निर्णय नं. ३१५२ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१५२ - अंश दपोट भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०३/२८ २६१३ निर्णय नं. ३१५२ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ७५७,७७० मुद्दा : अंश दपोट । पुनरावेदक/वादी:जि.धनुषा,जनकपुर न.पं. वडा नं. १४ बस्ने रामेश्वर यादव । ऐ.ऐ बस्ने केसी यादवनी । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने रामलखन यादव । ऐ.ऐ बस्ने मोहन यादव । ऐ.ऐ बस्ने सीताशरण यादव । पुनरावेदक/प्रतिवादी:जि.धनुषा जनकपुर न.पं. वडा नं. १४ बस्ने मोहन यादव । विरुद्ध विपक्षी/वादीःऐ.ऐ. बस्ने रामेश्वर यादव । ऐ.ऐ बस्ने केसी यादवनी । फैसला भएको मिति: २०४४।३।२८।१ मा अंशबण्डाको २७ नं. को व्यवस्था हेरिएमा दबाए छपाएको छैन भनी कागज गरिसकेपछि दबाए छपाएको ठहर्‍यो भने त्यो धनमाल दबाउनेले पाउँदैन, अरु नदबाउने अंशियारले ऐन बमोजिम अंश गरी खान पाउँछन् भन्ने समेतको व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. १८) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव । पुनरावेदक वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.महेशराम भक्त माथेमाः पुनरावेदन गर्ने अनुमति प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यसप्रकार छ : २. विपक्षीहरू उपर अंश मुद्दा दिएको जि.अ. को आदेश बमोजिम मिति २०३५।७।१९ मा दिएको तायदाती फाँटवारीमा विपक्षीहरूको नाउँमा दर्ता रहेको विभिन्न जग्गाहरू सो फाँटवारीमा नदेखाई लुकाई दवाई दपोट गरी अन्याय गरेको हुँदा उजूर गर्न आएका छौं । लुकाई दवाई राखेको रु. १४,५५०।– मोल पर्ने जग्गा अंशबण्डाको २७ नं. बमोजिम एकलौटी खान पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. म रामलखनको नाममा दर्ता रहेको विभिन्न कित्ता गरी २–१५–७ को जग्गा २०३४।९।१५ मा घुघरीवतिलाई राजीनामा दिई निजले लिखत पास मुद्दा दायर गरेकीबाट उक्त जग्गा मेरो हकमा नभएकोले फाँटवारीमा उल्लेख नगरेको हो, दबाए छपाएको छैन भन्ने, म सीताशरण यादवको नाउँमा फिरादमा वर्णित कि.नं. १२१, ६९ र ७० को जग्गामात्र भएको कि.नं. १३ को जग्गा नै नभएकोले फाँटवारीमा उल्लेख गर्नु पर्ने होइन भन्ने र म मोहन यादवको जग्गा पैतृक नभई स्वआर्जनको हुँदा बण्डा गर्नु नपर्ने भएबाट तायदातीमा उल्लेख गर्न नपर्ने र घुघरवती र सुमीत्रा देवीले दाइजो पेवाबाट खरीद गरेको र बकसपत्र पाएको जग्गा हुँदा सो पनि तायदाती फाँटवारीमा उल्लेख गरिरहनु पर्ने होइन तसर्थः हामीले दावी बमोजिम जग्गा दवाए छपाएको नहुँदा वादी दावी खारेज गरिपाउँ भन्ने मोहन यादव समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. वादीले दावी लिएको जग्गा प्र.रामलखनले राजीनामा गरिदिएको भए पनि लिखत पास नहुने ठहरी आजै फैसला भएकोले तायदातीमा उल्लेख गरिरहनु नपर्ने भन्न मिलेन, सीताशरणका नाउँमा दर्ता रहेको कि.नं १२१, १३, ६९ र ७० र मोहनका नाउँको कि.नं. ४३, ११७ र साविक नं ३७५ का जग्गा तायदातीमा उल्लेख नभएको तथ्य प्रतिवादी लेखाईबाट नै समर्थित भएको देखिने र स्वआर्जनको भन्ने प्रमाण पेश नगरेको समेत हुँदा दवाए छिपाएको देखिन आएकोले अंश दपोट गरेको ठहर्छ । कि.नं. १२८, २०२ र ३८३, ३८० का सम्बन्धमा अंशियार देखि बाहेक सधवा बुहारीका नाउँमा दर्ता भएको देखिँदा दावी पुग्न नसक्ने र कि.नं. ३११ को जग्गा प्रमाणमा भिड्न नआएकोले त्यसतर्फ विचारै गर्नु परेन भन्ने समेत व्यहोराको शुरु धनुषा जि.अ.को फैसला । ५. सो इन्साफमा चित्त बुझेन, बदर गरी झु