निर्णय नं. २१४ - जग्गा जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१४ - जग्गा जालसाजी भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०५/०५ २४७३ निर्णय नं. २१४ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. २३ निवेदक, प्रतिवादी : सिद्धिमान समेत विरुद्ध विपक्षी, वादी : मोतीप्रसाद श्रेष्ठ समेत मुद्दा : जग्गा जालसाजी (१) हद भित्र नालेस गर्नपर्ने मानिस १६ बर्ष नाघेको रहेनछ भने १६ बर्ष नाघेको दिन देखि म्याद भित्र उजुर दिए उजुर लाग्दैन भन्न नहुने । हदभित्र नालेस गर्नुपर्ने मानिस १६ बर्ष नाघेकोे रहेनछ भने १६ बर्ष नाघेको दिन देखि हदको म्यादसम्म नालेस दिए लाग्छ भन्ने अ.बं. ६४ नं. मा उल्लेख भएको र यस मुद्दामा अघि नालेस गर्ने गोविन्दप्रसादले गरेको नभई जालसाजी लिखतबाट हाम्रो हक नजावस भनी वादी नाबालकहरूले नालेस दायर गराएको देखिएकोले यस्तोमा अ.बं. ११० नं. ले नालेस लाग्न सक्तैन भन्न मिलेन । अघि गोविन्दप्रसाद र झुमाकुमारी समेतको लिखत जालसाजी मुद्दामा प्रधान न्यायालय बक्यौता फाँटबाट भएको ०७।२।३ को फैसला लिखत जालसाजी ठहर्दैन भनी फैसला भए पनि सोही फैसलामा हाललाई लिखत जालसाजी नठहराएको पाल्पा अपीलको मनासिवै र वादी झुमा समेतको यो मुद्दाबाट नाबालकहरूको उमेर नपुगेसम्म हद नजाने हुनाले नाबालकहरूको उमेर पुगी म्याद भित्र उजुर परेका बखत ठहरेबमोजिम हुने भन्नेसमेत उल्लेख भएको भनी त्यसपछि भएको फैसलाहरूमा लेखिएको हुनाले त्यसबाट यो वादी नाबालकहरूको जालसाजीमा नालेस गर्ने अधिकार छैन भन्न र नालेस लाग्न सक्तैन भन्न भएन । (प्रकरण नं. २१,२२) (२) साहु तिरेको ऐनबमोजिम न्हेडिक फट्टाहरू पेश हुन नसके र व्यवहारमा पनि ऋण लिन पर्ने अवस्था र वापतसमेत नजनिए ऋण लिन पर्ने अवस्था नदेखिएमा व्यवहार शुद्ध मान्न नहुने। अब लिखततर्फ विचार गर्दा, घरमा सौतीनी छोरा र आफ्नो छोरीसमेत नाबालक भएको अवस्थामा भएको घर जग्गाहरू रु. २३०३। मा रुमबहादुरलाई राजिनामा गरी दिएको देखियो । सो रुपैयाँ मध्ये रु. २०४२। साहु तिर्न भनी र रु. २६१। नगद लिएको भन्ने लेखिएको देखिन्छ । साहु तिरें भनेकोमा साहु तिरेको ऐनबमोजिम न्हेडिक फट्टाहरू समेत केही पेश नभएको र सो रु. २०४२ मध्ये रु. १०५०। उनै रुमबहादुरको तिरेको भन्ने लेखिएको र सो नगद रु. २६१। लिन पर्ने अवस्था र वापतसमेत केही जनिएको नदेखिएको हुनाले सो लिखत शुद्ध व्यवहारको देखिन नआउनेमा पनि यी वादीहरूका आमा झुमाकुमारीको कुनै आर्जन नभई आर्थिक अवस्थाले कर्जा लिनपर्ने कारण परि लिएको रहेछ कि भन्नालाई भएको घर जग्गाहरू सबै रुमबहादुरलाई राजिनामा गरी दिएको केही पछि उनै झुमाकुमारीसँग उनै रुमबहादुरले रु. १६००। कर्जा लिई लिखत गरी दिएमा रुमबहादुर सावित र लिखतसमेत पेश हुन आएको हुनाले त्यतिको कर्जा दिन सक्ने झुमाकुमारीले उक्त लेखिएबमोजिम शुद्ध व्यवहारबाट लिखत गरेको रहेछ भन्न मनासिव नदेखिएकोबाट समेत लिखत जालसाजी ठहराई प्र.न्याय. सिंगलबेञ्चबाट ०१२।२।२७ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१४।९।११ मा भएको फैसला मनासिव छ । बादिहरूको उजुर नलाग्ने भनी सर्वोच्च अदालत सिंगलबेञ्चबाट ०१४।४।१४ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट १८।९।८ मा गरेको राय मनासिव देखिएन । (प्रकरण नं. २३) वादी तर्फबाट : एडभोकेट मधुप्रसाद शर्मा प्रतिवादी तर्फबाट : प्लिडर पुरेन्द्रकुमार मैनाली फैसला १. हाम्रा बाबु जितबहादुरका २ स्वास्नी मध्ये जेठीबाट म मधुप्रसाद जन्मेपछि आमा मरेकी र कान्छी झ