निर्णय नं. ८८७३ - जातीय छुवाछूत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८७३ - जातीय छुवाछूत भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६९/०४/२२ ६२८५ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८६३ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६६–CR–०६९७ फैसला मितिः २०६९।४।२२।२ मुद्दाः जातीय छुवाछूत । पुनरावेदक वादीः गोपाल सूचीकारको जाहेरीले नेपाल सरकार विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं १४ बस्ने टेकबहादुर विष्ट शुरु फैसला गर्नेः मा.न्या.श्री हिमालयराज पाठक पुनरावेदन फैसला गर्ने : मा.का.मु.न्या.श्री गोविन्दकुमार श्रेष्ठ मा.न्या.श्री रामप्रसाद खनाल § जातीय विभेदजन्य कार्यहरू व्यक्तिको सम्मान र प्रतिष्ठामा आँच पुर्‍याउने आपराधिक कार्य हो । यस्ता विकृति र बिसँगतिका कुराहरू हुन दिन नहुने । § जातीय भेदभावको कुरा All human beings are born free and equal in dignity and rights भन्ने मानवधिकारको विश्वव्यापी घोषणापत्रको पनि विपरीत हुन जान्छ । समाजमा रहेको यस्तो विभेदकारी व्यवहार र सँस्कारको अन्त्य गर्नुपर्छ । यस्ता जातीय छुवाछूत र विभेदको अन्त्य गर्ने अभिप्रायले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४ मा छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक प्रदान गरी भेदभावपूर्ण व्यवहारलाई दण्डनीय मानिने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता धर्मराज पौडेल विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलकी ऐन अदलको महलको १०(क) नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत दिपायलको मिति २०६६।८।२९ को फैसलाउपर वादीको दोहोर्‍याई पाऊँ भनी निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम निस्सा प्रदान भई यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार छः– मिति ०६५।२।१ गते चक्रे नेपालको विवाह पाकरी बस्ने वेलु आउजीसंग हुने भएकोले विवाह भइरहेको अवस्थामा गैरदलित टेकबहादुर विष्टलगायतका २०।२५ जना व्यक्तिहरूले विवाहमा गएको गोपाल सूचीकारसहित अन्य जन्तीहरूलाई दलित जन्तीले डोली बोक्न पाइदैंन भन्ने विषय लिई झै झगडा हातपात गरी गोपाल सूचीकार मरणासन्न अवस्थामा रहेको र निजसँग भएको आधा तोला सुनको सिक्री रु.४,०००। नगद र एक मोवाइल सेट लुटिएको हुंदा घाउजांच फारम गरिदिनुका साथै क्षतिपूर्ति दिलाई पाऊँ भनी जंगबहादुर सूचीकारले जिल्ला प्रहरी कार्यालय डोटीमा दिएको मिति २०६५।२।२ गतेको निवेदन । पूर्वमा पाकरीबाट जंगल जाने गोरेटो बाटो, पश्चिममा हर्कबहादुर पार्कीको दुइतले पक्की घर, उत्तर भगीसिंह पार्कीको दुईतले पक्की घर, दक्षिण खेतवारी यति चार किल्लाभित्र हर्कबहादुर पार्कीको घर नजिक बाटोमा कुटपीट तथा जातीय छुवाछूत गरी गालीगलौज भएको भनिएको मिति २०६५।२।८ गतेको घटनास्थल मुचुल्का । मेरो भाञ्जा चक्रबहादुर नेपालीको विवाह २०६५।२।१ गते पाकरी जाने भएकोले विवाहसंगै जयन्ती भई गएको हुँ । विवाह पाकरी गाउँको मन्दिर नजिक पुगी उक्त स्थानमा दुलाहा वोक्ने डोवी (कार्पोट) राखी थकाई मार्न बसेको वेलामा टेकबहादुर विष्टलगायतका अन्य नाम थाहा नभएका ४।५ जना आई दुलाहालाई कुटपीट गर्न थालेकोले मैले किन कुटपीट गर्नुहुन्छ भन्दा उल्टै हामीलाई डुम चमारहरू हाम्रो गाउँको बाटो विवाह ल्याउने भनी टेकबहादुर विष्टलगायतका नचिनेको ४ जना समेत आई कुटपीट गरी मलाई कुटपीट गर्दा मसंग भएको नगद रु.४,०००। र १ तोला सुनको सिक्री मोवाइल थान १ समेत ल