निर्णय नं. २१८ - उखडा जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८ - उखडा जग्गा भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/०७/२१ ३४०५ निर्णय नं. २१८ ने.का.प. २०२० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री वाशुदेव शर्मा दा.नं. २४ निवेदक, प्रतिवादी : लाले अहिर विरुद्ध विपक्षी, वादी : अब्दुल मलिक मुसल्मान समेत मुद्दा : उखडा जग्गा (१) उखडा जग्गा सम्बन्धमा पजनी गर्दा भुमिसम्बन्धी ऐन, २०१४ लागू नभई मधेश माल सवालको ३५७ दफाबमोजिम नै हुने । ...भूमिसम्बन्धी ऐन, २०१४ को ७ दफामा कुनै किसानले बुझाउनु पर्ने कुत तिरो जग्गावालालाई प्रत्येक सालको फाल्गुण मसान्त सम्ममा बुझाउनु पर्ने र ऐ १२ दफामा अदालतको आदेश बेगर कुनै सुरक्षित किसानलाई निजको भोग चलनको जग्गाबाट निश्कासन गर्नु हुँदैन भन्ने लेखिएको देखिएको र उखडा विषयमा मधेश माल सवालको ३५७ दफामा बुटवल जिल्ला मालले जिमिदारी शिरको जमिन रैतिलाई जिमिदारले उखडा बन्दोवस्त गरी रैतीलाई दिएको उखडा जमिनको पोत बुझाएसम्म जिमिदारले खोस्न र पजनी गर्न नपाउने हुनाले नम्बरी जमिनको पोत बुझाउने टायमसम्म पोत बुझाउने उखडावाला रैतिका नाउँको उखडा जग्गा खोसी पजनी गर्नुपर्ने भई जिमिदारले मालमा दर्खास्त गर्न आएमा म्याद टाँसी बाली कुतमा कबुल सकार गरे पोतउपर गरी बाली कुतमा र बाली कुतमा कसैले कबुल नगरे जग्गा कमाएको सालदेखि मात्र पोत बुझाउने गरी कबुल गरे सोबमोजिम बन्दोवस्त गरी बाँकी पोत उखडावालाका जायजातबाट जिमीदारालाई भराई दिने र लेखिएबमोजिम बन्दोवस्त हुन नसके त्यस्तो जग्गा जिमिदारबाटै पोत लिने गरी शिरैमा दर्ता गर्ने गरी निकासा दिनु । जिमिदारी शिरमा दर्ता भएपछि सो उखडा जमिन रैतीलाई दिनु पर्दैन भन्ने उल्लेख भएको देखिएकोले उखडा जग्गाबारे विशेष व्यवस्था गरिएको देखिन्छ । तसर्थ भूमिसम्बन्धी ऐनबमोजिम जोत्ने किसान जग्गाबाट निस्काशित भएपछि जग्गा जग्गावालाको चलनमा स्वतः वापस आउने र मधेश माल सवालको ३५७ दफाले पोत नबुझाउने उखडामा कमाउने रैतीलाई सवालबमोजिम पजनी भएमा पनि सो जग्गा अघि उखडामा कमाउन दिने व्यक्तिको चलनमा स्वतः नआउने । त्यस जग्गामा प्रथमतः अर्को रैती नै बन्दोवस्त गर्नुपर्ने । त्यस्तो रैती बन्दोवस्त हुन नआएमा मात्र सो जग्गा शिरमा पुनः दर्ता गरी जिमिदारको चलनमा आउने व्यवस्था भएको देखिएबाट जग्गाको किसिम र हैसियत नै बेगल देखिन आएकोले यसमा भूमिसम्बन्धी ऐनबमोजिम पजनी हुन्छ भन्न नभई अरु प्रचलित कानून अर्थात मधेश माल सवालको ३५७ दफाबमोजिम नै हुनुपर्ने भई अदालतबाट कारवाई भएको ठीक नहुँदा वादी दावी नै खारेज हुने ठर्हछ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : प्लिडर इच्छाहर्ष विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. उखडा जग्गा कमाउने कारणीले ०१७ सालका बालीमा जग्गा चलन गरी फाल्गुण मसान्त भरमा पोत हामीलाई बुझाउनुपर्ने सो बुझी नलिए चैत्र १५ गतेसम्म ई. मालमा धरौट गर्नुपर्नेमा सो कुनै नगरी पोतै नबुझाई बसेकाले कारणीको सो जग्गामा हक टुटी शिखाट जग्गा चलन गर्न पाउने भई ०१८।३।५ मा सो जग्गामा चलन गर्न जाँदा चलन गर्न नदिई खिचोला गरेकाले खिचोला मेटाई चलन चलाई पाउँ भन्नेसमेत वादी । २. ०१६ सालको पोत मालमा दाखेल भई निजहरूले बुझी लिईसकेको ०१७ सालको मुद्दा परी रहेको र वादी हिन्दुस्थानतर्फको भई वादीहरूको मौजा हेरविचार गर्ने मुन्सी रजाफले पोत बुझी रसीद लेखि दिएकाले उखडा सदर भएमा जग्गाको कं. रु ३३।।। बुझाईसकेको हुँदा १७ सालको पोत दिएन भन्ने वादीको दावी झुट्टा हो । कमाई आएको उखडा जग्गा छोडाउने प्रपन्च