निर्णय नं. ३१५१ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१५१ - कर्तव्य ज्यान । भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०२/२२ २६९० निर्णय नं. ३१५१ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४२ सालको फौ.पु.नं. ३८६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:घनश्याम अर्यालको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: गुल्मी जिल्ला आँपचौर गा.पं. वडा नं. २ बस्ने टिकाराम अर्याल । ऐ.ऐ बस्ने पूर्णकला अर्यालनी । ऐ.ऐ कौशिला बोटेनी । फैसला भएको मिति: २०४४।२।२२।६ मा स्वतन्त्र सबुद प्रमाणको अभावमा आफ्नै स्वास्नी छोरा नाति बुहारी समेतलाई मार्नु पर्ने सम्मको रिसइवी रहे भएको समेत पुष्टि हुन नसकेको अवस्थामा केवल प्रहरीमा भएको साविती तथा पोललाई मात्र आधार बनाई ज्यान जस्तो गम्भीर कसूरमा दोषी ठहर गर्न मिल्ने नभई शंकाको सुविधा अभियुक्तहरूले पाउने । (प्रकरण नं. २३) पुनरावेदक, वादीतर्फबाट: विद्वान उप-न्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.महेशरामभक्त माथेमाः पश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन सहित मिसिलको संक्षिप्त विवरण यसप्रकार छन् :– गुल्मी आँपचौर गा.पं. वार्ड नं. २ बस्ने टीकारामकी श्रीमती निजकै कान्छो छोरा वर्ष ५ को निजकै माहिलो छोरा डिल्लीराज समेतलाई २०३४।३।१७ गते राती कस्का कर्तव्यबाट फलामको घनले हानी गोठमा मारेको र माहिलो छोरा मुर्छित भइराखेको रहेछ ऐ.१८ गते गुमान सिंको छोराले देखी गुहार पुकार गरी छिमेकी जुटी हेर्दा उक्त घटना देखिएको र छिमेकी नन्दरामले गुहार नगरेको र टिकारामकी श्रीमतीसंग झगडा कहिलेकाँही हुने गरेकाले यस्तो कर्तव्य नन्दरामकै भए जस्तो शंका लाग्छ भन्ने समेत २०३४।३।२० को जाहेरी दर्खास्त । २. २०३४।३।१७ गते राती टिकारामकी श्रीमती र निजको छोरा कृष्णप्रसादलाई कर्तव्य गरी मारेको र डिल्लीराजलाई मुर्छित पारी छाडेको र डिल्लीराज उपचार गर्न तम्घास तर्फ लगेका छन् कस्ले कर्तव्य गर्‍यो हामीले देखेनौं भन्ने समेत ठाकुरप्रसाद समेत ६८ जना र नन्दराजसंग मृतकको झगडा हुने हुँदा निजलाई मारेमा नन्दराम उपर शंका लाग्छ भन्ने प्रेमप्रसाद समेत जना ३२ को भनाई भएको सरजमीन मुचुल्का । ३. २०३४।३।१७ गते म मेरा घरमा थिएँ । १८ गते बिहान गोठमा जाँदा त्यो हालत देख्दा म बेहोश भएछु छोरा डिल्लीराजलाई अस्पतालमा लगेछन् श्रीमती र कान्छो छोरालाई कसले कर्तव्य गरी मार्‍यो भन्ने सम्बन्धमा घरायसी रीसबाट नन्दरामले घन प्रहार गरी मारे होला भन्ने विश्वास लाग्छ, घरका परिवार सबैसंग मेल थियो भन्ने मृतकको लोग्ने टिकारामको प्रहरीमा भएको कागज । ४. २०३४।३।१७ गते दिउँसो ३ बजे देखि ऐ.१८ गते बिहान १० बजे सम्म मालिके खोला भजन किर्तनमा छ भनेको सोते सासुसंग अमेल भई बेसी गोठमा बस्ने गरेको झगडाको कारणबाट सासु समेतको कर्तव्यबाट घटना भएको मलाई विश्वास लाग्छ भन्ने समेत प्रहरीमा नन्दरामको कागज । ५. २०३४।३।१७ गते बेलुका टिकाराम र निजको सौतेनी आमा पूर्णकला गोठमा गई मर्नेहरूलाई मार्नु पर्छ भनी घन झिकी मलाई समेत जाउँ भनी टिकाराम पूर्णकला म समेत गोठमा आई मलाई घन दिई मानकादेवीलाई हान्नु त्यसपछि अरुलाई हान्नु भनी पूर्णकलाले सिकाएकोले तलामा चढी मानकादेवीलाई कृष्ण प्रसादले हानी मृत्यु भयो माहिलो छोरालाई हान्दा हात काँपी २,