निर्णय नं. २७१३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२० २००६ निर्णय नं. २७१३ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४२ सालको रिट नं. २३४० आदेश भएको मिति : २०४३।४।२०।२ मा निवेदक : कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित का.न.पं.वडा नं.१० बानेश्वर स्थित होटल एभरेष्ट इण्टर नेशनल लिमिटेडको तर्फबाट अधिकार प्राप्त गरेको व्यवस्थापक एभरेष्ट सेराटन होटलका पर्सनल मैनेजर ईश्वरलाल मानन्धरसमेत विरुद्ध विपक्षी : विष्णुप्रसाद न्यौपाने का.न.पं.वडा नं.१० नयाँ बानेश्वरसमेत विषय : उत्प्रेषण (१) निवेदकलाई बर्खास्त गर्ने गरी भएको निर्णय उपर परेको पुनरावेदन मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(४) अनुसार कारखाना निरीक्षकले स्वयं गर्नुपर्नेमा सो बमोजिम नगरी पेश भएको टिप्पणीमा उपरोक्त राय अनुसार भनी सदर गरेको देखिन आएकोले न्यायिक मनको प्रयोग गरी निर्णय गरेको भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षीको मिति २०४१।९।२६ को टिप्पणी सदर निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षिप्तमा निम्न प्रकार छ : २. म होटल एभरेष्ट सेराटनमा ३ जुन १९८२ देखि काम गर्दै आई आफ्नो काम अनुसार ६ जुन १९८३ मा प्रमोशन समेत पाई काम गर्दै आएकोमा मलाई बर्खास्तको सूचना कुनै पनि नदिई हाजिर हुन पनि नदिई जबरजस्ती प्रहरी समेत लगाई बिना कारण कामबाट निकालिएकोले कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१(३) मा निर्दिष्ट समयभित्र उजूर गरेको छु गैरकानुनी कारवाही बदर गरी पुनः आफ्नो पदमा बहाल गरिपाउँ भनी क्यासियर विष्णुप्रसाद न्यौपानेले मिति २०४१।५।१० मा दिएको उजूरीमा यसमा संलग्न कागजात अध्ययन गर्दा उजूरवाला श्री न्यौपानेलाई होटल एभरेष्ट सेराटनले मिति ३०।७।१९८४ को पत्रद्वारा गरेको निष्कासन त्रुटिपूर्ण देखिएकोले उक्त मितिको निष्कासन पत्र बदर ठहर भएको व्यहोरा जानकारी होटल एभरेष्ट सेराटनलाई गराई गरी सदर भन्ने समेत व्यहोराको कारखाना निरीक्षक श्रम कार्यालय बागमती अञ्चल श्रम विभागको मिति २०४१।९।२६ को टिप्पणी सदर निर्णय । ३. यो निर्णयमा चित्त बुझेन भनी होटल एभरेष्ट सेराटनले दिएको पुनरावेदनमा यसमा प्रस्तुत विषयमा प्रचलित नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ अनुसार यस मन्त्रालयमा पुनरावेदन लाग्न सक्ने नदेखिएकोले सोही व्यहोरा जानकारी दिने मिति २०४२।१।३१ मा निर्णय भएकोले अनुरोध गरेको छु भन्ने समेत व्यहोराको यस श्रम तथा सामाजिक कल्याण मन्त्रालयको मिति २०४२।२।१ मा होटल एभरेष्ट सेराटनलाई दिएको जानकारी पत्र । ४. विपक्षी विष्णुप्रसाद यस होटलको क्यासियर पदमा काम गर्दै आउनु भएकोमा २६ जुन १९८४ को दिन आफ्नो ड्यूटीका समयमा काम नगरी सुती राखेको होटलको महाप्रबन्धकले देखेको र निजसँग स्पष्टीकरण माग्दा गल्ती लुकाउने प्रयास गरी गरेको स्पष्टीकरण पेश गरेको पनि सन्तोषजनक नभएकोले पुनः खराब आचरण नगर्न लिखित नसिहत दिइएको थियो यसरी पटक पटक खराब आचरण गरेकोले बाध्य भई कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ५१ तथा होटलको सेवा शर्त