निर्णय नं. ३१४९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१४९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०५/३० २५४७ निर्णय नं. ३१४९ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रि.नं. १७९० विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.सुनसरी सिमरीया गा.पं. वडा नं. १ बस्ने टेढु माझी थारु । विरुद्ध विपक्षी : जि.सुनसरी दुहवी गा.पं. वार्ड नं. ६ बस्ने जगरनाथ प्रसाद रौनियार । भूमि सुधार कार्यालय, सुनसरी । सिमरीया गा.पं. कार्यालय सुनसरी । आदेश भएको मिति: २०४४।५।३०।३ मा मोहीको हदबन्दी भन्दा बढी जग्गा कमाएको हुँदा जग्गा प्राप्त गर्ने भन्ने उजूरी परेपछि पठाएको म्याद व्यहोरा खुलाई रीतपूर्वकको गएको नदेखिएबाट निवेदकलाई प्रतिवाद गर्न उचित मौका दिएको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ११) टिप्पणीको ढाँचामा लेखिएको आदेशलाई निर्णयको दर्जा दिनु कानूनले मिल्ने देखिन नआउने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी तथा विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकार रहेछ । २. एक परिवारमा ४–०–० मात्र कमाउन पाउने कानूनमा उल्लेख भएकोमा मैले ८–९–१० जग्गा कमाएकोले कानून बमोजिम कार्यवाही गरिपाउँ भनी विपक्षी जगरनाथप्रसादले म निवेदकका विरुद्ध विपक्षी नं. २ समक्ष मिति ०४१।९।१९ मा दिएको उजूरी निवेदनमा श्रेस्ता अनुसार निजको नाउँमा ९–७–१ को मोही कायम भएको देखिएको र म्याद पठाई प्रतिवाद गर्ने मौका दिएकोमा तामेली म्यादमा हाजिर नभई कुनै प्रतिवाद नगरी चुप लागी बसेको हुँदा भू.सं. ऐन, २०२१ को दफा ८ अनुसार एक परिवारले राख्न पाउने ४ बिगहा भन्दा बढी मोही हक पाउन नसक्ने भएकाले निजको ५–१–२ जग्गा मोही हदबन्दी भन्दा बढी देखिन आएको भनी टिप्पणी आदेशको रुपमा मिति ०४२।३।१६ मा निर्णय भएको रहेछ । ३. सो निर्णय टिप्पणी आदेशको रुपमा भएको र मोहियानी हदबन्दी सम्बन्धमा भू.सं. नियमहरू, २०२१ को नियम १४ मा वर्णित कार्यविधिको अक्षरशः अनुसरण नगरी म निवेदकलाई आफ्नो प्रतिवाद गर्न पाउने अधिकार समेतबाट वञ्चित गरी भएको उक्त मिति ०४२।३।१६ को निर्णय र बाली रोक्का गर्ने गरिएको मिति ०४२।७।१५ को सूचना उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानून बमोजिम निर्णय गर्नु भन्ने परमादेश जारी गरिपाउँ भन्ने समेत व्यहोरा रिट निवेदन जिकिर रहेछ । ४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो लिखितजवाफ पठाउनु भन्ने समेत व्यहोराको यस अदालत सिंगल बेञ्जको मिति ०४२।८।२।१ को आदेश । ५. विपक्षीले भू.सु.का. बाट जारी भएको म्याद मिति ०४१।१२।३ मा बुझी प्रतिवाद गर्न दिइएको अवसरबाट स्वयं वञ्चित भएको स्वीकार गर्नुभएकोले भू.सं. नियमहरू, २०२१ को नियम १४ अनुरुप तथा कानूनमा वर्णित कार्यविधिको प्रतिकूल निर्णय भएको कुरा स्वयंमा विरोधाभाष छ । भूमिसम्बन्धी ऐनको दफा ८ बमोजिम विपक्षीको परिवारले मोहीको हैसियतले ४ बिगहा सम्म मात्र जग्गा कमाउन पाउने कानूनी व्यवस्था अनुरुप निजको नाममा मोहियानी हक कायम राखी निर्णय भएको हो । ६. म प्रत्यर्थीको नाममा रहेक