निर्णय नं. २७१६ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७१६ - सवारी ज्यान भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०४/३० २४१४ निर्णय नं. २७१६ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको फौ.पु.नं.६६६ फैसला भएको मिति : २०४३।४।३०।५ मा पुनरावेदक/वादी : प्र.ज.माधव मल्लिकको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.बारा.वरेवा गा.पं.वा.नं. ९ बस्ने कृष्णबहादुर राना मुद्दा : सवारी ज्यान (१) ट्रयाक्टरको ट्रली पछाडि घटेको घटना सम्बन्धमा ड्राइभरले जानीजानी दूर्घटना गरी बच्चालाई किचेको भन्न सकिने अवस्था नदेखिने (प्रकरण नं. १६) (२) वादीको एक मात्र साक्षीले अदालतमा बयान गर्दा वादीको कुरा पुष्टी हुने गरी लेखाउन सकेको छैन, यस्तो स्थितिमा प्रतिवादीले मानिस मर्न सक्दछ भन्ने जानीजानी लापरवाही गरी हाँकेको कारणबाट दुर्घटना भई मानिस मर्न गएको भन्ने स्थिति छैन । (प्रकरण नं. १६) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन प्रहरी भनाई बमोजिम विपक्षीलाई सजायँ गरिपाउँ भनी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. ०३७।९।४ गते दिनको अन्दाजी १ बजे वि.न.पं.वा.नं. १७ मा पर्ने वीरगञ्ज चिनी कारखानाको आवास गृह देखि पूर्व पश्चिम सडकमा ना.अं. ५९४ को ट्रयाक्टरबाट १ जना बच्चा किची मरिरहेकोले चालकलाई दाखेल गरेको छु । कानुन बमोजिम होस् भन्ने प्र.ज.माधव मल्लिकको प्रतिवेदन । ३. ०३७।९।४।५ गते अन्दाजी १०।११ बजे मैले उखु लोड गरी ल्याएको ट्याक्टरबाट दुर्घटना भएछ भन्ने समेत व्यहोरा प्र.कृष्णबहादुर रानाले प्रहरीमा गरेको कागज । ४. ०३७।९।४।५ को लाश प्रकृति मुचुल्का । ०३७।९।४ गतेका दिन १ बजे ना.अ.नं. ५९४ को ट्याक्टरमा उखु लोड गरी चिनी मिलमा गई रहेको अवस्थामा मर्ने केटो नाबालख सन्दिपनारायण पछाडिबाट उखु तान्न लाग्दा चक्कामा पर्न गई मृत्यु भएको हो । चालकको गल्ती लापरबाहीले भएको होइन भन्ने समेत मिति ०३७।९।१९।६ को सरजमीन मुचुल्का । ५. सङ्कलित प्रमाणबाट ड्राइभरले थाहा नपाउने गरी केटोको मृत्यु हुन गएको देखिएकोले मुद्दा नचलाउने भन्ने प्रहरी अधिकृतको प्रतिवेदन । ६. जानीजानी लापरबाही गरी ट्रयाक्टर चलाई दुर्घटना भई मृत्यु हुन गएकोले प्र.कृष्णबहादुर उपर ज्यानसम्बन्धीको १३(१) र सवारी ऐन अनुसार कृया खर्च र क्षतिपूर्ति समेत पाउन अनुरोध छ भन्ने स.स.अ.को राय । ७. स.स.अ. को राय मनासिब देखिएकोले मुद्दा सरकार वादी दायरीमा दर्ता गर्नु भन्ने ०३७।९।२८ को अदालतको आदेश । ८. मर्नेसँग मेरो कुनै रिसइवी छैन । मैले चलाएको ट्रयाक्टरको पछाडि ट्रयाक्टरको चक्काले किची मरेको हो । जानीजानी मारौं भन्ने उद्देश्य थिएन भवितव्य परेको हुँदा छुट्कारा पाउँ भन्ने व्यहोराको प्र.कृष्णबहादुरको अदालतमा भएको बयान । ९. प्र. कृष्णबहादुरले ज्यानसम्बन्धी महलमा १३(१) अनुसार सजायँ हुने कुनै पनि अपराध गरेको मिसिलबाट नदेखिनाले वादी दावी पुग्न सक्दैन । सावधानीसाथ चलाउनु पर्नेमा हेलचेक्राँई गरी चलाएको देखिनाले ज्यानसम्बन्धी महलको ६(२) अनुसार रु.५००।– प्र.लाई जरिवाना हुन्छ भन्ने पर्सा जि.अ.को फैसला । १०. उक्त फैसलामा चित्त बुझेन भनी श्री ५ को सरकार तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन । ११. शुरु जि.अ.ले प्र