निर्णय नं. ३१४६ - घर उठाई घर जग्गा चलन पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१४६ - घर उठाई घर जग्गा चलन पाउँ भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/२० २४३६ निर्णय नं. ३१४६ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं. ४७९ मुद्दा : घर उठाई घर जग्गा चलन पाउँ । पुनरावेदक/प्रतिवादी: जनकपुर न.पं. वा.नं. ४ बस्ने तीर्थनाथ अर्याल । ऐ.ऐ. बस्ने ज्ञानेन्द्र नाथ अर्याल । ऐ.ऐ. बस्ने अमरेन्द्र नाथ अर्याल । विरुद्ध विपक्षी/वादी :जि.धनुषा जनकपुर न.पं. वा.नं. २ बस्ने केदारप्रसाद उपाध्याय । ऐ.ऐ बस्ने हरि किर्तन शर्मा । फैसला भएको मिति: २०४४।४।२०।४ मा घर जग्गा संयुक्त रुपले भोगिआएको भनी फिरादपत्रमा उल्लेख गरेको देखिन आएकोले प्रस्तुत मुद्दामा मुलुकी ऐन अदालती बन्दोवस्तको ७२ नं. आकर्षित हुने नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरि शंकर निरौला तथा विद्वान अधिवक्ता श्री सीताराम तिवारी उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी पर्न आएको निवेदनमा यस अदालत डिभिजन बेञ्जका मिति ०४२।५।१२ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. तत्कालिन जनकपुर मैनेजरी हाल जनकपुर गुठी तहसील तथा खर्च कार्यालय तालुक जि. धनुषा जनकपुर न.पं. वा.नं. ४ अवस्थित अमरखाना देवी मन्दीर देखि उत्तर, तिरहुतिया गाछी जाने बाटोदेखि पश्चिम, हात्तिसार तथा अमरखाना जाने बाटोदेखि पूर्व, कृष्णकुमारी देखि दक्षिणको ०–०–३ धुर जग्गा म फिरादी केदारप्रसादका पिता र भोलानाथका दाजु पं. सीतारामले पूर्व मुख पारी होटेल घर बनाई भोगी आउनु भएकोमा सो होटल घर उठाई पाउँ भनी २००५ सालमा कृष्णकुमारीले उजूर गर्नु भई के कति जग्गा रहेछ नापी जाँची लिलाम बढाबढ गर्नु भन्ने तत्कालिन म.री.नी.बाट तोक आदेश भएको र सो बमोजिम भई डाँक लिलामको सूचना टाँस भएपछि २००७ सालमा व्यवस्था हेरफेर भई सो जग्गा घर डाँक लिलाम नहुने भई पं. सीताराम उपाध्याय कै भोगाधिकार रहिआएकोमा निज पछि पूर्वबाट ०–०–२ धुर जग्गामा रहेको फुसको घर र सो घरको पश्चिम ०–०–१ धुर खाली खाल्सा जग्गा समेत हामीहरूले संयुक्त रुपमा भोग गरी आएको सो घर जग्गाको उत्तर साँधको घर जग्गा हुने कृष्णकुमारीले पदमलालसंग खरीद गरेको ०–०–७ धुर जग्गा पूजा रकम लाग्ने गणेशबहादुरबाट खरीद गरिलिएका ०–०–४ धुर समेत ०–०–११ धुर जग्गा हाल तीर्थनाथको भोगमा रहेको छ । २०३४।८।२५ गते हामी फिरादीहरूको भोगमा रहेको उल्लिखित घरको दावा गरी विपक्षले आफ्नो आँगन जाने जग्गामा मिसाई हाम्रो घरको पश्चिममा रहेको जग्गाको फुसको भुँइतले पश्चिम मुखको घर पक्की सफेरी पाइखाना गेट समेत हाम्रो ०–०–१ जग्गा चापी भित्री घर बनाई सो घरको पानी हाम्रै घर माथि खसाउने गरी बनाएको हुँदा उक्त फुसको घर पाइखाना तथा गेट समेत उठाउन लगाई खिचोला मिटाई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको केदारप्रसाद उपाध्याय र भोलानाथ उपाध्यायको मिति ०३४।११।३० को संयुक्त फिरादपत्र । ३. पद्मलाल र गणेशबहादुर संग ०–०–११ धुर जग्गा जेठी आमाले खरीद गरेको सोका अतिरिक्त सीताराम उपाध्यायको होटल जग्गा घर लिलाम गर्ने निकासा भएपछि ह.गणेशबहादुरको हकमा पनि थामिदिनु मनासिब नपर्ना