निर्णय नं. ३१४५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१४५ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/१३ २३११ निर्णय नं. ३१४५ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. २३१२ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : बालुकुमारी इम्पोरियमको प्रो.का.जि.का.न.पं. वा.नं. इन्द्रचोक बस्ने नारायण श्रेष्ठ । विरुद्ध विपक्षी : आयकर निर्धारण समिति, कर विभाग, लाजिम्पाट काठमाडौं । कर कार्यालय बबरमहल,काठमाडौं । श्री ५ को सरकार अर्थ मन्त्रालय बागदरबार,काठमाडौं। आदेश भएको मिति: २०४४।४।१३।४ मा आय निर्धारण समिति गठन गर्न सक्ने आफूलाई प्राप्त अधिकार बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आय निर्धारण समितिका तीन सदस्य तोकी सो सदस्यहरू मध्येबाट एकजना अध्यक्ष महानिर्देशक कर विभागबाट तोक्ने अधिकार प्रत्यायोजन गरी सो बमोजिम प्रत्यर्थी आय निर्धारण समिति गठन भएको देखिएकोले कानून बमोजिम नै गठन भएको समितिलाई गैरकानूनी छ भन्ने रिट निवेदन जिकिरलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १४) करदातालाई कर कार्यालयबाट दिइएको सूचना आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम नभएको नदेखिँदा आय कर निर्धारण समितिको निर्णय पर्चा तथा आयकर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मीभक्त तिमला,विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. निवेदकले यस फर्मको आ.ब. २०३३।०३४ को अडिटेड हिसाब किताब सहितको नाफा नोक्सान पूँजी तथा दायित्व देखाई वासलात र आम्दानी खर्च देखिने तथा खुद आय कायम हुनसक्ने प्रत्येक आम्दानी र खर्चको प्रमाण बिल भर्पाई भाउचर समेत निरीक्षण परिक्षण गराइएको आय निर्धारण समितिको मिति ०४१।३।२९ को ठहर पर्चाको पृष्ठमा उल्लेख भएकोबाट निवेदकको हिसाब किताब दुरुस्त भएको कुरामा विवाद छैन । ३. आय निर्धारण समितिलाई आयकर ऐन, २०३१ को दफा ३३(२) मा उल्लिखित आधार र आयकर नियमावली, २०३९ को नियम २७(२) को देहायमा उल्लिखित आधारहरू अवलम्बन गरी मात्र आय निर्धारण गर्न सक्नेछ र हिसाबवालाको हिसाब अमान्य गर्न सक्ने पनि समितिलाई अधिकार छैन । त्यस माथि आयकर ऐन, २०३१ को (सं.स.) को दफा ३३(३) को आधारमा खुद आय कायम गर्ने अधिकार हुँदै नभएकोले नलाग्ने कानूनलाई कार्यविधि सम्बन्धी कानूनको उल्लघंन गरी अधिकार क्षेत्र नाघी ऐ. ऐनको दफा १२(१), २५, ४१, ४२ र ४३ को आधारलाई समेत वास्ता नगरी खर्च भई गएका कानूनले अमान्य गर्न नहुने रकम मध्येबाट असूल नहुने आसामीको रु. ९,१२१।३० आयकर ऐन, ०३१ को दफा १२(१)(च) ले मिन्हा हुनेमा अमान्य गर्नु र बोनस कमिशनको खर्च रु. १२,३१,१३०।– ज. को प्रमाण हुँदा ऐ. ऐ. को दफा १२(१)(ज) ले सम्पूर्ण खर्च मिन्हा हुनुपर्नेमा सो मध्ये ४,६९४।– मात्र मिन्हा दिई रु. ६,५३,२७३।८२ अमान्य गर्नु त्यसै स्टकको मालमा हचुवा तवरले प्रतिशत लगाई रु. ८,१९७।७९ आय तर्फ समावेश गर्ने गरी जम्मा रु. ६,७०,५५६।९१ खर्च सकेको प्रमाण हुँदा हुँदै हचुवा तवरले अमान्य गर्ने अधिकार समितिलाई नभएको अमान्य गरी