निर्णय नं. ९०६२ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०६२ - कर्तव्यज्यान भाग: ५५ साल: २०७० महिना: माघ अंक: १० फैसला मिति :२०६९/१२/२३ ३४६१ नेकाप २०७० अङ्क १० नि.नं.९०६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला मिति : २०६९।१२।२३।६ ०६८–RC–०११५ मुद्दा : कर्तव्यज्यान । वादी : सुकमाया विश्वकर्माको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : खोटाङ जिल्ला, खाल्ले गा वि स वडा नं ९ बस्ने रामबहादुर विश्वकर्मासमेत § मृतकसँगको सम्बन्धको कारण मृतकको मृत्यु आफ्नो कर्तव्यबाट भएको कुरालाई स्वीकार गर्दै प्रतिवादीले अनुसन्धानमा आफूले कसूर गरेकोमा साबिती बयान गरी सो वारदातमा अन्य कसैको मद्दत नरहेको र पछि अदालतमा समेत सोही बयानलाई पुष्ट्याइँ गर्ने गरी बयान गरेको देखिएको कुरालाई शव परीक्षण प्रतिवेदनले पुष्ट्याइँ गरेको हुँदा प्रतिवादीको साबिती बयान सर्वोत्कृष्ट प्रमाण भएको र त्यसको मिसिलसंलग्न अन्य वस्तुगत प्रमाणहरूबाट पुष्ट्याइँ भएको देखिएबाट प्रतिवादी कसूरदार हैनन् र निर्दोष नै हुन् भनी भन्न नसकिने । (प्रकरण नं.५) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : ज्यानसम्बन्धी महलको १३(३) शुरू खोटाङ जिल्ला अदालतमा फैसला गर्ने : मा.न्या.श्री दयानाथ खरेल पुनरावेदन अदालत, राजविराजमा फैसला गर्ने : मा.न्या.श्री शम्भुबहादुर खड्का मा.न्या.श्री कुमार चुँडाल फैसला न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६८।१।२८ को फैसला साधक जाँचको लागि यस अदालतमा प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : मिति २०६६।१।२८ गते मेरी जेठी श्रीमती देशविरा विश्वकर्मा घरबाट सरसमानसहित बेपत्ता भएकी हुँदा खोजतलास गरीपाऊँ भन्नेसमेत व्यहोराको खाल्ले –९ बस्ने रामबहादुर विश्वकर्माले मिति २०६६।२।१ गते दिएको हुलिया निवेदन । खोटाङ जिल्ला, दिक्तेल गा.वि.स.वडा नं. ६ स्थित वातलको लखुरी जङ्गलमा बेवारिसे अवस्थामा महिलाको लास फेला परेको, सो लासको अनुहारमा कालो माटोले पोतिएको, रगत लागेको, नाकको दुबै प्वालमा रगत माटो लागि बन्द भएको, बायाँ कानको लोती च्याती झुण्डिएको, दायाँ लोती च्यातिएको, मुख अर्ध खुल्ला रहेको, घुँडाहरूमा घस्रिएको नीलडामहरू देखिएको, टाउकाको थाप्लोको बायाँ भागमा धारिलो हतियारले काटिएकोजस्तो चोट र टाउकाको पछाडिपट्टिको भाग घुच्चुकमा २ वटा चोट देखिएको भन्ने व्यहोराको मिति २०६६।२।५ मा भएको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का । खोटाङ जिल्ला, दिक्तेल गा.वि.स.वडा नं. ६ स्थित वातलको लंखुरी जङ्गलमा महिलाको बेवारिसे अवस्थामा लास फेला परेको हुँदा उक्त लासको मुचुल्कासमेत गरी लासलाई पोष्टमार्टम गर्न जिल्ला अस्पतालमा ल्याई राखिएको हुँदा कानूनबमोजिम जाहेर गरेको छु भन्ने व्यहोराको प्र.स.नि.मनिष थापाको प्रतिवेदन । गहुँगोरी ५ फिट उचाई, बाक्लो लामा कपाल, मझौला शरीर, रातो कुर्था सुरूवाल, रातो रबरको चप्पल, निलो हरियो पोते लगाएकी, सेतो सल ओडेकी धर्के लेडिज ब्यागभित्र रातो फिक्का सारी, निलो ब्लाउज, ऊनीको रातो बर्को, लेडिज रातो छाता बोकेकी अं.वर्ष ३०।३५ को बेवारिसे महिलाको लास दिक्तेल–६ स्थित वातलको लंखुरी जङ्गलमा फेला परेको उक्त लासको अविभावक खोजतलास गरी लास सनाखतको लागि जिल्ला प्रहरी कार्यालय, खोटाङबाट मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा तत्काल गरिएको परिपत्र सञ्चार र स्थानीय एफ.