निर्णय नं. २७१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१० - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/०९ १८५३ निर्णय नं. २७१० ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको रिट नम्बर २२५९ आदेश भएको मिति : २०४३।४।९।३ मा निवेदक : कपिलवस्तु मौजे कटुवा गा.पं.निगालीहवा वडा नं.७ बस्ने रामकिसन थारुसमेत विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी, जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुसमेत विषय : उत्प्रेषण (१) कानुन बमोजिमको रीत नपुगेको मोहिलाई मोहियानी बाली बुझी रसीद दिएको भनी जग्गाधनीले भनेको र रसीद दिएको आधारमा निवेदकको निवेदन दावी खारेज गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षी कार्यालयले मिति २०४२।१।११ को फैसला निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मोही नामसारी सम्बन्धमा हामीले दिएको उजूरी बमोजिम मोही कायम गरी दिनु भनी परमादेशको आदेश समेत गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ : २. यसमा मर्ने मोही अलगु थारु मरेकोले मोही नामसारी गरिपाउँ भनी रामकिसुन थारुका राधेकिसुन थारुको निवेदन पर्दा विपक्षी जग्गा धनीहरूलाई बुझ्दा हाजिर भई २०३७ सालदेखि रामेश्वर चौधरीबाट बाली बुझी भर्पाई दिएका छौं । अरु कानुन बमोजिम होस् भनेका र रामेश्वर चौधरीले मिति २०४१।२।२३ मा मोहीको प्रमाणपत्र– पाउँ भनी माग गरी निवेदन दिएको समेत मिसिल संलग्न देखिन्छ । अब के कति वर्षदेखि के कसको जोत भोगमा सो जग्गा छ भनी २०४१ साल मार्गमा गा.पं.सरजमीन बुझ्दा ७(ख) को कि.नं.६१५ र ७(क) को कि.नं.४६५ मा ३।४ वर्षदेखि रामेश्वर चौधरीको जोत भोगको छ भनी सबैले सरजमीन मुचुल्कामा सहिछाप गरेका समेत आधारबाट निवेदकहरूले उक्त जग्गा रु.३।४ वर्षदेखि जोत भोग नगरी अन्य व्यक्तिले गरेको देखिने भई भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम निवेदकहरु छोराहरु भएकोले मर्ने मोही अलगु थारुको मोही हक निवेदकहरूलाई प्राप्त हुने हो तापनि भू.सं.ऐन, २०२१ को दफा २५ बमोजिम एक वर्षको मुख्य बाली जोते पनि अन्य व्यक्तिको मोही हक प्राप्त हुन सक्ने अवस्था देखिने भई जग्गा धनीको बयान र सरजमीनबाट निवेदकहरूले जग्गा नजोतेको देखिँदा निवेदकहरूको दावी खारेज हुने ठहर्छ भन्ने समेत भू.सु.का.कपिलवस्तुको मिति २०४२।९।११ को निर्णय । ३. सो निर्णय सरासर गैरकानुनी हो भन्ने सम्बन्धमा निम्न बुँदा अनुरोध गर्दछु भू.सु. लागू हुनुभन्दा धेरै अघिदेखि सो जग्गा हामीहरूका बाबु अलगुले कमाई आएको भू.सु. नियमानुसार १ नं. अनुसूची २ नं. समेत बाबुकै नामबाट प्रकाशित भएको छ । मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजका पती पत्‍नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएका व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानुनी व्यवस्था भू.सं. ऐनको दफा २६(१) मा भएको र आमा प्रल्हीया थरुनी मिति २०३५।८।२० गते र बाबु मिति २०३५।९।१० गते परलोक भइसकेको र अब हामी २ छोरा मात्र भएको सो मोहियानी हक हामी निवेदकलाई प्राप्त हुने प्रष्ट छ । उक्त कुरा जग्गाधनी अर्थात् विपक्षी नं. २ तथा ३ ले आफ्नो बयानमा भनी स्वीकार गरेकोले अन्य व्यक्तिलाई पत्याउने अवस