निर्णय नं. २१५ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१५ - जग्गा भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०४/१६ २३१८ निर्णय नं. २१५ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ५६ निवेदक, वादी : दलबहादुर थापा क्षेत्री विरुद्ध विपक्षी, प्रतिवादी : मोहनप्रताप जंग थापा क्षेत्री मुद्दा : जग्गा (१) शेषपछिको बकसपत्र बदर गराएमा बेरीत वा गैरकानूनी भए म्यादभित्र उजुर गर्नुपर्ने । हेरविचार नगर्ने हकदारलाई अपुतालीको रूपमा सम्पत्ति दिलाउन नमिल्ने । बजै इन्द्रकुमारीले ८८ सालमा बकसपत्र गरी नदिएको भए त्यसतर्फ र सो बकसपत्र गरी दिएको हुँ । बदर गरी पाउँ भनी इन्द्रकुमारीले उजुर दिई रजिष्ट्रेशनबाट बदर गरी वादीलाई जनाउसमेत दिएको भएपछि त्यसतर्फसमेत कारवाई बेरीत वा गैरकानूनी भए किर्ते कागजको २१ नं. का ऐनको म्याद २ बर्षभित्र उजुर गरी बदर गराउन सक्नुपर्ने । सो नगरी चित्त बुझाई बसेको देखिन आयो । अपुतालीबाट पनि हाम्रो समेत हक लाग्ने भनी बहसमा जिकिर गरेको, सो कुरा वादीमा दावी नलिएकोले त्यसतर्फ निर्णय दिनु नपर्ने भएतापनि ९४ सालमा इन्द्रकुमारीले दिएको बिन्तीपत्रमा अरु छोराले हेरविचार नगरी कान्छा छोरा मोहनप्रताप जङ्गले हेरविचार गरी आएको भन्ने बोली परेको देखिएकोले त्यस्तो हेरविचार नगर्ने हकदारलाई इन्द्रकुमारीको सम्पत्ति दिलाउन न्यायोचित नपर्ने । (प्रकरण नं. १५, १६) वादी तर्फबाट : ल्पीडर नारायणप्रसाद प्रतिवादी तर्फबाट : कृष्णप्रसाद उपाध्याय फैसला १. ७६ सालमा बजै इन्द्रकुमारी समेतको बण्डापत्र भएकोमा बजैका भागको खेत मध्ये २ खण्ड आफुखुशी गर्ने एक खण्डमा ४ भाग गरी खानु भनी लेखीदिएकोमा पछि बजैले बदर गराए तापनि ८८।६।२६ मा अन्यायवालाले सो बण्डाको जग्गा आमाबाट लेखाई दिउँला भनी कागज गरी दिएको बजै ००७ साल आश्विन २८ गते मरेकाले जग्गा टुट्याई देउ भन्दा नदिएकाले खेत मुरी ।३० पाखा बिज ३।१७।३ सेर्मा रु. ३।८८।२ र कदमबोटे खेत मुरी ।६।१७।४ मध्ये ५ खण्डको १ खण्ड खेत मुरी ।१।७४ समेत नाउँ सारी गरी पाउँ भन्नेसमेत वादी । २. अघि बण्डा हुँदा २ खण्ड आफू खुसी गर्ने १ खण्ड ४ भाईले खानु भनी कागज गरी दिएकोले आमालाई दुःख दिएबाट आमाले ८३।१०।२७ गतेमा शेषपछिको बकसपत्र बदर गराएकोमा पछि वादी मिल्न आएकाले ८८।६।२८। मा मैले आमाबाट बण्डामा लेखिएबमोजिम लेखाई दिउँला भनी कागज गरी दिएकोमा आमाले गरी दिनु भई हेरचाह नगरेबाट बिन्तिपत्र दिई ०९४।८।२५।६ मा पर्चा हुँदा घरसारको बदर हुने भनी पर्चासमेत भईसकेकाले आमाले नै लिखत गरी दिईसकेकाले आमा मसँग रहे बसेकाबाट मेरो हक हुँदा झुट्टा उजुर गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी । ३. प्रतिवादीले गरी दिएको कागज बदर गराएको नदेखिएको र बण्डामा लेखिएको जग्गामा दावी भएको कदमबोटे खेत बदर गराएको नदेखिएकोले अपुतालीबाट वादी दावीबमोजिमको जग्गा समेत पाउने ठहराई पश्चिम २ नं. अदालतबाट ०९।८।२२।१ मा फैसला भएको रहेछ । ४. शुरुबाट गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको अपील परेमा आमाबाट बकसपत्र गरी दिएको पक्का सबुद दिन नसकेको प्रतिवादीले गरी दिएको लिखत भरपाई हुँदा समेत इन्साफ पं. २ नं. अदालतको मनासिव ठर्हछ भन्ने अपील पहिलाबाट ०९।१२।९ मा फैसला भएको रहेछ । ५. रजिष्ट्रेशनबाट पर्चा भएको थाहा भईसकेको लिखत ऐनका रीत पुगेको नभई अन्यायसँग जग्गा दिलाउने गरे भन्नेसमेत प्रतिवादीको अपील । ६. प्रतिवादीले गरी दिएको ८८ सालको कागज पास नभएक