निर्णय नं. २२० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने भाग: ६ साल: २०२० महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/११/३० २८८१ निर्णय नं. २२० ने.का.प. २०२० फुल बेञ्च माननीय का.मु.प्रधान न्यायाधीश श्री भवगतीप्रसाद सिंह माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेनद्रबहादुर सिंह रीट नं. २५/८० निवेदक : अनङ्गमान शेरचन विरुद्ध विपक्षी : आर.टि.ओ. का चीफ इन्जिनियर विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने (१) कानूनमा अन्य कुनै उपाय भएमा रीट जारी हुन नसक्ने । आर्विट्रेशन गराई माग्ने निवदकको कानूनी अधिकारमा कुनै आघात पारेको छैन भन्ने बी.बी. कार्कीको प्रतिवाद भएको र माथि उल्लेख गरिएअनुसार मध्यस्थद्वारा निर्णय भई नसकेको । मध्यस्थको निर्णय हुन बाँकी नै देखिन आएकोले मध्यस्थद्वारा आफ्नो झगडा निवटारा गराउन पाउने कानूनी उपाय रहे भएकै देखिन ठर्हन आएकोले यस्तो अवस्थामा निवेदकको हक अधिकार प्रचलनको लागि अन्य कानूनी उपाय नभएको भन्न मिल्ने देखिएन । मध्यस्थको निर्णय भईसकेको ०१९।११।९ को निवेदकलाई दिएको सूचनामा उल्लेख भएको निर्णयलाई प्रशासकीय हैसियतले गरेको ठहराई रीट लाग्न नसक्ने गरी ७ दिनभित्र चीफ इन्जिनियरहरूले नियुक्त गरेको मध्यस्थ समक्ष आफ्नो केश पेश गर्नु भनी निवेदकलाई सूचना दिने ठहराएको श्री मा.न्या ईश्वरीराज मिश्रको राय मनासिव छ । (प्रकरण नं. २२) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे, एडभोकेट मधुप्रसाद शर्मा विपक्षी तर्फबाट : श्री एटर्नी जनरल आदेश १. यसमा डिभिजन बेञ्चबाट ०२०।४।३।५ मा राय बाझी आदेश भएकोमा सर्वोच्च अदालत नियमावलीको दफा ३१ बमोजिम पेश हुन आएको मिसिल हेर्दा, २. नेपाल विकास समिति ऐन, २०१३ बमोजिम गठिन आर.टी.ओ. (रिजनल ट्रान्सपोर्टेशन अर्गनाईजेशन) बाट माग भएको टेण्डर दिई सो आर.टी ओ. बाट बनाई पोखरा सुनौली सडक हृयुम पाइप गाड्ने ईट ढुंगा तथा काठका पुल र तीनवटा पुल बनाउने १ मिलको ग्रेडिङ काम सहित १७ मिल पिच गर्ने काम र पहाड खनाइको काममा १ मिल ग्रेडिङ गर्ने १२ वटा पुल र अन्य २ काठका पुल र रीटेनिङ पर्खालहरू बनाउनेसमेत कामको ठेक्का निवेदकले लिएको थियो । शर्तबमोजिम विपक्षीले दिनपर्ने मिसिन तयारी रूपमा दिन नसकेकोबाट काममा बाधा परको र लकडी सिमेण्ट पुलको नमूना दिन नसकेकोबाट काममा हर्जा भईरहेको र मासिक भुक्तानीसमेत नभएको कुरामा हाम्रोतर्फबाट बराबर लेखापढी भईरहेको थियो । ३. आर.टी.ओ. का स्थानीय कर्मचारीहरूले असहयोग गर्न थाले र आखिर प्रोजेक्ट छाडी हिंडी दिएकाले काम अलपत्रै रोकियो । आर.टी.ओ.बाट प्रस्ट तवरले एग्रीमेण्टका शर्तको पालना गरिएन र आर.टी.ओ. विघठनको सिलसिलामा भन्ने जनाई ता.३१ जनवरी १९६३ का दिन देखि नवेदकको ठेक्का खारेज गर्ने इत्यादी व्यहोराको एग्रीमेण्टको दफा १८ बमोजिम चेयरम्यान बी.बी कार्कीको पत्र प्राप्त भई आफ्नो कलमको सम्बन्धमा पुनः निवेदककोतर्फबाट वकीलले आफ्नो माग दोहर्‍याउनु भयो । ४. त्यसपछि तपाँई र तपाँईका वकीलको पत्र ध्यानपूर्वक विचार भई जति दिन उचित थियो, तिरी सकिएको छ । अब कुनै दावालाई मान्यता दिइने छैन । तपाँईको काम सुस्तीले ३६ प्रतिशत भएको छ । त्यसकारण तपाँईले बैनाको रूपमा राख्नु भएको रुपैयाँ तपाँईसित भएको कण्ट्राक्टको समेत प्रोभिजनको दफा १९ अन्तर्गत जफत हुनेको जिम्मेदार तपाँई स्वयंले आफूलाई गराउनु भएको छ । त्यसकारण चीफ इन्जिनीयरहरूका अर्डर मुताविक तपाँईले धरौट जमानी राख्नु भएको डिपोजिटहरू १९६०१२ जफत हुन्छ र रु. २६०३६५।११ को जमानत फुकुवा गरिने छैन ।