निर्णय नं. ३१५० - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१५० - उत्प्रेषण समेत भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/१८ २२६९ निर्णय नं. ३१५० ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रि.नं. १५२८ विषय : उत्प्रेषण समेत । निवेदक : धनुष ट्रेडर्स जनकपुरको प्रो.जनकपुर न.पं. वा.नं. ५ बस्ने रमेशप्रसाद सराफ । विरुद्ध विपक्षी : कर कार्यालय जनकपुर । कर विभाग लाजिम्पाट । आय निर्धारण समिति विघटन भई अर्थ मन्त्रालय । माध्यमाञ्चल क्षेत्रिय अदालत काठमाडौं । आदेश भएको मिति: २०४४।४।१८ मा आयकर ऐन, २०३१ को दफा ४०(१) मा उल्लिखित व्यवस्था मुताविक जम्मा ४ जना सदस्य र एकजना अध्यक्ष भएको समिति गठन गर्न सक्ने नै देखियो, ४ जना भन्दा कम सदस्य जति पनि रहन सक्ने कुरा उक्त व्यवस्थाले प्रष्ट गरेको र ३ जना सदस्य तोकी १ अध्यक्ष त्यसबाट तोक्नु उल्लिखित व्यवस्थाको विपरीत मान्न नमिल्ने । (प्रकरण नं. १०) आयकर निर्धारण गर्दा आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम सूचना निवेदकलाई दिई उक्त सूचनामा दफा ३३(२) मा व्यवस्थित देहायका (क) देखि (छ) सम्मको कुन आधारमा आय निर्धारण गर्न लागिएको हो स्पष्ट खुलाइएको हुनुपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशिल कुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान उप-न्यायाधिवक्ता श्री आत्मा राम भट्टराई उल्लेखित मुद्दाःX आदेश न्या.हरगोविन्द सिंह प्रधानः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. आयकर (संशोधन सहित) ऐन, २०३१ को दफा ४०(१) को विपरीत गठित अनाधिकृत आय निर्धारण समितिले निवेदकलाई कुनै सूचना नै नगरी मिति ०४१।३।४ मा पर्चा खडा गरी यस धनुष ट्रेडर्सको खुद आय रु. १,०४,२००।६५ अनाधिकार कायम गर्नुभएको र कर अधिकृतले त्यसमा कर रु. ४१,०३५।३६ निर्धारण गरी मिति ०४१।३।६ मा आयकर निर्धारण गरी पठाउनु भएकोमा चित्त नबुझी कर विभागमा निवेदन गर्दा कर विभागले सुनुवाइको मौकै प्रदान नगरी, बुझ्नु पर्ने प्रमाण नबुझी कर निर्धारण आदेशलाई मनासिब ठहर्याउनु भएको ०४२।१।५ को बोधार्थ पत्रद्वारा सूचना गर्नु भएकोमा चित्त नबुझी म.क्षे.अ.मा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन गर्दा पुनरावेदनको अनुमति नहुने भनी ०४३।१।२२ मा निर्णय गर्नुभएकोले गैरकानूनी हुँदा रिट निवेदन दिनु परेको छ । निवेदकले अनुमानित खुद आय रु. ६,५००।– देखाई प्रस्तुत वर्षको लागि आय निर्धारण समितिको फाराम भरी मिति ०३३।२।२६ मा कर कार्यालय जनकपुरमा आय विवरण दर्ता गराएकोमा तत्कालिन आय निर्धारण समितिमा पेश गर्नुपर्नेमा सो गर्नु नभई आयकर ऐन तेश्रो संशोधन ०३७।६।२ देखि लागू भएको मितिले १ वर्ष भित्र खुद आय निर्धारण गराई कर निर्धारण आदेश गर्नु पर्नेमा सो नगरेबाट आय कर ऐन, ०३१ को दफा ३३(१) को म्याद नाघेकोेले पेश गरेको आय विवरण अकाट्य भइसकेको देखिन्छ । त्यसमाथि पनि अधिकार क्षेत्रमा त्रुटि गर्नुभएको प्रष्ट छ । आयकर नियमावली, २०३९ लागू भएपछि रु. ४०,०००।– घटी आय हुने करदाताले आय निर्धारण समितिका फाराम भरेकोमा सो फाराम साना करदाताको आय निर्धारित समितिमा नियम २७(१) अनुसार पेश गर्नु पर्नेमा सो पनि पेश नगरेको अधिकार क्षेत्रको त्रुटि भएको छ । आय निर्धारण समितिले आय कर ऐनको दफा ३३(२) को अधिकार प्रयोग गरी निर्णय गर्दा दफा ३३(४) बमोजिम सूचना दिनु पर्ने बाध्यता छ । आयकर निर्धारण आदेशको कानूनी मान्यता