निर्णय नं. २७११ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७११ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/१६ २०८६ निर्णय नं. २७११ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नम्बर १७३४ आदेश भएको मिति : २०४३।४।१६।५ मा निवेदिका : का.न.प.वडा नं १७ धोविचौर बस्ने नारायणदेवी श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.बस्ने ईश्वरमान श्रेष्ठसमेत विषय : उत्प्रेषण (१) घर बनाउने सम्पूर्ण जग्गामै तेरोमेरो परेको प्रष्ट देखिँदा देखिँदै यस्तो हक बेहकको प्रश्नमा नगर पञ्चायतले गरेको टिप्पणी निर्णय अनाधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. मिति २०२९।८।६।३ मा दुवैले एकै मितिमा साविक ब्लक नं. १३।९०२ भएको घरलाई पूर्वतर्फ ईश्वरमान श्रेष्ठले र पश्चिमतर्फ म निवेदिकाले राजीनामा गरी लिएको हाल पनि सो दुवै घरमा एउटै ब्लक नं. ६–३–२४० काठमाडौं ३, छ । म निवेदक र विपक्षीको कि.नं.५४३ र ५४६ को बीचमा चोक र इनार छ । इनारको साथमा विभिन्न देवताहरू र कुमारीको मन्दिर छ । माथि उल्लेख भएको अवस्थाको घर जग्गामा चोक इनार र कुमारीको मूर्ति समेत मासी मेरो लगापात र पेटीलाई पनि भित्री घर बनाउने बखत पास गर्न विपक्षीले का.न.पं.मा निवेदन दिनु भएको रहेछ र २०४२।१०।१०।२ मा का.न.पं.बाट सूचना प्रकाशित हुँदा मेरो घर जग्गा मिची घर बनाउन दिन मन्जूर छैन र म निवेदकलाई संधियार नदेखाई दिएको दर्खास्त पनि कानुन बमोजिम छैन भन्ने नालेश उजूर दिएको थिएँ । मिति २०४२।२।१।३ मा सन्धि सर्पन पीर मर्का पर्दै पर्दैन भनी सरजमीन हुँदा पनि सोही कुरा दर्शाएको थिएँ । पछि बाधा नपर्ने देखिएकोले उजूरीको हकमा पछि का.न.पं.ले निर्णय भए बमोजिम हुने गरी हाललाई नक्शा गरिपाउँ भनी विपक्षीले निवेदन दिएकोमा नक्शा दर्खास्तमा लेखिए बमोजिमको डिजाइन र तरीकाबाट घर बनाउन स्वीकृति दिइएको छ, भन्ने मिति २०४२।२।३ को टिप्पणीबाट उजूरी परेको भाग बाहेक गरियो नक्शा पास गरेको निर्णय निम्न लेखिए बमोजिम गैरकानुनी छ भनी प्रष्ट गरेको छु । ३. जिकिर : माथि उल्लेख गरिए बमोजिम म समेतको इनार मन्दिर भत्काई त्यसमाथि घर बनाउने म निवेदिकाको घर जग्गा समेत मिची घर बनाउने उत्तरतर्फ म निवेदिकालाई संधीयार समेत नदेखाइएकोबाट घर बनाउने सम्पूर्ण जग्गामा तेरो मेरो परेको कुरा विपक्षी का.न.पं.को टिप्पणीबाट पनि प्रष्ट देखिएको अवस्थामा नक्शा पास गरी दिनु पूर्णतया गैरकानुनी भएको प्रष्ट छ । निज दर्खास्तवालाले नक्शा दर्खास्त शुरुमा दिँदा ल.फु.४०–४ चौ.फु ४२–७ र उचाई फुट १६–० भनी लेखेको र हाल झगडा परेको देखि बाहेक पनि नक्शा पास गरेको ल.फु. र चौडाई सोही बमोजिमको छ यसरी देखा देखि झगडा परेको बाहेक भनी सोही बमोजिमको नक्शा पास गर्नु देखा देखि परेको बाहेक भनी सोही बमोजिमको नक्शा पास गर्नु अनियमित छ । दर्खास्तवालाले दिएको नक्शा बमोजिमको क्षेत्रफल जग्गा त्यस विवादीत जग्गामा जग्गा नै छैन अतः सम्पूर्ण जग्गामा तेरो मेरो परेको स्थितिमा नक्शा पास गर्ने गरेको विपक्षी न.पं.को निर्णयमा न.पं ऐन, २०१९ को दफा ४८, ४९(२) को विपरीत भएकोले मिति २०४२।३।३ को टिप्पणी निर्णय उत्प्रेषण अन्य उपयुक्त आज