निर्णय नं. ३१५३ - घर भत्काई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१५३ - घर भत्काई पाउँ भाग: २९ साल: २०४४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/०४/१९ २४२५ निर्णय नं. ३१५३ ने.का.प. २०४४ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ७४६ मुद्दा : घर भत्काई पाउँ । पुनरावेदक/प्रतिवादी: जि.भक्तपुर नकदेश गा.पं. वडा नं. ८ बस्ने आशबहादुर उप । विरुद्ध विपक्षी/वादी:ऐ. चपाचो गा.पं. वडा नं. २ बहाखा बजार बस्ने ओम बहादुर मानन्धर फैसला भएको मिति: २०४४।४।१९।३ मा ठूलो स्केल र सानो स्केलमा भएको नक्शा झट्ट हेर्दा फरक देखिए जस्तो हुने भए पनि खास वस्तुस्थिति फरक नपरेको अवस्थामा त्यत्तिकै कारणले भइआएको नक्शालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन भन्न युक्तिसंगत नहुने । (प्रकरण नं. १७) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री अनुप राज शर्मा विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री विष्णु प्रसाद नेपाल उल्लेखित मुद्दाःX फैसला न्या.महेशराम भक्त माथेमाः पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा यसप्रकार छ । २. मैले चन्द्रलक्ष्मी लामा श्रेष्ठबाट राजीनामा पारीत गराई लिई दर्ता समेत भएको भ.पु.जि. ठिमी भिमसेन गा.पं. वडा नं. ८, कि.नं. ११० को ज.वि. ०–८–२ को मोहीमा विपक्षी चन्द्रकृष्णका पिता चन्द्रकुमार जनिएको मेरो हकभोग दर्ताको जग्गा हो । मोही परलोक भई विपक्षी चन्द्रकृष्णले जोतिआएको हो । हाल विपक्षीहरू दुईजना भई विपक्षी आशबहादुरको जग्गामा घर बनाउन भनी जग खन्नेहरूले दक्षिणपट्टिको मेरो कि.नं. ११० को जग्गा समेत मिची मिति २०३६।१२।८ का दिन खन्न थालेकोमा रोक्दा तपाईको जग्गा मिचेको छैन भनेका थिए, मिति २०३६।१२।१० का दिन विपक्षीहरू दुई जनाले १०–१५ जना डकर्मी, ज्यामी समेत लगाई घर बनाउन लाग्दा यहाँ मेरो जग्गा मिचियो भनी रोक्दा म एक्लो माथि धम्की देखाई पूर्व पश्चिम लम्बाई फिट २६, उत्तर दक्षिण चौडाई फिट २१ को घर तयार पारेछन् । उक्त घरको दक्षिण पश्चिम कुना तर्फ ४½ फिट जग्गा मिचिएर मेरो जग्गामा घर बनाएको देखियो । रु. १००।– पर्ने घर मोल तिरी लिन मलाई मन्जूर नभएकोले विपक्षीहरूलाई घर भत्काउन लगाई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मेरो कि.नं. १०८ को क्षेत्रफल ०–४–१ जग्गामा पक्की घर २०३६।१२।८ गते नै तयार पारेको हुँ । विपक्षी सो अवस्था हेर्न तथा रोक्न आउनु भएको छैन । मैले विपक्षीको जग्गा मिची घर बनाएको नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. विवादित जग्गामा वादीहरूको दावा खम्वीर हुन आएको नदेखिएको समेतबाट प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने भक्तपुर जि.अ. को फैसला । ५. शुरुको सो फैसलामा चित्त बुझेन, दावी बमोजिम इन्साफ गरिपाउँ भन्ने वादीको पुनरावेदन बा.अं.अ. मा परेको । ६. मिति २०३८।११।२१ को फैसला बदर गरिदिएको छ, अब जे जो बुझ्नु पर्ने हो बुझी इन्साफ गर्नु भनी मिसिल शुरुमै पठाई दिने गरी बा.अं.अ. बाट भएको फैसला । ७. प्रतिवादी आश बहादुरले वादीको कि.नं. ११० मा पर्ने जग्गा मध्ये ४ फिटमा घर बनाएको देखिएकोले सो सम्म भत्काई दिनु पर्ने र चलन समेत वादीले पाउने ठहर्छ भनी भक्तपुर जि.अ.बाट भएको फैसला । ८. उक्त इन्साफमा चित्त बुझेन, मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी इन्साफ पाउँ भनी प्रतिवादीको बा.अं.अ. मा परेको पुनरावेदन । ९. वादीको जग्गामा बनाएको घरको भागसम्म भत्काई दिन