निर्णय नं. ३१४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१४७ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/२६ २२५७ निर्णय नं. ३१४७ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ३६४, ४१३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी: हर्खु अहिर समेतको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/पुनरावेदक: रुपन्देही जि.मानपकडी गा.पं. वा.नं. ५ बस्ने बेचन अहिर । फैसला भएको मिति: २०४४।४।२६।३ मा भेष बदलेर आएको थियो भन्न सकिएको छैन, एकै वडाको चिनेको मान्छे डाँका गर्न आउँदा चिन्हिने गरी आएको हुँदैन, सकेसम्म नचिन्हीने गरी आएको हुनुपर्ने । (प्रकरण नं. १८) पुनरावेदक, वादीतर्फबाट: विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी, पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. २०३५ साल चैत्र २१ गते साँझ सुति निदाएको अवस्था रातको २:०० बजे डाँकाहरू म हर्खुको घर आई मेरो छोरा २ लाई बाँधी म सोहरत अहिरको घर भित्र बन्दूक फायर गरेपछि म भागी गएँ श्रीमती सुरतमा र छोरी सम्पात्ति भाग्न नपाई घरमा थिएँ बन्दूकको फायर गर्दै गाउँको दक्षिणतर्फ जाँदा १८।२० जना जति थिए डाँकाहरू गएपछि घर आई सोद्धा घाइते श्रीमती सुरतीया र छोरी सम्पात्तियाले गाउँकै बेचन अहिरलाई चिन्हे अरुलाई चिन्ह सकिन भन्ने भोलिपल्ट घाइते श्रीमती र छोरीलाई बुटवल लिई जाँदा बाटैमा सुरतीयाको मृत्यु भएको छोरीको घा जाँच गराई अपराधी वैचन अहिरलाई पक्राउ गरी जम्मा बिगो रु. ५,२७६।– दिलाई भराई कानून बमोजिम सजायँ गरिपाउँ भन्ने हर्खु अहिर समेत ७ जनाको जाहेरी दर्खास्त । ३. दाहिने कानदेखि माथि पछाडिसम्म ३ इन्च घाउ दाहिने कान देखि केही पछाडि छर्रा लागेको जस्तो २ वटा घाउ रगत लागेको भन्ने सुरतियाको लाश प्रकृति मुचुल्का । ४. जाहेरवाला सोहरतले डाँका पर्यो भनी चिच्याउँदै आएकोले निद्राबाट विउँझी बेचनलाई उठाउन जाँदा निज आफू सुतेको खटियामा थिएन सुरतियालाई चोट लागि रगतपक्ष भएको अचेत अवस्थामा देखे ०३५।१२।१९ गते बेचनको दाजु पर्ने आएका थिए भोलिपल्ट पुनः अर्को व्यक्ति आई केही बेर बसी गलौलीतर्फ गएका त्यस्को भोलिपल्ट पुनः आएको देखी किन आएको भनी बेचनलाई सोद्धा तलाई के मतलब भन्नु भयो उक्त डाँका काण्डमा बेचन समेतको हात हुनुपर्छ भन्ने श्रीमती सुनमती कुर्मीनीको कागज । ५. अपरिचीत व्यक्तिको लाश रहे देखि दक्षिण १० हात फरकमा रहेको सेतो किनारे मर्दाना धोती मेरो हो चिनें भनी सही गर्ने उदय गडरिया, गोविन्द गडरिया, गोवरु कुमार समेतको सनाखत कागज । ६. सोहरतको स्वास्नी र छोरीलाई गोली लागेको देखें सोद्धा डाँका मध्ये बेचन अहिरलाई चिनेको भनी निजको छोरी सम्पतियाले मौकामा भनेकी डकैती गरी भाग्दा तिनीहरूको साथ बेचन पनि भाग्दा मैले देखेको हुँ भन्ने समेत आयोध्या थारुको लेखाई । ७. डाँकाहरूलाई मैले मौकामा चिनिन सम्पत्तियाले मौकामा चिनेकी र चाल चलन पनि राम्रो नभएका बेचन अहिर उपर वारदात गरेमा शंका लाग्छ भन्ने समेत बद्री तेलीको लेखाई । ८. सोहरतको स्वास्नी र छोरी सम्पत्तियालाई गोली लागेको देखें सम्पतियाले मलाई गाउँकै बेचन अहिरले मलाई दागेका हुन् भन्दै थिइन् बेचन समेतले खून डाँका गरेमा विश्वास लाग्छ