निर्णय नं. २७१४ - अवैध घडी पैठारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१४ - अवैध घडी पैठारी भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२३ २२६४ निर्णय नं. २७१४ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको फौ.पु.नं.५६८ फैसला भएको मिति : २०४३।४।२३ मा पुनरावेदक/वादी : त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौं विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला बर्दिया गुलरिया जन्म भई हाल का.न.पं.वडा नं.१० बानेश्वर बस्ने विष्णुप्रसाद शर्मासमेत मुद्दा : अवैध घडी पैठारी (१) अनुमान प्रमाण होइन, न्यायिक निर्णय हुँदा न्यायकर्ताले वस्तुस्थितिको विषयमा जानकारी लिने सामान्य प्रकृया मात्र हो । (प्रकरण नं. २३) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी भन्सार कार्यालयको यस अदालतमा निवेदन पर्दा मिति २०३९।११।२५।४ मा यस अदालत डिभिजनबेञ्चबाट अनुमति प्रदान गर्न मिलेन भन्ने भएको आदेशमा न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा त्रिभुवन भन्सार कार्यालयले दिएको विन्तीपत्रमा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने भएको हु.प्र.बमोजिम यस अदालत फुलबेञ्चबाट अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. २०३७ साल फाल्गुण ४ गते हङकङबाट दिनको ३ बजे आएको ए.बी.एन. जहाजमा अवैध सामान लुकाई ल्याएको छ, भन्ने विश्वस्त शुत्रबाट थाहा भई प्रमुख भन्सार अधिकृत नारायणप्रसाद शर्मा, भन्सार अधिकृत माधवप्रसाद श्रेष्ठ, ना.सु.श्री केदारकुमार सिलवाल, आर. एन.ए.सी. का ग्राउण्ड इन्जिनियर गणेशचन्द्र ठकुरी, विष्णुभक्त श्रेष्ठ तथा टेक्नीसियन भिमबहादुर अधिकारी समेतको रोहवरमा जहाजको विभिन्न स्थानमा तलासी गर्दा ककपिटको दाहिने तर्फको अक्सिजन प्यानलबाट भेटिएको सिटिजन अटोमेटीक जेम्स डे. एण्ड डेट चेन सहितको घडी थान ४०, लेडिज घडी का मुममेन्ट (अर्ध तयारी पूर्जा) ४००, ककपिटको देब्रे पट्टीको च्यानलबाट फेला परेको नेशनल भिडियो क्यासेट ३, ककपिट पाइलट बस्ने सिट पछाडि फेला परेको जानीवाकर रेडलेवस्त व्हीस्की २, चार्ली १, डुटलक २, ट्रेक सुजीर १, लेडीज सेन्डल जुत्ता १ जोर जहाजको अगाडिको ट्वाइलेट भित्र फेला परेको नेशनल भिडियो क्यासेट २ स्कप भिडियो क्यासेट १ सानियो १७०० एच टुईन वन १, एडपटर २, भिडी १ फेला परेको मिति २०३७।११।४ को मौका मुचुल्का । ३. यस सम्बन्धमा मलाई कुनै जानकारी छैन ती सामानहरू कसले लुकाएका थिए मलाई केही थाहा छैन, जहाज खानतलासी हुँदा अवैध सामान निस्केको भन्ने म घर गइसकेपछि हल्ला सुनेको थिएँ । आर.एन.ए.सी. को उक्त जहाज हङकङबाट काठमाडौंसम्म सुरक्षापूर्वक लिएर आउने उत्तर दायित्व तथा अधिकार पाइलटको हुन्छ मैले जहाजको चेकलिष्ट अनुसार चेक गरेको हुँ सो सबै इन्डीकेटरले ठीकै देखाएको हुँदा उडान योग्य सम्झी उडाइ ल्याएको हुँ । यसबारे हामीलाई थाहा हुन सक्ने कुरै आउँदैन । चेक लिष्ट बमोजिम चेकिङ म समेत तिनै जना क्याप्टेन ए.वी. श्रेष्ठ, फ्लाइट इन्जीनियर यू.के. काफ्ले मिली गरेका थियौं । क्रु मैम्बरहरू कसैलाई पनि जहाजको कुनै पार्टपूर्जा खोल्ने बन्द गर्ने अधिकार छैन हङकङबाट बैंककसम्म पाइलटको हैसियतले उडेको थिएँ । बैंकक देखि काठमाडौंसम्म बायाँतर्फ