निर्णय नं. ३१४८ - उत्प्रेषण्को आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१४८ - उत्प्रेषण्को आदेश जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/११ २५४२ निर्णय नं. ३१४८ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको रिट नं. १७०७ विषय : उत्प्रेषण्को आदेश जारी गरिपाउँ । निवेदक : इलाम जिल्ला इलाम नगर पञ्चायत वार्ड नं. ६ बस्ने पूर्ण बहादुर श्रेष्ठ । विरुद्ध विपक्षी : ऐ. ऐ. वार्ड नं. २ बस्ने विष्णु कुमारी श्रेष्ठ । मालपोत कार्यालय इलाम मा.पो.अ.प्रेम प्रसाद वली । आदेश भएको मिति: २०४४।३।११।५ मा सूचना प्रकाशित गरेको म्यादमा कोही नआएको एक भाग हकदार स्वास्नी समर्थित भइरहेको प्रमाणबाट देखिनाले मु. ऐन अपुतालीको २ नं. ज.प.का. २(क) तथा मालपोत ऐन, ०३४ को दफा ८ बमोजिम स्वर्गीय पद्म बहादुरको हकमा जग्गा निजकी स्वास्नीको नाउँमा नामसारी गरिएको भन्ने उल्लेख भएबाट निवेदकलाई मालपोत कार्यालय इलामले प्राकृतिक न्याय सिद्धान्त विपरीत अतिक्रमण गरी निर्णय गर्‍यो भन्न नमिल्ने । (प्रकरण नं. ९) मालपोत कार्यालय इलामबाट नामसारी गर्ने कारवाहीको निमित्त हकदारको नाममा जारी भएको १५ दिने सूचना सम्बन्धमा निवेदक यस अदालतमा आएको नहुँदा रिट निवेदकको जिकिर नै नमिलेकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाटःX विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोरप्रसाद सिंह उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न रहेछ । २. मेरो अंश मुद्दा परी पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३३।५।२१ को फैसला अनुरुप ०४१।३।५ मा बण्डा छुट्याई मैले पाउने भाग मेरो नाउँमा दा.खा. नामसारी समेत भइसकेको छ । ०४१।३।५ को मुचुल्काले लोग्ने पद्ममबहादुरको नाममा बाँकी रहेको सम्पत्ति निज लोग्ने ०३९।६।२५ मा परलोक भई अपुतालीको १ नं. ले मेरो हक हुन आउने हुँदा मेरा नाउँमा दा.खा. नामसारी गरिपाउँ भन्ने विपक्षी विष्णु कुमारी श्रेष्ठको ०४१।११।१८ तथा ०४२।३।१२ को निवेदन परेकोमा ०४१।३।५ मा छुट्याएको बण्डा मुचुल्का अनुसार भीमबहादुर श्रेष्ठको नाउँमा दर्ता भएको इलाम नगरपञ्चायत वडा नं. ६(घ) कि.नं. ३२, ३३, ३७, ३८, ३९ समेतको ५ कित्ता जग्गाको जम्मा रोपनी ५६।५।२।३ मध्ये तीन भागको एक भाग पदमबहादुरको भागमा पर्न आएको रोपनी १८।१२।२ मध्ये तीन भागको एक भाग रोपनी ६।४।०।३ को जग्गा ०४१।९।२५ को निर्णयानुसार विष्णु कुमारीको नाउँमा दा.खा. नामसारी भइसकेको र कि.नं. १२७, १२९, १३१, १३५ को जग्गा भीमबहादुर श्रेष्ठको नाममा बाँकी रहेकोमा पदमबहादुरको भागमा परी बाँकी रहेको १२।८।१।२ को जग्गा विष्णु कुमारीको नाउँमा नामसारी गरिदिने भन्ने विपक्षी मालपोत कार्यालय इलामको ०४२।६।७ को निर्णय पर्चा भएको छ । ३. दर्तावाल अमबहादुर तथा निजको उत्तराधिकारी म निवेदकलाई बुझ्दै नबुझी कुनै जनाउ नै नदिई सिधै विपक्षीको नाममा दा.खा. नामसारी गर्ने गरेको र अपुताली हक कस्को भन्ने न्यायिक निराकरण हुनुपर्ने कुरामा रजिष्ट्रेशनको ३५ नं. बमोजिम हक बेहक छुट्याई ल्याउनु भनी सुनाइदिने बाहेक दा.खा. नामसारी गर्ने आदेश गर्ने अधिकार विपक्षी मालपोत अधिकृतलाई नहुँदा सो निर्णयपर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ । ४. यस्मा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश कि