निर्णय नं. २७१२ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१२ - अंश नामसारी भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/१६ १९२९ निर्णय नं. २७१२ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं.४६३ फैसला भएको मिति : २०४३।४।१६।५ मा पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही गा.पं.अमुवा वडा नं.३ बस्ने सहदेव थारुको मु.स. गर्ने ऐ.की श्रीमती उदाशी थरुनी विरुद्ध विपक्षी/वादी : ऐ.बस्ने दिर्गिनारायण थारुसमेत मुद्दा : अंश नामसारी (१) मर्ने व्यक्तिको मुद्दा सकारै नभई मृतकको वादी प्रतिवादी दुवैपक्षको बज्यै तथा आमा नाताकी अंशियार हुँदा निजका मृत्यु पछि निजको अंश हक यिनै वादी प्रतिवादीकै हकमा स्वतः निहित भइसकेको अवस्थामा मृतक भइसकेकी वादीले अंश पाउने गरी गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराको निर्णयमा समेत चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी निवेदकले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा जिकिर संक्षिप्तमा निम्न प्रकार छ : २. मुल पुरुष हुँदाको छोरा महेश निजकी श्रीमती म वादी सोमनी थरुनी र महेशका २ छोरा क्रमशः भन्तु थारु र दिर्गिनारायण थारु भन्तुको छोरा प्रतिवादी सहदेव हुन बाजे दुहा थारु एवं महेश भन्तु २००७ सालमा भन्दा अघि नै आफ्ना कालगतिले परलोक हुनुभएकोले ज.मि. विपक्षी सहदेवका नाममा दर्ता भई हामी वादी प्रतिवादीहरू एकासगोल सराकतमा बसी खति उपति जीवन आर्जन गरी आएको अवस्था २०३७ साल बैशाख महीना देखि विपक्षीले हामीलाई कूदृष्टि गरी झगडा कलह गरी रहनु भएकोले निजको अन्याय सहन नसकी प्रमाणका मानिसका रोहवरमा रीतपूर्वकको अंशबण्डाको कागज लेखी हामीहरूका नाममा पास गरी देउ भन्दा मेरा नाममा जग्गा जमीन दर्ता छ जग्गा जमीन समेत केही दिन्न भनेकोले अंशबण्डाको २०, २१, २२, २३ नं. बमोजिम तायदाती लिई सम्पूर्ण सम्पत्तिमा ३ तीन भाग गरी १ एक भाग विपक्षीलाई परसारी २ दुई भाग हामी वादीहरूलाई दिलाई नामसारी समेत गराई पाउँ भन्ने समेत दावी । ३. वादीले उल्लेख गरेको वंशावली मिलेको छैन । उल्लिखित अंशबण्डामा दिर्गिनारायण, भागिरथीगया, पारसनाथ, प्रेमबहादुर, चन्द्रीका सहदेव कोही मानिस र मेरी छोरी समेत जीवित छौं । आ–आफ्ना खति उपतिमा बसी पैतृक जग्गा जमीन वादी छुट्टाछुट्टै बसी आएका बखत मेरा लोग्ने सहदेवले तथ्य सम्झिन मौजे मधुवनीको र आठ आना जिमिदारी पाल्पा निवासी ईश्वरीलाल राजभण्डारीसँग मोल रु.१०,२७२।– मा राजीनामा गराई लिनु भयो । सहदेवले गरेको एकलौटी खति उपतिमा यी वादीहरूको सम्बन्ध सरोकार समेत नभएकोले साहू ईश्वरीलालले पनि वादीलाई खोज्न प्रयोजन परेन । यसरी भिन्ना भिन्नै भई बसी पैतृक सम्पत्ति भाग हिस्सा लगाई जोत भोग गरी आएका वादीले सगोलमा छौं बण्डा भएका छैन भन्ने दिउँसै रात पार्नु हो । हामीले वादीहरूलाई अंश दिन पर्ने छैन वादीहरूले हामीसँग अंश गरी पाउने हकमा छैनन् । अंश दिनु पर्दैन भन्ने समेत व्यहोराको उदासी थरुनीको प्रतिउत्तरपत्र । ४. वादीका साक्षी टंकु थारु जगतनारायण र प्रतिवादी साक्षी भगोती थारु, नारायण थारुको बकपत्र रहेछ । ५. वादी प्रतिवादीको छुट्टाछुट्टै बिक्री व्यवहार भएको सिद्ध हुन आयो अंशबण्डाको ३० नं. मा बण्डा पत्र खडा गरी व