निर्णय नं. २७०८ - उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७०८ - उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/२० १९७१ निर्णय नं. २७०८ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. २३९७ आदेश भएको मिति : २०४३।५।२०।६ मा निवेदक : का.प.जि.उग्रचण्डीनाला गा.पं.वडा नं.१ बस्ने धर्मलाल चोले श्रेष्ठ विरुद्ध प्रत्यर्थी : जिल्ला कार्यालय भूमिसुधार शाखा काभ्रेपलाञ्चोकको शा.अ.श्री रामप्रसाद जोशीसमेत विषय : उत्प्रेषण लगायतको आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) उब्जनी निश्चय नगरी उजूरवालाले देखाएको अंकलाई नै अकाट्य मानी ९० प्रतिशत भन्दा घटी धरौट राखेको भन्दै प्रत्यर्थी जिल्ला कार्यालय भू.सु.शाखा काभ्रेपलाञ्चोकले बाली भराई मोहियानी हकबाट निष्कासन हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्‍न तुलाधर आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. विपक्षी सिद्धिबहादुरले नाला गा.पं.वा.नं. १ कि.नं. १०३ र ३५३ को गरी जम्मा ६–१४–१–१ को जग्गा विपक्षीले कमाई अधिया बाली बुझाई आएको, ०३८ सालको बाली सम्बन्धमा बा.अं.अ. को बाली भराउने तर मोही निष्कासन नगर्ने गरेको फैसला उपर म.क्षे.अ.मा अनुमतिको लागि निवेदन परेको अं.अ. को उक्त फैसला अनुसार धान मुरी ६।९।१।६ तिर्नु पर्नेमा धान मुरी ३।११ मात्र धरौट राखेको हुँदा ०३९ सालको धान मुरी ६।९।१।६ भराई मोहियानी हक समेतबाट निष्कासन गरिपाउँ भन्ने लगायतको फिराद गरेकोमा, मैले ०३८ सालको निष्कासन समेतको मुद्दामा म.क्षे.अ.मा अनुमतिको लागि निवेदन दिएको, ०३९ सालको बाली काट्ने सूचना जग्गावालालाई पञ्चायतले दिँदा उपस्थित नभएकोले कानुन अनुसार धरौट राखेको भू.सं. ऐनको दफा ३३ काभ्रेपलाञ्चोक जिल्लामा लागू भएको छैन भन्ने लगायतको प्रतिउत्तर लगाएपछि विपक्षी भू.सु. शाखाले जग्गावालाले बाली काट्ने सूचना पाएको भर्पाई पेश गर्न नसकेको, काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट भएको ०४०।१२।२ को सरजमीन र ०३९।१०।२६ को बा.अं.को फैसला विपरीत धरौट राखेको, कूत कम हुने स्थिति भए ऐ.ऐनको दफा ३५ बमोजिमको सूचना नदिएपछि ऐ.ऐनको दफा ३६(२) को उल्लंघन गरी धरौट राखिएको होइन भन्न मिलेन, ०३४ सालमा धान मुरी ८।८ धरौट राखेको भर्पाईबाट देखिएको ऐ.ऐनको दफा ३६(२) प्रतिबन्धात्मक वाक्यांश अनुसार धरौट राखेको भन्न नसकिएको हुँदा बाली भराई मोहिबाट निष्कासन हुने ठहर्छ भनी ०४२।१।३१ मा निर्णय गरेको छ । ३. बा.अं.अ.को ०३९।१०।२४।४ को फैसला उपर बालीतर्फ मेरो र निष्कासनतर्फ विपक्षीको पुनरावेदनको अनुमतिका लागि निवेदन परी म.क्षे.अ.बाट ०४१।२।२७ को आदेशानुसार अनुमति दिएपछि विपक्षी भू.सु. शाखाले ०४२।१।३१ गते निर्णय गर्नु अघि उक्त मुद्दामा अनुमति भए नभएको बुझी अनुमति प्रदान नभएको अवस्थामा मात्र बा.अं.अ.को मिति ०३९।१०।२६ को फैसलालाई प्रमाणमा ग्रहण गर्न सक्नेमा विचाराधीन रहेको उक्त फैसलालाई प्रमाणम ग्रहण गरिएको छ । विपक्षीले ०३९ सालको बाली समेतका सम्बन्धमा मेरो विरुद्ध जिल्ला अदालतमा नालेश दायर गरी सकेपछि पुनः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा बिन्तिप