निर्णय नं. २७१५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७१५ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/२४ २०३२ निर्णय नं. २७१५ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ५५२ फैसला भएको मिति : २०४३।४।२४।६ मा पुनरावेदक/वादी : फकिरे लोधको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : बाँके नेवाजी गा.पं.वडा नं.१ बस्ने सुमिरन कलवारसमेत मुद्दा : कर्तव्य ज्यान (१) शंका एवं अनुमानको भरमा प्रतिवादीहरूको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न न्यायसंगत हुँदैन । (प्रकरण नं. २६) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री राजेन्द्रराज पन्त फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी बमोजिमको सजायँ प्रतिवादीहरूलाई गरिपाउँ भनी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. मिति २०३८।१०।१ गते बाँके शिवपुरी गाउँ पञ्चायत वडा नं.५ पञ्च पक्रा गाउँनिर लास परी रहेको भन्ने सुनी गई हेर्दा १६ वर्षको मानिसको लाश च्यादरमा सुताएको देखि सो लाश कुरुवा राखी प्रतिवेदन गर्न आएको छु । काल वा कर्तव्य के हो छुट्याई कानुन बमोजिम गरी पाउँ भन्ने प्र.ह.भक्तबहादुर सिजापतिको प्रतिवेदन । ३. लाशको दायाँ आँखा फुटेको, गलामा छुरा हानेको जस्तो घाउ, घाँटी काटी ४ इन्चको घाउ भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. लाश हेरी सनाखत गरें मेरो छोराको लाश हो भन्ने फकिरेलोधको सनाखत कागज । ५. मेरो छोरा वर्ष १८ को बाबादिनलोध ५–६ दिनदेखि बेपत्ता भएको पञ्चपक्रा गाउँदेखि दक्षिण प्रहरीले निजको लाश फेला पारी मैले सनाखत गरी दिएको छु । गाउँकै बेचु दयाल बाहूनको छोरीसँग बाबा र गाउँमै सुमरन कलवारको बसउठ थियो भन्ने सुनेको थिएँ । सो कुरामा बाबादिन र सुमिरन कलवारको दुश्मनी थियो र छोरीसँग बसउठ भई भन्ने कुरा बेचु दयालले मनमा रिसइवी लिएको थियो म समेत ३ भाइका छोरा बाबादिन बाहेक अरु सन्तान नभएको गाउँकै राजा बदन सिंहको खेत हामीले वटैया कमाएकोमा निजले बाली बटैया गरी नदिँदा भू.सु.का.मा उजूर गरी बाली बटैया गरिएको थियो । छोरा बाबादिनलाई मारी दिए पछि हामी ३ भाइको अन्त पछि अरु कसैको मोही हक नलागी जग्गा एकलौटी हुने र छोरा वावादिनलाई मारी दिएपछि दुश्मन साँध्न हुने भन्ने विचारले निजहरूको मिलेमतोबाट ज्यान मारिएको हो भन्ने फकिरे लोधको जाहेरी दर्खास्तपत्र । ६. बाबादिन लोधलाई मैले कर्तव्य गरी मारेको होइन कसले के गरी कर्तव्य गरी मार्‍यो थाहा छैन । मृतक बाबादिन र सुमिरन कलवारको बीचमा झगडा भएको मलाई थाहा छैन । फकिरेले मेरो ५ कठ्ठा जग्गा मात्र मोहीमा कमाएको भए पनि त्यति जग्गाको लागि मार्नु पर्ने कुनै कारण छैन भन्ने समेत बदन सिंह ठाकुरले प्रहरीमा गरेको बयान । ७. मेरो घर र वाबादिनको घर एकै गाउँमा छ मेरो छोरीसँग मृतक बाबादिन र सुमिरन कलवार समेतको बसउठ छैन । मेरो लोग्ने बेच्यू दयालले वावादिनलाई मारेको होइन भन्ने समेत प्र.बेच्यू दयालकी श्रीमती शान्तीदेवीले प्रहरीमा गरेको बयान । ८. नन्कुन्ती भन्ने कुन्तीदेवीको उमेर १५ देखि १६ वर्षको छ निजको योनीक्षेदन भएको छैन भन्ने समेत भेरी अञ्चल अस्पतालको पत्र । ९. मेरो र मर्ने बाबादिन तथा सुमरिन कलवारको कुनै सम्बन्ध छैन गाउँघरको भएकोले भेटे देखेको बेला बोलचाल सम्म हुन्थ्यो भन्