निर्णय नं. २१६ - बकसपत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६ - बकसपत्र बदर भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०७/२९ २४७८ निर्णय नं. २१६ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री स. ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. १७४ निवेदक, प्रतिवादी : मोहनमाया महर्जन्नी समेत विरुद्ध विपक्षी, वादी : पुननारायण महर्जन मुद्दा : बकसपत्र बदर (१) अचलको सम्पत्तिले बर्ष दिन खान नपुगे मात्र ४० बर्ष नाघेकी विधवाले चल अचल सबैमा आफूखुस गर्न पाउने । बाजेका पालाको आर्जनमा अचलमा आधामात्र आफुखुस गर्न पाउने । विधवा अंशधनको १ नं. को देहाय ४ दफामा “बर्ष दिन अचलका आम्दानीले खान पुग्ने रहेनछ भने ४० पुगेकाले चलअचल सबैमा खुस गर्न पाउँछे” भनी लेखिएको । दुवै बकसपत्र गर्दा पुतलीको उमेर ४० बर्ष नाघेको देखिएको । सालको धान मुरी २५। उब्जनी हुने भनी प्रतिवादीतर्फबाटै लुटपिट मुद्दामा दावी लिएको । पुतली आफैले खेती गर्न नसक्ने बृद्धावस्थाकी हुनाले खेती गर्नेको मोहीबोटी आधा परसारे पनि आधा धान मुरी १२।१० आउने घर बाहाल र गहुँ समेत जग्गाको अन्य आयस्ता समेतको हिसाब गर्दा किसानी गर्ने १ स्त्रीलाई खान नपुग्ने भन्ने नदिखिएकोले निवेदकतर्फबाट वकीलको बहस मनासिव देखिएन । (प्रकरण नं. १४) (२) मुद्दा समेत परी अरुले नै हेरविचार गरी बकससमेत पाएको देखिएमा ऐनबमोजिम हेरविचार गरेको भन्न नमिल्ने । वादीसँग बकस दिने पुतलीको अघि मुद्दा समेत परेको र छोरीहरू आई पालन पोषण हेरविचार गरेकोबाट बकस समेत दिएको देखिएकोले वादीले हेरविचार गरेको भन्न नमिलेको हुँदा चलतर्फ सवै बकसपत्र दिएको सदरै हुने । अचलका हकमा बाजेका पालाका आर्जन होईन भन्ने सबुद प्रमाण निवेदकतर्फबाट पेश हुन नसकेको र आधा बकस बदर गरी डिभिजन बेञ्चबाट किनारा भए उपर वादीले चित्त बुझाई सोही फैसला कायम होस भनी बहसमा समेत जिकिर लिएको समेत उपरोक्त कारणहरूबाट डिभिजन बेञ्चको फैसला न्यायोचित नै देखिँदा निवेदकको जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : प्लिडर मायानाथ वादी तर्फबाट : प्लिडर मुक्तिलाल झा फैसला १. यसमा डिभिजन बेञ्चबाट ०१९।३।२०।४ मा फैसला भएउपर दोहराई पाउँ भन्ने निवेदकहरूको सर्वोच्च अदालत नियमावली, २०१३ संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ. संशोधित नियम ६३ अन्तर्गत दोहोरिने आदेश भई दायर भएकोबाट दुवै थर झगडीया राखी पेश हुन आएको यो मुद्दा हेर्दा, २. मेरो बाबु जितमान र कान्छा महर्जन २ भाइ परलोक भएपछि म र कान्छा बाबुकी स्वास्नी मेरी कान्छी आमा पुतली समेतसंगै बसी आएका थियौं । ०१५।१०।५ मा बण्डापत्र हुँदा कान्छी आमाको भागमा पूर्खाको आर्जन बिर्ता रोपनी ९।।ऽ।। र काठमाण्डौ हिम्मत टोलको घर १ टोकन बाहालको घर १ समेत परेको थियो । कान्छी आमाले बिर्ता रोपनी ६।।।ऽ।। आफैले कमाएकी अरु मोहियामा कमाउन दिएकी जग्गाको आयस्ता र घर बाहाल समेतबाट निजै कान्छी आमालाई प्रसस्त खान लाउन पुग्ने र निजलाई मैले हेरविचार स्याहार सम्भार गरी आएको थिएँ । निज कान्छी आमा १६।८।१५ गते परलोक भएकोले म समेत भई घाटमा लगेको मौका निज कान्छी आमाकी छोरी अन्यायवाली २ बहिनीले ढुकुटी खोली नगदी र भाँडा वर्तन समेत ओसारी लगेछन् । काजकृया गरी सकेपछि धनमालमा नालेस दिन तयार भएको थाहा पाई अन्यायवालीहरूले लुटपीट करकाप मुद्दा फौजदारीमा दिएका त्यसमा ०१२।६।३१ मा र ०१६।६।८।१ मा समेत शेषपछिको बकसपत्र लेखाई लिएको भन्ने लेखेकाले रजिष्ट्रेशनबाट ०१६।११।३ मा नक्कल लिंदा हकवालाले