निर्णय नं. २१७ - जग्गा जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१७ - जग्गा जालसाजी भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०१९/०८/२२ २७२४ निणय नं. २१७ ने.का.प. २०२० फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री वाशुदेव शर्मा फौ.फु.न. १२ अपीलाट, वादी : दुर्गाप्रसाद उपाध्याय विरुद्ध विपक्षी, प्रतिवादी : ईश्वरीबहादुर शाह समेत मुद्दा : जग्गा जालसाजी (१) चार किल्ला खोली नम्वरी कित्ता भनी राजिनामा दिएको जग्गामा बढ भए खरिदवालाकै हुने । बढ भएको जग्गा खरिदवालाको स्वीकृति बिना मालले बिक्रीवालाको नाउँमा दर्ता गर्न नमिल्ने । २००६ सालमा हाल आवादीमा दर्खास्त दिने केशवप्रसादले दुर्गाप्रसादलाई २००७ सालमा राजिनामा दिँदा नम्बर ४२ को दीपबहादुर सो उत्तर दाडर सो पूर्व पर्वता जाने बाटो सो दक्षिण दगर सो पश्चिमको जग्गा भनी ४ किल्ला राखी राजिनामा गर्ननपर्ने आफूले अवाद गर्नपाउँ भनी भनेको जग्गाको किल्ला बाहेक गरी दिनुपर्ने सो नगरी सम्पूर्ण जग्गा राजिनामा दिएको देखिने । त्यसरी नम्बरी कित्ता भनी राजिनामा दिईसकेपछि उक्त जग्गामा केही बढ भए खरिदवालाकै हुने हुँदा वादी दुर्गाप्रसादलाई जनाउनै नदिई प्र. को नाउँमा दर्ता गर्ने गरेको मालको पर्चा बेरीतको देखिन्छ । जालसाजी गर्‍यो भन्ने हकमा प्र. केशवप्रसादले ६ सालमा तत्कालिन एग्रीकल्चर अड्डामा दर्खास्त दिएको र उक्त अड्डा सदरमा सरी पछि मालबाट कारवाही हुँदा ०६ सालको दर्खास्त सदरबाट आएको भन्ने प्रमाणको मिसिलबाट देखिँदा जालसाजी गरेको नठहराएको र माथी लेखिएबमोजिम केशवप्रसादको नाउँमा दर्ता गर्ने गरी भएको मालको पर्चा बेरीतकै देखिँदा प्र. केशवप्रसादको दर्ता बदर गरी वादी दुर्गाप्रसादको नाउँमा दर्ता गर्ने ठहराएको शुरुको इन्साफ सदर गरेको श्री माननीय न्यायाधीश रत्नबहादुरको राय मनासिव ठहर्छ । (प्रकरण नं. १२) फैसला १. सर्वोच्च अदालत पूर्व दौडाहा मुकाम जलेश्वर डिभिजन बेञ्चका श्री माननीय न्यायाधीश रत्नबहादुर विष्ट श्री माननीय न्यायाधीश पशुपतिप्रसाद उपाध्यायका बेञ्चबाट राय नमिली रायबाझी भई पेश हुन आएको यो मुद्दामा, २. प्रतिवादी केशवप्रसादबाट कं.रु ८०९ मा नं. ४२ को १द्र२ जग्गा ०७ साल जेष्ठ १५ गतेमा राजिनामा गराई लिई नालेस दिई पास गराउने डिगी्र भई पास गराइ भोग गरी आएकोमा सो जग्गा ।। जग्गा बढ्ता भएको । सो जग्गा नाप जाँच गरी बढी ठहरेको । मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने ०९ सालमै जनकपुर हुलाकद्वारा हाल आवादी दर्खास्त रजिष्ट्ररी गरी पठाएको । सो दर्खास्तमा कारबाइ नगरी प्रतिवादीहरू मिली अगाडिको मितिको दर्खास्तसमेत लिई मलाईसमेत नराखी नाप जाँच गरी बढी ठहरेको जग्गा केशवप्रसादको नाउँमा दर्ता गरेको बदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ । जालसाज गरेमा सजाय गरीपाउँ भन्नेसमेत दुर्गाप्रसाद उपाध्यायको ०१३।८।२९ को फिराद । ३. वादीको दावाबमोजिम जालसाज गरेको होईन । २००६ सालमा सो ४२ नं.को जग्गा बढी भएकोले मेरा नाउँमा हाल आवादी दर्ता गरी पाउँ भनी एग्रीकल्चरमा दर्खास्त दिई सो एग्रीकल्चर टुटी सदर गएकोले त्यहाँबाट नआउँदा ०११ सालमा फेरि ताकेताको दर्खास्त दिई पहिले दर्खास्त समेत आएकोले बिर्ता मालबाट कारवाई भई सो जग्गा अगाडिको दर्खास्त मेरो भएकोले मरो नाउँमा दर्तागर्ने ठहराई दर्ता भएको हो जालसाज गरेको होईन भन्ने केशवप्रसादको दर्खास्त र दुर्गाप्रसादको दर्खास्तबमोजिम कारवाई भएकोमा केशवप्रसादको अगाडिको दर्खास्तबमोजिम केशवप्रसादका नाउँमा दर्तागर्ने ठहराई पर्चा खडा भई बढी