ भनी पटक पटक मेरो बुबाले श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र चढाउनु भएकोमा हुकुम प्रमांगी बक्स भई मालपोत कार्यालय बर्दियामा गएकोमा आवश्यक कारवाहीको लागि विपक्षी भूमिसुधार कार्यालयमा पठाइयो । यसै बीच विपक्षी समितिबाट जग्गा बिक्री वितरण गरिने भएकोले दर्खास्त आव्हान गरे बमोजिम आफ्नो जोतभोगको निस्सा, सुकुम्बासीको सिफारिश साथै राखी ०४१।१०।१७ मा निवेदन गरेकोमा उक्त जग्गा बिनाआधार विपक्षी लक्ष्मीनारायण मन्दिरलाई वितरण गरिएकोले गा.पं.समक्ष निवेदन गरेकोमा गाउँ सभाको असाधारण बैठकबाट मेरो नाउँमा वितरण गरी दिन सर्व सम्मतिबाट निर्णय गरी विपक्षी समिति समक्ष अनुरोध गरेकोमा उक्त जग्गा मेरो नाममा वितरण गरेन । ३. साविक देखि जोति भोगी आएकोमा विवाद नभएपछि भूमिसम्बन्धी ऐनको दफा २(ख) २१ तथा नियम २३ को (क) र (घ) बमोजिम मैले पाउनेमा भूमिसम्बन्धी नियमको २३ को प्रति प्राथमिकता भित्र नपर्ने विपक्षी लक्ष्मीनारायण मन्दिरलाई वितरण गरिएको कारवाही तथा निर्णय मुलुकी ऐन अ.बं. १८४क., १८५ को त्रुटिपूर्ण छ । उक्त विपक्षीहरूको काम कारवाही तथा निर्णयबाट मेरो उल्लिखित कानुनी हकको साथै नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकमा आघात परेकोले उत्प्रेषणयुक्त परमादेश लगाय