निर्णय नं. २७१७ - सार्जजनिक अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७१७ - सार्जजनिक अपराध भाग: २८ साल: २०४३ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४३/०५/०५ २३७४ निर्णय नं. २७१७ ने.का.प. २०४३ अङ्क - ५ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ३७० फैसला भएको मिति : २०४३।५।५।५ मा पुनरावेदक/प्रतिवादी : लमजुङ जिल्ला चिती गा.पं.वडा नं.७ बस्ने रामचन्द्र सेढाई विरुद्ध विपक्षी/वादी : गा.पं.सचिव गौरीराज पन्तको जाहेरीले श्री ५ को सरकार मुद्दा : सार्जजनिक अपराध (१) शंकारहित किसिमको सबूद प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत जरिवाना गर्ने गरी गरेको इन्साफ उल्टी हुने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. ०३५।७।२० गते पानी योजनामा गई पानी के कस्तो हिसाबले बाँडिएको छ भनी निरीक्षण गरी फर्कदा रायचन्द्र सेढाई दमाई डाँडामा भेट भई मलाई अचानक गाली गरी यस गाउँमा बसेमा तेरो ज्यानको माया मारे हुन्छ भनी हात हाली कपालमा समेत समाती लछार पछार पारी इज्जतमा धक्का पुग्ने गरी बेइज्जती र हातपात गरेकाले सार्वजनिक अपराध गरेमा कारवाही गरिपाउँ भन्ने समेत गा.पं.सचिव गौरीराज पन्तको जाहेरी दर्खास्त । ३. यो दर्खास्त मैले दिएको हो निज रामचन्द्रले जाहेरीम लेखिए बमोजिम सार्वजनिक स्थान दमैडाँडामा चलाई कुटपिट लछार पछार समेत पारी बेइज्जती गरी सार्वजनिक अपराध गरेका हुन भन्ने समेत गौरीराजको सनाखत कागज । ४. मेरो जग्गा सम्झी मुद्दाका झगडीया सेरबहादुर खत्री, भीमबहादुर खत्री समेतलाई जाहेरवालाले बोकी हिंडेका र फैसला बमोजिमको धान बाली मैले थन्क्याउन पाउनमा निजहरू समेत भई धान काट्न सहयोग पुर्याउन जाहेरवाला समेत गएका ०३५।७।१९ गते विहान घटनास्थल भनिएका ठाउँमा जाहेरवाला र मेरो भेट भएसम्म पनि मैले हिजो तपाईले सेरबहादुर समेतलाई किन सहयोग गरी धानबाली सम्बन्धमा किन त्यस्तो गर्नुभयो भन्दा निजले आफ्नो हातमा लिई राखेको खूर्पाले मलाई ताकी तँलाई काटी मारी दिएपछि सबैलाई सुःख र आनन्द हुन्छ भनी भनेर मैले लौ काट भनी गर्धन थापे सो अवस्था गाउँले काले नेवार आएर खूर्पा खोसी दिए त्यसपछि जाहेरवालाले २ थप्पड मेरा गालामा हाने व्यहोरा यत्तिकै हो मैले सार्वजनिक अपराध गरेको होइन । वारदात भएको दिन ०३५।७।२० गते नभई ०३५।७।१९ गते हो भन्ने समेत प्र.रामचन्द्रले प्रहरीमा गरेको कागज । ५. मिति ०३५।७।२० गते घटनास्थल भनिएका धौनी दमैडाँडामा काम विशेषले जाँदा जाहेरवाला गौरीराजलाई रामचन्द्रले लछार पछार गरिरहेको रहेछन् मैले छुट्याई दिएको हुँ भन्ने समेत महाप्रसाद समेतका केही व्यक्तिहरू र धान लुटेको विषयमा गौरीराज र रामचन्द्रको बीचमा भनाभन भई रामचन्द्रले गौरीराजलाई लछार पछार परे पारे अरे भन्ने सुनेको हुँ भन्ने कुनै र रामचन्द्रलाई गौरीराजले खूर्पा ताके अरे भन्ने सुनेको हुँ भन्ने कोही व्यक्तिहरू भएको सरजमीन मुचुल्का । ६. पानी प्रेशर गाउँ खटिएका गौरीराजलाई रामचन्द्रले हातपात समेत गरी अश्लिल शब्द समेत बोलेको थाहा हुन आएको र प्रतिवादी रामचन्द्रले पनि