निर्णय नं. २१९ - जग्गा जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१९ - जग्गा जालसाजी भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/१०/२४ २६१८ निर्णय नं. २१९ ने.का.प. २०२० फुल बेञ्च माननीय का.मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री फौ.फु.नं. ३९ निवेदक, वादी : पन्नालाल थारु समेत विरुद्ध विपक्षी, प्रतिवादी : उमालाल थारु समेत मुद्दा : जग्गा जालसाजी (१) विधवा अंशधनको २ नं–पोइल गइसकेपछि अघिल्लो लोग्नेको सम्पत्तिमा लिनुदिनु गरेको व्यवहार सदर मान्न नमिल्ने । ...निवेदकहरूकी आमा छरवैन ०७ सालमा पोइल गएको देखिन ठर्हन आएकोले विधवा अंशधनका २ नं.ले पोइल गैसकेपछि अघिल्लो लोग्नेको सम्पत्ति लिई जान नहुने हकवालाको हुने । त्यस्तो सम्पत्ति ०६।३।३। को दृष्टिबन्धकी तमसुक १०००१ मा ०७ सालमा पोइल गईसकेपछि ०८ साल आषाढ २७ गतेमा थप लिएको ८४२१ लिनु दिनु गरेको व्यवहार सदर मान्न नमिल्ने हुनाले सो ८४२१ आठहजार चारसय एक्काइस रुपैयाँ बदर हुने । (प्रकरण नं. १८) निवेदक तर्फबाट : एडभोकेट मधुप्रसाद विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा फैसला १. यसमा डिभिजन बेञ्चबाट ०१८।१२।२०।२ मा फैसला भएउपर दोहर्याईपाउँ भन्ने निवेदकहरूको सर्वोच्च अदालत नियमावली, २०१३ को शंसोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ नियम ६३ अन्तर्गत दोहरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रसतुत मुद्दा हेर्दा, २. बाजे छली परलोक भएपछि बाबुहरू भाइ भिन्न भई बाबु कैलुका भागमा मदनपुर बजेलिया २ मा मौजाको जग्गा बिगाहा ६६।३।।।४ भागमा परी बाबुका नाउँमा दर्ता भईरहेको र बाबुले २ स्वास्नीमा जेठी आमापट्टि अन्यायीको खोलुटु कुसम्लाल २ भाइ र कान्छीपट्टि हामी पन्नालाल दसनलाल २ भाइ भएकोमा बाबु जीवीत छँदै मदनपुरको ६।।।२ जग्गा बाबुले जीविका लिई बाँकी जग्गा विगाहा ५६।।१।।।४ मा दुवै मौजाको गरी जम्मा ३० विगाहा जेठीआमा पट्टिका अन्यायवाला २ जनाले अंश लिई दर्तासमेत गराई मानु छुट्टी बेगलै बसेको र बाँकी हामी नाबालकहरूको भाग मदनपुरको २९।।१।।।४ र बाबुको जिविकाको ६।।।२ समेत ३६।३ ।।।४ बाबुको नाउँमा दर्ता कायम राखी बाबुसमेत सगोलै बसी भोगेको । बाबु परलोक भएपछि २०।२५ बर्ष उमेरकी हाम्री आमा झगरु माझीसंग पोईल गईसकेपछि हामी नाबालक हुँदा बाबुकै नाउँमा दर्ता कायम रहेकोमा जेठीआमा पट्टिको दाजु अन्यायवाला खोलटु कुसमलालले हाम्रो जग्गा धनमालसमेत रेखदेख गरी आएको पछि दाजु खोलटु माहिला बाबु तेजनारानको छोरा उमालाल पोइला गईसकेकी हाम्रो आमा छेर्नीसमेत मिली बाबुका नाउँमा दर्ता रहेको जग्गा पोइल गई छोरा छोरी समेत पाईसकेकी आमा छेर्नीका नाउँमा दर्ता गराई नमालुम कुन मितिमा हो दाजु खोलटु साक्षी र उमालाल साहु भई आमाबाट लिखत गराएको बुझिएको हाम्रो स्याहार गर्ने दाजु कुसमलालले ०६।७।३।, ६।७।२।३ समेतमा बिन्तिपत्र दिँदा दिँदै त्यसको वास्तै नगरी हामीहरूको जम्गा ४।५ बर्ष देखि उमालालले खाईरहेकोले निवेदन गरेका छौं । पोइला गएकी आमाबाट गरेको व्यवहार बदर गरी हाम्रो जग्गा फिर्ता गराई दाखेल दर्ता गरी पाउँ भन्ने वादीहरूको ०१३।९ बेगतेको निवेदनपत्रमा सर्वोच्च अदालत दौडाहा श्री माननीय न्यायाधीश रंगनाथबाट विराटनगर अमिनीकै व्यहोरा साँचो भए ठाडै बुझी ऐन सवालबमोजिम गर्नु भन्ने ०१३।९।२१ को आदेश । ३. हाम्रो बाबु मरेको ८ बर्ष भयो भनी गाउँका मानिस भन्छन । आमा पनि सोही सालमा पोइल गएकी हुन । जग्गा आमा पोइल गएपछि दाजु खोल्टुले खाएको र ४।५ बर्षदेखि उमाला